अहिले कस्को पछी छस ? उस्को पहिलो प्रश्न थियो मेरो लागि । कहिले खुट्टा तान्न पछी नपर्ने साथीमा एक थियो दिनेश । तर मनबाट एक्दम सज्जन । हुनपनी किन नतानोस त खुट्टा , उमेर नै तेस्तै थियो, जो देखे पनि राम्रो लाग्ने अनी मन पर्ने । शायद दोश त पक्कै हैन होला मेरो । यो उमेर, सबैलाई यस्तै होलानी हैन र ? हुन पनि म नै तेस्तै थिएं । कुनै पनि कुरा पेट्मा राख्नै नसक्ने । तेसैले त होलानी सबैले खुट्टा तान्ने म नै हुन्थे प्रएजस्तो ।
27 बर्षको उमेर सम्म पनि मैले दिनेश को कुनै प्रेम प्रसँग सुनिन । 2.5 बर्षको मेरो मित्रता मा उस्का धेरै साथी हरु भेटे मैले । सबैको केही न केही काहानी हुन्थे तर उस्को केही सुनिदैन थियो । म सँग किन केटीहरु नपट्टिएका होलान ? मेरो गुनासो भनु या खै के भनु, एउटा आत्मिय साथीको नाताले मैले सोधेको थिए उस्लाई र उस्को उत्तर थियो , के गर्छस म जस्तो हेन्ड्सम भइनस त । हुन पनि हो आखिर म सँग त्यस्तो के थियो जस्मा केटी हरु मरी मेटुन ? म न त जोन अब्रहम जस्तो अल्को र बडी बिल्डर थिए न नै सल्मान खान जस्तो हेन्ड्सम, तर म भन्थे एउटा सुन्दर मन त छ नि म सँग । यो भौतिक समाजमा सुन्दर मन को कुनै कदर छैन साथी , उस्को उत्तर थियो । ठिकै छ म मान्छु यो भौतिक समाज मा सुन्दर आत्माको कुनै कदर छैन, ठिकै छ ममा कम्जोरी हरु छन, तर तसँग तेस्तो के कमी छ ? हेन्ड्सम छस , बडी छ, हाइट छ तर पनि तँ किन एक्लो छस ? कस्ता कस्ता तोरी लाहुरे हरुको गल्फ्रेन्ड छन भने ल ठीक छ मेरो त छैन तेरो किन भएन ? दिनेशको बोली रोकियो, बोल्न त खोज्दै थियो तर बोली फुटेन उस्को र सदाझै एउटै उत्तर थियो उस्को : चाहना हुनु पर्यो नि , मलाई चाहना नै छैन त कता बाट होस् ?
27 बर्षको छिप्पड भईसकिस अझै चाहना छैन तलाई ? कि कहिले बिहे गर्दैनस ? आँफै भन्छस भौतिक संसार अनी यो भौतिक संसारको भौतिक सुखमा किन बाँच्न चुकिरहेको छस त? कहिले आउछ तेरो चाहना ? ६० बर्षको उमेर पुगेपछी एक चोटि जवानीलाई फर्केर हेर्लास तब महसुस हुन्छ तलाई तेरो चाहनाको । मेरो बोलाई प्रती उस्को कुनै प्रतीउत्तर थिएन । दिनेश केबल मौन थियो । थाहा थिएन मलाई के सोच्दै छ दिनेश । कतै मैले बढी त बोलिन मन नै च्वस्स पोल्ने गरी ? तर केही छैन, आत्मियताको अर्थ के नै रह्यो र यदी सानो कुरामा माइन्ड गर्ने हो भने । आखिर मलाई पनि त पाको बेलामा छोड्दैनन इनिहरुले । आखिर कुन कारणले गर्दा बिबस छ त दिनेश आफ्नो चाहनलाई दबाएर राख्न ? दु:ख त ममा पनी छ । दु:ख छ भन्दैमा जिन्दगी नै जिउनै छोडिदिने ? म आँफैलाई प्रश्न गरिरहेको थिए । अस्ती भर्खर राजा ज्ञानेन्द्रले त आफ्नो पुर्खौँले सम्हाल्दै आएको राज्गद्दी त्याग्न बिबस हुनु पर्यो, भगवान राम ले बन्बास जानु पर्यो भने सबैको जिन्दगी सधैं एक्नास को कहाँ हुन्छ र । अब कुरा आउछ कस्ले कत्तिको सोच्छ , चाहनलाई मार्ने कि अथवा भौतिक समाज को सुखसयल लाई अबलम्म्न गर्ने ? म आँफैलाई प्रश्न सोधिरहेको छु अनी मेरो प्रश्न को उत्तर दिनेश मा खोजिरा छु ।
To be contd...
Last edited: 12-Jun-08 05:20 PM
Last edited: 12-Jun-08 05:32 PM