एक बरिष्ठ महानुभावले हाम्रो समाचार डट कममा यो कविता प्रकाशित गर्न संप्रेषण गर्नुभयो । हुन त एक दिन पछि यो कविता अरुको ईमेलमा पनि पठाएको जानकारी पाए । यसो सोचे यो कविता सबैको ईमेलमा नआएको हुन सक्छ भनेर यसमा पोष्ट गरि दिए । कविता पढ्दा चित्ताकर्षक छ भन्ने ठानेको छु । तर यो कविताको वास्तविक रचनाकार को हो भन्ने कुरा हामीलाई थाहा छैन ।
--------------
राजाका आगनमा देउसी
-----------------
कृष्णजङ्ग आए आगन,
सरकारको वयान मागन
हे औ "सीको दिन गाई तिहार किन ?
भैलो !
बयान दिने सबैले,
माथिको आदेश भन्दिए
माथि भन्या कता होला,
थाहा छ कि सरकार ?
जनताले राजधानी घेरेको , हेलिकप्टरबाट हेरेको
यसो भन्छन पत्रकार,
कि कसो हो सरकार ?
भीमसेन दाहाल ढालेको,
बेलुका नाचगान थालेको
हल्ला होला तै पनि , मिल्छ कि सोध्न सरकार !
बहुदललाई फालेर , भतुवा कुकुर पालेर
आफैले खनेको खाल्डोमा
खस्ता दुख्यो कि कतै सरकार !
७५ हजार रोपनी, देखिएको मात्रै त्यो पनि
उद्योगधन्धा बैक व्यालेन्स
खुसुक्क था पाउ न सरकार !
६ हजार घाइते पारेको,
२५ जनालाई मारेको
अपराधको जिम्मेवारी कसलाई दिने सरकार ?
रिपोर्टलाई राम्रो जिनिस भो ,
वयानको सराद्धे फिनिस भो
हे औ "सीको दिन गाई तिहार किन ? भैलो !