उमेश दाई मेरो घरमा बस्नुहुन्थ्यो तेती बेला म नौ क्लासमा पढ्थे । दाईको घर गाउमा थियो तर नाम बिर्सें मैले अहिले । त्यतीबेला चलननै तेस्तै थियो शहरका ठिटीहरु पट्याएर बिहे गर्ने । उमेश दाई पनि अछुतो त कहाँ हुनुहुन्थ्यो र त्यो चलन सँग ? वहाँको मनमा पनि शहरी केटी खोजेर भित्र्यौने चाहन थियो नै अबस्य । त्यसो त उमेश दाईलाई कमला मन नपर्ने चाँही होइन । राम्री थि अनी उमेश दाईले हुन्छ भने आजै भित्रिन राजी थि । तर किन किन उमेश दाई चाँही पाए सम्म शहरको खोजौ नत्र गाउँकै कमला जिन्दाबाद सोचाइमा हुनुहुन्थ्यो ।
सुरज एउटा काम गरौंन, उमेश दाईले मलाई बोलाउनु भयो । किन र दाई के पर्यो त्यस्तो काम ? म सँग असाध्य मिल्ने भएर होला सिधै भन्नु भयो । त्यो सुनन लक्ष्मी छे नि , कबिताको बहिनी क्या त, हो तेस्लाई ब्लफ कल गर्नु पर्यो, त्यो मोरी मलाई साह्रै राम्री लाग्छ । कबिताको घर मेरो घर बाट १० मिनट जती टाढा थियो । अनी मन पर्ने भए सिधै फोन गर्नु नि किन ब्लफ कल गर्नु पर्यो? मैले सोधे । हैन डर लाग्छ क्या तर बोली सुन्न मन लाग्यो तेस्को । तेस्ताका फोन अली बिरलै हुन्थ्यो अनी फोनको लागि मस्का मार्नु एउटा बाध्यता नै थियो उमेश दाईको लागि । म पनि भर्खर भर्खर कुखुरे बैसले छोएको अनी अर्काको बहानमा केटीसँग कुरा गर्ने मौका पाएको । फोन गरे मैले लक्ष्मीलाई । निसन्देह मेरो नाम सोध्नु त प्रस्ट नै थियो । मैले पनि भन्दे मेरो नाम सुनिल लज्जा , आखिर ब्लफ कल न थियो । ठिकै किसिमको कुरा गरी । उमेश दाईको कान मेरो कान सँग टाँसिएका थिए । रमाईलै भयो त्यो दिन, दाजुभाई हाँसखेल गरियो बसियो । तेसै त उमेश दाई मेरो मिल्ने साथी अब त झन कट्टर भयो हाम्रो दोस्ती । उमेश दाई तेती बेला I.Com सकेर B.Com पढ्दै हुनुहुन्थ्यो अनी एउटा कम्पनीमा अकाउन्टेन्ट तर पनि हामी साथीहरु जस्तै थियौ । अब त हाम्रो दिनचर्या नै खाली लक्ष्मीको कुरा गर्यो फोन गर्यो बस्यो । एक्कान दुइकान मैदान भन्या जस्तै भो । शंकर दाईको कानमा यो कुरा परेछ अब । ढुङ्गा खोज्दा दैब मिल्यो भन्या जस्तै म भेटिएँ शंकरदाईको तर्फबाट कबितालाई ब्लफ कल गर्न । शंकर दाई उमेश दाईको एक्दम मिल्ने साथी अनी कबिताको टाढाको सम्बन्ध, तर बिहे गर्नै नमिल्ने चाँही हैन । अनी शंकर दाईलाई कबिता एक्दम मन पर्ने । शंकर दाईको माया चाँही साँचो थियो । साँचो यो अर्थमा कि उमेश दाईको जस्तो सके शहरको नत्र अन्त भन्ने थिएन । कबितालाई साचिकै मन परौनु हुन्थ्यो ।
तेसपछी त हाम्रो दैनिकी जस्तै भो शंकर दाईको कबिता र उमेश दाईको लक्ष्मी अनी ब्लफ कल । आँट पनि गज्जबकै थियो छनपनी , एउटै घरका दिदी बहिनिलाई ब्लफ गर्ने । तर भगवानले हात थापेको होकी के हो पोल चाँही धन्न खुलेन । कहिले लक्ष्मीसँग त कहिले कबितासँग । दाईहरु नहुँदा पनि कल गर्न थाले अब म । तेही क्रममा एक्दिन कबिता बिरामी परी । टाइफाईड भएछ । पछील्ला दिन्हरुमा लक्ष्मी तेत्तिको उत्साहित सुनिन्न थि फोनमा । मलाई पनि खासै मत्लब लाग्न छोड्यो लक्ष्मी प्रती । अनी अब प्राएजसो म कबितलाईनै फोन गर्न थाले । कबिता ओछ्यान पर्दा पनि फोन गर्थे तर आन्टीले उठौनु हुन्थ्यो फोन । कबितालाई उठाउनु पर्दैन आन्टी कस्तो छ मात्र भनिस्योसन भन्थे म अनी आन्टी सँग एकछिन कुरा गर्थे अनी फोन राखिदिन्थे । एत्तिकै बिते त्यो महिना । अब कबिता पनि निको भईसकेकी थि । मेरो अब फोन लक्ष्मी सँग हुनै छोड्यो । कबितासँग घण्टउ कुरा हुन्थ्यो । अब कबिता मेरो अत्ती मिल्ने साथी जस्तो लाग्न थाल्यो मलाई । त्यस दिन फोन गरेर मैले सिधै भन्दे, "कबिता मेरो नाम सुनिल हैन म सुरज हो अनी म तिमी भन्दा एक ब्याच जुनियर हो " एती भन्ने बित्तिकै मैले डरले गर्दा फोन राखिदिएँ । तेस्पछी लगत्तै उस्ले फोन गरी मलाई अनी सोधी मेरो बारेमा सबै, तिम्रो घर कहाँ होनी ? मैले सबै बेली बिस्तार लगाएँ यहाँ हो मेरो घर आदी इत्यादी । "ए तिमी साधनाको पो भाई ?" अब मेरो ओठ सुक्यो, तालु बाट चिट चिट पसिना निक्लिन थाल्यो । हत्तनपत्त फोन राखिदिये पहिले केही नबोली । म कुन दुनियाँमा पुगे , के सोचिराछु केही होस् नै भएन ...........
To be Contd....