[Show all top banners]

KoolGuy
Replies to this thread:

More by KoolGuy
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 त्यो रात !
[VIEWED 2129 TIMES]
SAVE! for ease of future access.
Posted on 07-18-06 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रात अझै पनि मलाई सम्झिन एक किसिम को डर लाग्छ । पानी परिरहेको त्यो दिन अनि उन्को त्यो उज्यालो अनुहार, कतैबाट चन्द्रमा झल्के जस्तो अनि उन्का ति रसिला ओठ, मोइ पो खाइदिउ जस्तो लाग्ने। भर्कर् स् ल् सी पास् गरेको थिये मैले त्यो बेला। रिजल्ट् आउन बाकि नै थियो, मामा को घर् जानु मेरो एउटा दैनिक् कृया नै थियो भन्नु पर्छ। मामा को घर् जान भने पछि सायद् म भन्दा अरु कोइ पनि खुसि हुदैन होला। हो तेहि मामा को घर् आउने जाने बेला को कुरा हो त्यो, मैले उन्लाइ देखेको। पहिलो पटक् देख्दा खासै केहि अनुभुति भयेन, क्रमस: दोस्रो र तेस्रो पटक् देख्दा त मेरो सपना कि कुमरि भेटे जस्तो लाग्न थाल्यो। भर्कर् आठ कछा म पद्थिन् उनि, उन्कि फुपु सङ मेरो राम्रो रिलेसन् थियो, म भने पचि हुरुक्कै हुन्थिन्, "भाइ हजुर एकदम रमाइलो हुनु हुन्छ भन्थिन " ।
एकदिन "बसन्ती" कि फुपु ले "बसन्ती" लाई म्याथ सिकाइदिन मलाई भनिन्, मैले हुन्छ नि भनेर भने, मलाई एक किसिम को खुशी लग्न थल्यो, किनकी म "बसन्ती" सँग कुरा गर्न पाउने भए भनेर !
बिचरी सोजी "बसन्ती" लाई के था, म उन्लाई मन पराउछु भनेर , था पनि कसरी होस्, मैले उन सँग एक्पट्क पनि कुरा गर्ने मौका पएको छैन "
त्यो बेला, नेपाल म लोडसेडिङ हुने गर्थ्यो बेलुका, लाईट थिएन, "बसन्ती" म सँग म्याथ सिक्न आइन, हामी घर को अगेनी मा मैन्बत्ती बालेर, त्यो मधुरो उज्ज्यालो मा पढ्न सुरु गर्यौ !
"एक्जाम को लागि रे डि छौ त? भनेर मैले "बसन्ती" लाई सोधे, "
अलि अलि " भनेर उन्ले फर्काइन !
"यो एक्जाम भन्ने कुरा किन हुन्छ होला है? एक्जाम को लागि रे डि छौ त? भनेर मैले "बसन्ती" लाई सोधे, "
अलि अलि " भनेर उन्ले फर्काइन !
"यो एक्जाम भन्ने कुरा किन हुन्छ होला है? मैले सोधे
उन्ले हाँस्दै भनिन " अ भन्या, मलाई त दिक्क लागिसक्यो ।
अनि तिम्रो घर म को को छ त ? फेरी मैले सोधे !
" भाई, दिदी अनि म !" बसन्ती ले भनिन ।
किन धेरै जस्तो घर मा "कान्छी" चाँही राम्री हुन्छे ! मुसुक्क हासेर मैले उन्लाई हेर्दै नहेरी फर्कए !
अलि अलि मात्र दात देखिने गरी उनि मुसुक्क हासेको मैले आफ्नो छ्ड्के नजर ले देखे ।
यसरी धेरै बेर कुरा भयो हाम्रो बिच मा, दुई घण्टा बितेको थाहा नै भएन्, लाईट आए पछी पो थाहा भयो !, "बसन्ती,खाना खान आइज, उन्की फुपु ले एक्कासी बोलायिन !
"ल म जान्छु है, थ्यांक यु ! " बसन्ती ले मलाई भनिन ।
केही छैन ! भनेर मैले भने ।
त्यो रात मलाई निकै खुशी महसुश भयि रहेको थियो!भोली को दिन को प्रतिच्या मा म सुते, बिहान उठेर बाहिर गए, अनि बसन्ती को फुपु को कोठा तिर नियाले !, "बसन्ती त स्कुल जान पो रे डि भएकी रहिछ्न ।
मैले उन्लाई हेरी रहेको थिए टाढा सम्म्, कुनै फिल्मी कहाँनी जस्तो लागिरहेको थियो मलाई! उन्ले फर्केर एक्पटक भए पनि हेरिन ! मुसुक्क हासिन्, मलाई खुशी लाग्यो ।

( एक हप्ता पछी !)

त्यो बेला नेपाल मा आन्दोलन भयी राखेको थियो, तेसैले नेपाल बन्द हुने भयो तीन दिन लगातर्, बसन्ती आफ्नो फुपु को मा बस्न आउने भयिन भन्ने कुरा उन्की फुपु बाट थाहा भयो, फेरी मलाई खुल्दुली हुन थाल्यो, उन्की फुपु ले "भाइ बसन्ती को स्कुल तिर जाने हो? भनेर सोधिन !
हुन्छ नि एक्छोटि घुमेर आउ, भनेर मैले भने !हामी बसन्ती को स्कुल तिर लाग्यौ, स्कुल को गेट मा पर्खेर बसेकी रहिछन उनि
, मैले उन्लाई सुटुक्क हेरे, उनि मुसुक्क हासिन ।
(स्मरण रहोस् : बसन्ती कि फुपु र मेरो मामा घर ओल्लो पल्लो थियो )

क्रमस : .............
 
Posted on 07-19-06 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keep on posting .....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters