वसन्त पोखरेल
तत्कालीन श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेवले वंश विनास गरिएको भनिएको नारायणहिटीको ँत्रिभुवन महल’ अब रहेन । भालूको रिस खनियाँमाथि भनिएझै ज्ञानेन्द्र एण्ड पारस कम्पनीले सो घर भत्काइदिए । अझ दीपेन्द्रका कपडा लत्ताहरू पनि निकालेर मध्यरातमा जलाइएछ । त्रिभुवनले बनाएकोकारण सो महललाई त्रिभुवन महल भनिएको थियो । महेन्द्र सो घरमा बसेनन् । किन बसेनन् थाहा भएन । सो घरमा पर-पाहुना आउँदा भोजभतेर चल्थ्यो, बैठक बस्थ्यो, त्यस्तै कामकोलागि प्रयोग भएको थियो । त्यसै घरमा ०५८ जेठ २१ गते राजपरिवारका सदस्यहरूको नृसंश हत्या भएको थियो ।
प्रतिवेदनअनुसार रक्सीले फिट्टू भएका र नाम थाहानभएको कालो पदार्थको नशामा मात्तिएका दीपेन्द्रले सबलाई गोली हानेर मारेका थिए । बाबा, आमा, भाइ, बहिनी, काका, फुपु, हजुरआमा सबलाई एउटै चिहान बनाएका थिए । रक्सी र कालो पदार्थ दुवै चिजले मात्तिएको अर्धचेतको मान्छेले बिनी-बिनी त्यसरी हत्या गरेहोला भन्नेमा अहिले पनि आशंका नै छ धेरैमा । तैपनि दरवारको मामिला पर्यो । त्यहाँबाट जे बोल्छ बन्दूकमात्र बोल्छ । गोलीको शब्द निस्कन्छ । त्यसैले भित्र के भयो कसरी भयो कसैलाई थाहा भएन । त्यहाँको चश्मदीद गवाहले कुनैदिन हिम्मतकासाथ मुख फोरेछ, कुरा र्सार्वजनिक गरेछ भने त रहश्य पत्ता लाग्ला, नलाग्दासम्म दीपेन्द्रलाई नै हत्यारा मान्नुपर्ने भएको थियो । तर, अहिले सो घर भत्काउनु, दीपेन्द्रका कपडा खरानी पारिनुले यसमा अर्को आशंका उत्पन्न भएको छ । भोलिका दिनमा कसैले हत्याको अनुसन्धान गर्न थाल्यो, रहश्य खोतल्न थाल्यो वा छनविन समिति गठन गरी खोजी गर्नथाल्यो भने रहश्य पत्ता नलागोस् भनेर त्यसो गरिएको त हैन भन्ने तर्कगर्ने ठाउँ बनाइदिएको छ ।
दरबारले त्यो महल भत्काउन हुन्थ्यो वा हुन्थेन, सरकारसँग अनुमति लिनुपथ्र्यो वा पर्थेन त्योपनि यतिबेला प्रश्न उठाउन मिल्ने विषय हो । राजदरवारलाई सरकारीकरण गरी ट्रष्टको रूपमा राखिने भन्ने एक प्रकारको सहमति भएको छ । राजाले राजकीय अधिकार गुमाएकोले नारायणहिटी दरवार राज्य संचालन गर्ने कार्यालयको रूपमा रहेन । राज्य संचालन गर्ने काम सिंहदरवारबाट गरिन्छ । गिरिजाप्रसाद कोइराला आफ्नो मिसनमा सफल भई सेरेमोनियल मोनार्की राखेछन् भने पनि राजकीय कार्य सम्पादन गर्न नपाइने भएकोले उनी निर्मल निवासको परिसरमै थन्कनर्ुपर्छ । यस्तोबेला उनले त्रिभुवन महल भत्काउन पाउने कि नपाउने १ कार्यकारिणी अधिकार गुमाएको अधिकारविहीन राजाले सरकारको सल्लाह र सहमति बेगर भत्काउन मिल्छ कि मिल्दैन १ यो कानुन व्यवसायीलाई जिम्मा दिउँ ।
अर्को कुरा के हो भने कुनै मानिसको जन्मस्थानमात्र महत्वपर्ूण्ा हुँदैन । मृत्यु भएको स्थानको पनि महत्व हुन्छ । कार्ल मार्क्स जन्मेको ठाउँभन्दा मृत्युवरण गरेको स्थान महत्वपर्ूण्ा बनेको छ । अहिले मार्क्सको चिहान बेलायतको ठूलो आम्दानीको स्रोत बनेको छ । गौतमबुद्धको मृत्युस्थल आज ऐतिहासिक स्थल बनेको छ । वर्षोनी लाखौं होइन, करोडौं मानिस सो ठाउँमा जान्छन् । भारतले राम्रो आम्दानीको स्रोत बनाएको छ । हुनसक्छ राजा वीरेन्द्र मारिएको स्थान त्रिभुवन महल त्यस्तै महत्वको भवन बन्न सक्थ्यो । ट्रष्ट बनाएपछि त्यहाँ देशी विदेशी पर्यटककोलागि खुला स्थल बन्थ्यो । टिकट काटेर मानिसहरू त्यही महल हर्ेन जान्थे । राजाका शुभचिन्तक, राजतन्त्रवादीहरूले त्यो महललाई सम्मान दिन्थे, श्रद्धाञ्जली अर्पण गर्थे । तर, ज्ञानेन्द्र एण्ड पारस कम्पनीले सरकारसँग परामर्श नै नगरी भत्काइदिए ।
दीपेन्द्र हत्यारा हुन् वा होइनन् १ उनकै मास्क लगाएर कसैले राजपरिवारलाई सखाप पारेको पो हो कि त्यो समय आएपछि खुल्ला वा नखुल्ला त्यो आफ्नो ठाउँमा छ । मानौं उनले हत्या नै गरे, तैपनि त उनका कपडा मध्यरातमा जलाउनु पर्ने आवश्यक थिएन । ती कपडाहरूलाई सुरक्षित राखेर र्सार्वजनिक अवलोकन गर्नेगरी सजाउन सकन्थ्ियो । यदि उनी हत्यारा थिएँ, त्यस्तो आक्रोश भरिएको थियो उनीप्रति भने उनका कपडा त्यसैबेला किन जलाइएन १ राजाको अध्यक्षतामा बनेको शक्तिशाली मन्त्रीमण्डल
-सरकार) बनेकोबेला किन जलाइएन १ अहिलेमात्र त्यो जलाउने र भत्काउने साइत किन जुराइयो १ त्यसैले यो काम शंकाको घेराभित्र परेको छ । फेरि, उक्त भवन र दीपेन्द्रले लगाउने पोशाक नेपालको सम्पत्ति हो । नेपाली जनताको सम्पत्ति हो । जनताले खोज्दाको बखत त्यो हिसाब बुझाउनु पर्ने हुन्छ । राजाको सम्पत्ति करको दायराभित्र परेपछि त्यसको पालना गर्नुपर्छ कि पर्दैन १
ल, दीपेन्द्रले नै हत्या गरेका रहेछन् । वंशनाश गरेछन् । उनले राजा बन्ने निकटका बंशजति सबैलाई सिध्याएकोकारणबाट नै ज्ञानेन्द्र राजा बन्ने मौका पाएका थिए । वंशविनास नगरेको भए विरेन्द्र जीवित हुँदासम्म वीरेन्द्र नै राजा हुन्थे, उनको मृत्युपछि दीपेन्द्र हुन्थे, त्यसपछि उनको छोरा हुन्थ्यो । ज्ञानेन्द्रको पालो नै आउने थिएन । पारसले दरवारमा ढिप्किने मौका नै पाउने थिएनन् । उनीहरूलाई राज्यको लगाम थमाइदिने, श्रीपेच पहिराउने मौका त दीपेन्द्रले नै दिएका हुन् । राज्य प्राप्त गर्न राजाहरूले कत्राकत्रा हत्याका षड्यन्त्र रच्छन् । बहादुर शाह देश निकाला गरिएका हुन् । राणाहरूले केमात्रै गरेनन्, राजाहरूले केमात्रै गरेनन् । ज्ञानेन्द्रलाई त त्यस्तो काम नै गर्नु परेन । सबै दीपेन्द्रले गरिदिए । कुचोले बढार्नुपर्ने घुरान हावाले उडाइदियो । नकारात्मक-सकारात्मक जुन रूपमा लिने हो त्यो आफूले लिने कुरा हो- तर दीपेन्द्रले वंशनास गरेकोकारण नै ज्ञानेन्द्रले ँचान्स’ पाएका हुन् । नत्र कौन पुछे खेसरीका दाल हुने थिए । सामन्तवादी राजाको चरित्रअनुसार दीपेन्द्रलाई ज्ञानेन्द्रले ँसत्ताविधाता’ मान्नर्ुपर्छ । उनका कपडा जलाउनु वास्तवमा अन्याय गरेका हुन् ।
जनताले सत्ताबाट हटाए, त्यो कुरा बेग्लै हो । ज्ञानेन्द्र राजा हुनुकोकारणबाट जनताले हटाएका हैनन् । यतिबेला वीरेन्द्र राजा भएको भए पनि हटाइन्थे, दीपेन्द्र भएको भए पनि हटाइन्थे । माओवादीले जनयुद्ध वीरेन्द्रको पालामा संचालन गरेका हुन् । वंश विनास होला, ज्ञानेन्द्र राजा होलान् र त्योबेला हटाइएला भनेर युद्ध शुरू गरेका होइनन् । हुनत यहाँ सात पार्टर्ीीे नाम नजोड्ने हो भने पर्ूवाग्रही भयो भन्लान् । तर वास्तवमा राजतन्त्रलाई समाप्त पार्ने नीति माओवादीको नै हो । गणतन्त्रको स्थापना गर्ने नारा माओवादीको हो । संविधान सभाको एजेण्डा माओवादीको हो । सबैलाई थाहै छ सात दलका नाइकेहरू पुरानै व्यवस्थामा उतीबेला पनि रमाएकै थिए र यतिबेला पनि त्यस्तै व्यवस्था स्थापना गर्न मरिहत्ते गर्दैछन् । राजालाई ँस्पेस’ दिने सातदल्को नेतृत्व तह र गणतन्त्र स्थापना गर्ने माओवादीबीच तीव्र द्वन्द्व चलेको छ । अहिलेको प्रधान अन्तरविरोध नै यसैमा चलिरहेको छ । यो कुरा कसलाई पो थाहा छैन र १ त्यसैले मुख्य एजेण्डाकार माओवादी भएको अर्थमा सात दलको नीतिसँग पर्ूवाग्रह राख्नुपर्ने भएको हो ।
ज्ञानेन्द्र एण्ड पारस कम्पनीले भोलि ट्रष्ट बन्ने नारायणहिटी दरवारको एउटा महत्वपर्ूण्ा ऐतिहासिक धरोहर ढलाए । उनले यसो गर्नु दीपेन्द्रको रिसलेमात्र पक्कै हैन । त्यो जनताको रिसले गरिएको छ । जब आफ्ना वंशजका शालिकहरू ढल्दै गरेका देखे, जनताले लगाएका चर्का नारा कानमा गुञ्जियो, पञ्चवली दिन जाँदापनि आलोचित हुनुपर्यो, बोल्न नपाइने भयो, न देश छोड्न सकिने न राजा भएर बस्न मिल्ने अवस्था कति कष्टकर हुन्छ त्यो त उनलाई नै अनुभूति भएको होला । खिसियानी विल्ली खम्बा नोचे भन्ने उखान झै उनलाई यतिबेला भएको छ । असार आउँदैछ, सरकारले बजेटबाट भत्ता नछुट्टाउने संकेत पाइरहेका छन् । यस्तो स्थितिमा केही लोभीपापी भारदारहरूसँग निर्मल निवासमा समेटिएर कसरी बस्नु १ अहिले वास्तवमा उनलाई पुरानै अधिराजकुमार हुँदाको जीवन याद आएको हुनर्ुपर्छ । दीपेन्द्रकोकारणबाट श्रीपेच थाप्लोमा त आयो तर लगाएर सुशोभित हुन पाइन्न । विवाहको निम्तामा जाँदा पनि गाडीमा ढुंगा वषिर्न्छ कि भन्ने त्रास छ । त्यसैले वंश विनास गरेर श्रीपेच भिराइदिने दीपेन्द्रप्रति उनलाई रिस उठ्यो । लौ जा तेरा कपडा भनेर जलाए । शुक्रबारे भोज चल्ने घर नै उडाइदिए । न भोज न हत्या भनेर भत्काए । अझै अरू पनि भत्काउन बेर छैन । सैतानी दिमाग विक्षिप्त भयो भने के गर्छ के गर्दैन के थाहा हुन्छ र १ न रहे बाँस न बजे बाँसुरी भन्ने पनि त उखान छ ।
फोकसडटवलगसमडटकम