[VIEWED 13818
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
nilshre
Please log in to subscribe to nilshre's postings.
Posted on 09-01-10 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो रहेछ समाज - भाग १ म दुइ बर्स हुँदा मेरो बुबा खोइ कुनी के रोग ले हो खोइ भगवानका पुग्नु भयो रे | मेरो दाई म भन्दा झन्डै १५ बर्षाले जेठो अनी हामि दुइ बीचमा आर्को दुइजना मेरा दिदिहरुनी पनि छन् | बुबालाई पशुपति मा जलआउंदा मपनि रुँदै घाटमा एताबता उता, उता बाट एता हिंडेको थियो रे | आफुलाई भने जति सम्झेनी बुबाको मुख सम्मनि कल्पना गर्न सक्दिन, केहि नसम्झिने रहेछ दुइबर्सिया कुराहरु | ठुलो परिवारमा काका काकी माईलाबा त्यो दाइ यो दाइ अनी सानो भाउजु ठुलो भाउजु भन्दै आफु हुर्केहो चलाई पाएन | आमालाई कालो अक्छेर भैंसी बराबर तरपनि बुबाले छोडेको केहि पैसा दिएर हाम्रो दाइलाई ट्याक्सी र मिनिबस किनिदिनु भयोरे ल गरि ख भनेर, त्यो पनि तिस पैंतीस वर्ष अघिको कुरा | विभिन्न संयोग ले गरेर पढाइमा लड्डू भएनी ब्यापारमा त राम्रै रहेछ | उति बेलाँ बोर्डिंग स्कुलमा पढाउनु पनि ठूलो कुरा रहेछ, दाइले मलाई बोर्डिंग स्कुलमा पढाएँ भनेर सबैलाई धाक दिने गरेको मलाई याद आउंछ. हुनपनि मेरो आगे र कति सम्म पिछे कोइ पनि बोर्डिंग म पढेको छैन | एक किलासको बेलामा दाइले बिहे गरेछ | मैले चाहिं बल्ल बल्ल हावा र पानीको भिन्नता महसुस गर्न थालेको थिएँ. काठमाडौँ को पुरानो बस्ती | चारैतिर पुरानो घरहरु अनी बिचमा चैं चोक हुन्त्यो. अनी चोकको बिचमा स्यानो स्तुपा जस्तो मन्दिर. माटो र इंटाले बनको घरको भीता चैं साह्रै बाक्लो हुने भएकोले झ्याल भएको ठाउमा टुक्रुक्क बसेर बाहिर हेर्न मिल्ने| मेरो दाइले तेही चोकमा बिहेको पार्टी गरेथ्यो| तेत्रो बिहेको बेलामा म फुच्चे लै कसले वास्ता गर्ने, म ची तेही झ्यालमा बसेर तल पार्टीमा आको सबैलाई हेरेर बसेको याद मलाई अहिले सम्म आउंछ| दाइको बिहेको सम्झना मेरो लागि तेती मात्र थियो. अरु त जति सम्झिन खोजेपनि नसकिने |क्रमश: ( मन परे अर्को भाग नपरे यहीं टुंग्याउने बिचार...)
|
|
|
|
lovenepalalways
Please log in to subscribe to lovenepalalways's postings.
Posted on 09-01-10 4:38
PM [Snapshot: 29]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sounds interesting..please continue.
|
|
|
plzhelp
Please log in to subscribe to plzhelp's postings.
Posted on 09-01-10 5:08
PM [Snapshot: 62]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-01-10 5:15
PM [Snapshot: 70]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को भाग नि हुइक्याउ ल ल
|
|
|
mayamero
Please log in to subscribe to mayamero's postings.
Posted on 09-01-10 5:17
PM [Snapshot: 77]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Please please keep continue ......................
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 09-01-10 5:29
PM [Snapshot: 91]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nilshre
Please log in to subscribe to nilshre's postings.
Posted on 09-02-10 2:37
PM [Snapshot: 243]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो रहेछ समाज - भाग २
“आयो भने आयो भन है” भन्दै दाइ पांच तल्ले घरको जस्ताको
छानामाथि चढेछ टीभीको भर्यांग जस्तो ठुलो आंटेना घुमाउन, म ची दोस्रो तलामा बसेर टीभीमा झ्यार्र्र आयो भने “आएन” भनेर घाँटीको नसा थर्किने गरि कराउँथे अनि अलिकति आको जस्तो भयो भने “भयो” भनेर चिच्याउथे | तेस्तै परिस्थितिमा पनि स्वाद लीई लीई टिवी हेर्ने गरेकोत
तपाइहरु सबैलाई यादै होला अझ तेस्माथि घर चि आकाश छुने तर एक तल्लामा एउटा कोठा
पनि मुस्किलले हुन्थ्यो र राम्ररी हात खुट्टा तन्काउने
ठाउपनि हुँदैन थियो, अनि छुट्टै बैठक कोठात कहाँ हुन्थ्यो र | सबै भन्दा राम्ररी सजिएको सोफासेट सहितको कोठो दाइ-भाउजुको सुत्ने
कोठानै थियो.अनि टिभी पनि तेही ल्याएर ठडाइदियो |
अरुबेला भाउजुले निन्द्रा लागे जस्तो गरी ”हाई हाई" नगरेसम्म टिभी हेरीन्थियो
तर “वोर्ल्ड कप फूटबल” राति हुने हुँदा बर्बाद | वोर्ल्ड कप त दाइलेनी
हेर्थ्यो अनि बोलाए पछि आँखा मीची मीची गएर हेर्न बसिन्थ्यो तर खेलको
भावनात्मक स्वोफुरत प्रतिक्रिया र बिश्लेशनहरु चाही आफु भित्रै राख्नु बाहेक दाइ संग
आदान प्रदान गर्ने बातावरण थिएन| आफुले देखेको अनि हुर्केको समाज तेही थियो
अनि समयको सापेक्छेतामा तेस्मा कुनै परिवर्तन भएको महसुस भएन |
दाइ छैनकी भनेर एक दिन टिभी हेरम भनेर फुत्त दाइको कोठामा
छिरेको थिएँ दाइ चि अरु काका दाइहरुसंग कुरामा बेस्त |
“तिमि त यसपाली एसएलसी दिने होइन” एउटा काका दाइले सोधी हाल्यो म कोठामा छिरेको
देखेर |
“हो" भनेर म अलि पर एउटा कुनामा लम्केर थचक्क बस्न गएँ |
बस्न पाछैन दाइले बोलिहाल्यो ”अब बोर्डिंगमा पढे पछि बोर्डमा त ल्यौन्नै
पर्यो नि | पास मात्रत जुन स्कुलमा पधेनी हुन्छ, किन पढनु पर्यो बोर्डिंगमा”
बोर्डको परिभासा बुझेर होकि नबुझेर हो कसैले केहि नभनि हाँस्य जस्तो
गरी अरुनै कुराहरु तिर लागे| म चि त्यो गुम्सिएको कोठाबाट बिस्तारै अन्कनाउन्दै निस्केर बाहिर चोकतिर
बस्न गएँ| चिसो हावाले अलिकति दिमाग हल्का भाजस्तो भयो | एकै छिन एता उता टाउको
घुमाई हेरें चोकमा कोहि थिएन | आँखा घुम्दै दाइको कोठा भएको झ्यालतिर पुग्यो अनि
एक्कैचोटी फेरी त्यो बोर्डमा ल्याउनुपर्ने सुक्छ्म समाजिक दबाबलाई सम्झेर जिउ
सिरिङ्ग भयो | बिस्तारै घिस्रंदै तेही चोकमै बस्ने साथि झ्याब्लेको धोका धक धक
गर्न पुगें |
क्रमश:
( कमेन्ट गरिदिनु भाको सबै
साथीहरुलाई धेरै धेरै धन्यबाद |
अझै लेखने हौंसला जाग्यो | )
Last edited: 02-Sep-10 02:41 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-02-10 3:20
PM [Snapshot: 275]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nilshre जी ले मेरै कथा लेख्नु भे जस्तो लाग्यो। उही चोक, उही सानो एक नाले अग्लो घर । उही भर्याङगे एन्टिना, उही फूटबल , उही एस् एल सी, उही बोर्ड को कुरा ।।।।।
फरक यती छ कि यो राहुले बोर्डिङमा पढिएन। कथा उही, पात्र फरक, ब्यथा उही समय फरक । परिबेश् उही पात्र फरक।
भाषिक शुद्धता मा अली ध्यान दिए, हिज्जे टंकनमा अली ध्यान दिए सुन माथि सुगन्ध हुन्थ्यो ( कसै कसैले गाली गर्ने छन, पंडित भइस् भनेर )।
लेख्दै जाम , अझ निखार्दै जाम ।
Last edited: 02-Sep-10 03:20 PM
|
|
|
mysteryman2055
Please log in to subscribe to mysteryman2055's postings.
Posted on 09-02-10 10:28
PM [Snapshot: 385]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम्रो छ, अझ जाओस। राहुल दाईले कमेन्ट गर्नु अघी नै कता कता राहुल दाई कै कथा जस्तो लाग्न थाल्या थ्यो। आँफै भन्नु भो दाई ले । अर्को भाग को प्रतिक्षामा
|
|
|
Kiddo
Please log in to subscribe to Kiddo's postings.
Posted on 09-03-10 11:20
AM [Snapshot: 505]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahulvai पंडित भईस? Nishre, do continue. This is not a literary work, a mere narration of experience. भाषिक अशुद्दताले कथालाइ अरु रमाइलो बनाएको छ.
|
|