[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 डिसी दूताबासले नेपाल प्रबर्द्धनको लागि बिबिध कार्यक्रमको आयोजना गर्ने.
[VIEWED 6245 TIMES]
SAVE! for ease of future access.
Posted on 04-02-13 5:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाशिंगटन डिसी ,चैत्र २०  - नेपालमा अमेरिकन पर्यटनहरुलाई भित्र्याउने लक्ष्य लिदै 'नेपाल प्रवर्द्धन २०१३' लाई केन्द्रित गर्दै वासिङ्टन डिसीस्थित नेपाली दूतावासको सक्रियतामा अमेरिकामा नेपाली पर्यटन सम्बन्धी विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गरिने भएको छ । जस्को मूल उदेश्य नेपालप्रति सद्भाव राख्ने व्यक्तित्वहरु एवं विभिन्न नेपाली संघसंस्थाहरुको सहभागिता रहनेछ ।

 
 
 
 
 
 
 
 
 
 
 
 

नेपाली नया बर्ष २०७० लाई लक्षित गरि सो अवसर संगै कार्यक्रम सुरु गरिने दुताबासले जानकारी गराएको छ । वासिङटन डिसी र बिभिन्न राज्यहरुको शहरमा कार्यक्रमहरु गरिने छन् । नेपाली पर्यटन उद्योगमा अमेरिकी पर्यटकहरुको महत्वपुर्ण स्थान रहँदै आएको छ । भारत र चीन पछि नेपाल भित्रिने पर्यटकहरुको सूचीमा अमेरिका अग्रपंक्तिमा पर्दछ् । पछिल्लो तथ्याङ्कका अनुसार सन २०१२ मा हवाई मार्गबाट नेपाल भित्रिने अमेरिकी पर्यटकहरुको संख्यामा दश दशलमब ८ प्रतिशतले वृद्धि हुदै झण्डै ४२ हजार पुगेको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 

राजदुत डा.शंकर शर्माले नेपाली पर्यटन उद्योगमा अमेरिकी पर्यटकहरुको सहभागिता र सक्रियता बढदै गएको पृष्ठभुमिमा यस्ता प्रकारका कार्यक्रमले थप ऊर्जा दिने र बिगतमा संचालन गरिएको यस्ता प्रकारका कार्यक्रमहरु प्रभावकारी भएको जानकारी दिनु भएको छ  lपर्यटन प्रवर्द्धन अन्तर्गत यहि आउदो अप्रिल १४ अर्थात वैशाख १ मा ग्लोबल नेपाल मिडियाको आयेाजनामा नेपाल उत्सब र नेपालको युवा नामक संस्था द्वारा 'वाक फर नेपाल'  कार्यक्रम हुनेछ । गत बर्ष पनि दूताबासले नेपाल प्रबर्द्धन सम्बन्धि कार्यक्रममा सहभागी जनाएको थियो भने यो बर्ष पनि दूतावासले सहयोग गर्ने तथा प्रवर्द्धनात्मक सामाग्रीहरु उपलब्ध गराउने भएको छ l दूतावासले आगन्तुक विदेशीहरुलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्ने र भिसा (प्रवेशाज्ञा) सम्बन्धि जानकारी उपलब्ध गराउने कार्य गरिनेछ । अप्रिल २७ मा फ्लोरिडाको टेम्पामा आयोजना हुने एसिएन उत्सबमा नेपालको तर्फबाट दुताबासले सहभागिता जनाउने पनि भएको छ । कार्यक्रम लाई निरन्तरता दिदै मई ३ मा डिसीस्थित एसियन हेरिटेन फाउन्डेसनको तत्वावधानमा वेष्ट ईन्ड चलचित्रमा नेपाली चलचित्र हाईवे प्रर्दशन गरिनेछ । जसको माध्यबाट नेपालको पर्यटन व्यवसायमा सहयोग मिल्ने आशा गरिएको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 

त्यसैगरि मई ४ मा डिसीस्थित राजदूत निवासमा नेपाली फुड फेस्टिबल ( खाना उत्सब ) आयोजना गरिने छ । वाशिंगटन डिसी क्षेत्रमा निरन्तरता दिई रहेको पासपोर्ट डिसी संस्थाले आयोजना गर्ने कार्यक्रममा पर्यटन प्रवर्द्धनात्मक सामाग्रीको वितरण, नेपालको पर्यटन गतिविधि तथा पर्यटक भिसा सम्बन्धी जानकारी, नेपाली कला संस्कृतिको प्रस्तुतिका साथै आगन्तुकहरुलाई निशुल्क नेपाली परिकारको खाजाको व्यवस्था गरिनेछ ।  त्यसको अर्को दिन अमेरिकी र अन्य विदेशी पाहुनाहरुका नेपालको बहुल लोक संस्कृति, नृत्य, कला र संगीतको मनोरन्जन तथा जानकारी दिन दूतावासले यहाँ रहेका नेपाली समुदायको समेत सहयोग तथा सहभागितामा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।  यो कार्यक्रमको सञ्चालन  अमेरिकी विश्वविद्यालय को ग्रीनवर्ग थिएटरमा हुनेछ । 

 
 
 
 
 
 
 
 
 
 
 
 

यसै गरि मई १८ मा एसियन हेरिटेज फेस्टिबलमा नेपाली दुतावासले नेपाली पर्यटन सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ । नेपाली सम्बृद्ध कला तथा साँस्कृतिक सम्पदालाई परिचित तथा जीवन्त बनाइराख्न नेपाली दूतावासले आफ्नो प्रदर्शन कक्ष( स्टल )राख्नेछ । सो उत्सबमा वासिङटन महानगर क्षेत्र वरपरका करिब तीस हजार व्यक्तिहरुले सो कार्यक्रमको अवलोकन गर्ने अनुमान गरिएको छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

 

 

 
Posted on 04-02-13 7:21 AM     [Snapshot: 39]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am glad they initiate this, should have done long time ago. But looking at how effective the embassy is, I Am not so optimistic about their program.
 
Posted on 04-02-13 6:08 PM     [Snapshot: 162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If the initiator of this thread is some how related to Nepal embassy in DC, or have some access to embassy please convey this message.

Your service to nepali community is terrible . Nepale people in US doesn't want big things from you all, they just need basic services . Make your website more informative, so that people don't have to come to sajha to ask question about passport renewal. Make their application trackable.

And please pick the dam phones. Have people who can atleast answer basic question. Many of us won't have problem to pay little service fee, if needed to get services from you , but right now you suck.

If you continue like this , day will come , when there will be hardly 10 people in the program you organize.

Guys raise your voice for better service from Nepal embassy in DC.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Renewal Reregistration
Nepali Passport Renew
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
मैले नबुझेका केहि गीत का lyrics हरु
" अनि ग्रिन कार्ड बन्यो त ?"
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters