[VIEWED 20901
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-26-07 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाल्यकाल को रमाइलो सम्झनाहरु धेरै छन। बुवा सरकारी जागिरे मान्छे, हरेक २-३ बर्षमा नया ठाउ सरुवा हुन्थ्यो। पुरानो ठाउमा घुलमिल हुदै गए पछि त्यो ठाउ चट्टक छोडेर नया ठाउ जान गारो न हुने त हैन, तर नया ठाउमा पुगेर त्यहा नया साथी हरु भेटे पछी पुरानो ठाउ यो याद बिस्तारै सम्झनाको पन्नाबाट बिलिन हुदै जाने रहेछ।
बुवाको सरुवा भएर भर्खर सुर्खेत पुगेको थियौ। नयां ठाउ, नयां बातावरण मा बिस्तारै घुलमिल हुदै थिए म। सुर्खेत को नया स्कुलमा ७ कक्षा मा भर्ना भएर मैले बनाएको पहिलो साथि थियो, राजन। दिन बित्दै गयो, राजन र मेरो मित्रता पनि गाढा हुदै गयो। त्यती बेलाका धेरै मिठा याद हरु छन। कहिले बुल्बुले ताल को माछा हेर्न गइन्थ्यो भने कहिले लाटिकोइली को जङल भएका पुराना दरबार का अबशेष का रुपमा रहेका ति भिमकाय ढुङा हेर्ने पुगिन्थ्यो। शुक्रबारको हाफ छुट्टीमा कहिले इत्राम खोला, त कहिले खोर्के खोलामा पौडी खेल्न पनि सङै पुगिन्थ्यो। ति दिनहरु सम्झिदा त आज फेरी एक चोटी त्यही पलमा रम्न मन लाग्छ। कसैले समय लाइ उल्टो घुमाउन मिल्ने यन्त्र बनाए कती रमाइलो हुन्थ्यो होला है? सायद बाल्यकाल भनेको जिन्दगीको स्वर्णीम काल नै हो। यो सन्सारको अनेक झमेलाहरु को हामीलाइ कुनै मतलब थिएन, हामी आफ्नै सन्सारमा रमाउथ्यौ। त्यती बेलाको दिनचर्या बर्णन गर्न खाने, खेल्ने, पढ्ने अनि सुत्ने केवल यि चार सब्द प्रयाप्त्य हुने गर्थे।
सुर्खेतको २ बर्षको बसाइ कति चाडो बित्यो थाहा नै भएन। ८ कक्षा सकिए पछी बुवाको काठमान्डु सरुवा भयो। हामी सपरिवार काठमान्डु आयौ। सायद भाग्या को खेल होला, राजन को बुवाको पनि काठमान्डु सरुवा भयो। म भर्ना भएको स्कुलमा राजन को भर्ना न भए पनि हाम्रो बसाइ नजिकै थियो। हामी स्कुल सङै जाने साथी न भए पनि खेल्ने साथी चाइ अझै थियौ। फुटबल र क्रिकेट हाम्रो मन पर्ने खेल थियो। कहिले टोलका अरु साथी हरु सङ मिलेर अर्को टोलका केटाहरु सङ फुटबल म्याच त कहिले क्रिकेट। त्यति बेला घर छेउ मै क्रिकेट खेलेर २-४ ओटा झ्याल फुटाउन पनि बराबरी योगदान गरियो।
स्कुल फरक फरक भए पनि एस एल सी को तयारी भने सङै बसेर गरियो। जाडो को ति चिसा दिनमा दिन भरी छत मा बसेर सुन्तला अनि बदाम खादै पढेको हिजै हो जस्तो लाग्छ। दुबै जनाको परिक्षा राम्रो भयो। केही महिनामै एस एल सी को नतिजा पनि आयो। दुबै जना राम्रो अंकका साथ त्यो फलामे ढोका पार भयौ। हामी ले क्याम्पस चाइ सङै पढ्ने निधो गर्यौ। स्कुल देखि को साथी हामी फेरी I Sc मा आएर सहपाठी हुन पुग्यौ। अब चाइ हामी क्लास देखी ट्युसन सम्म सङै हुने भयौ, तर ल्याबमा भने हामी अर्कै-अर्कै ग्रुप मा मिसिनु पर्यो। क्याम्पस का दिन हरु भने झन रमाइलो थियो। कक्षा सकेर क्यन्टिन मा साथी हरु सङ चिया पिउदै गीत गएर बसेको यादहरु अहिले पनि मानसपटलमा ताजै छ। .....
*********************************************************************************
नया अध्याय थप्ने क्रममा भुलबस पुरानो धागो मेटिन पुगेकोमा क्षमा प्रार्थी छु।..
*********************************************************************************
राजन र मेरो ल्याब ग्रुप फरक परे पनि फिसिक्स र केमेस्ट्री को ल्याबका डाटा अनि रिजल्ट कम्पेयर गर्दै ल्याब रेपोर्ट लाइब्रेरी म सङै बसेर गर्दथ्यौ। आखा मा अझै पनि म, मेरो ल्याब पार्टनर निना अनि राजन सङै बसेर ल्याब रेपोर्ट गरिरहेको पलहरु ताजै छ। हुन त राजन को ल्याब पार्टनर रोबिता पनि कहिले कहि हामी सङै रेपोर्ट लेखेर न बस्ने त हैन, तर उ भने धेरै जसो समय उन्को प्रेमी सागर सङ हुन्थिन। नीना, एक सम्पन्न परिवार मा हुर्किए पनि सरल अनि पढाइमा ध्यान दिने मान्छे। एक बर्षको त्यो उठबस ले हामी ३ जनालाइ निकै नजिक ल्याइदेइको थ्यो।
पहिलो बर्षको परिक्षा सकाएर राजन, म अनि अरु ४ जना साथीहरु मनकामना मन्दिर दर्शन गर्न जाने निधो गर्यौ। त्यो मनकामन को यात्रा अबिष्मरणिय थ्यो। बिहानको खान खाएर पोखरा जाने बस चढेको, खैरेनि पुग्दा त साझ परि सकेको थ्यो। त्यो रात खैरेनीमै बास बसेर भोलि बिहानै त्यो बिकट उकालो छिचोल्ने सल्लाह भयो। होटलमा म र राजन रुममेट हुने भयौ। खाना खाएर कोठामा आएर राजन र मेरो गन्थन सुरु भयो। कुरै कुरामा निनाको कुरा पनि आयो। निनाको नाम सुन्ना साथ राजनको मुखमा एउटा अर्कै उज्यालो थपिएको महसुस गरे मैले। सायद मैले पहिला महसुस न गरेको हो कि, राजन ले पहिला त्यो भाब म सङ लुकाएको थ्यो, त्यो अड्कल गर्न गारो भयो। अनि त मलाइ मुख फोरेरै सोध्न मन लाग्यो, "तलाइ निना मन पर्छ हो?" मेरो मुख बाट अचानक निस्केको त्यो प्रश्नले राजन लाइ पनि झस्कायो। जवाफमा फिस्स हास्यो मात्र। सानै देखि चिनेको साथीको त्यो हासोको अर्थ बुझ्न मलाइ कुनै गाह्रो परेन, उस्लाइ निना मन पर्ने रहेछ। अनि मैले मौका मिले निनाको मन चोर्ने प्रयास गरौला नि भनेर ढाहस दिए। मेरो कुरा सुनेर उ निकै दङ भयो।
भोली पल्ट बिहानै न्वाइ-ध्वाइ गरेर मनकामनाको त्यो उकालो उक्लिन थालेउ। पसिना काट्दै, स्यास्या फ्याफ्या गर्दै बल्ल तल्ल त्यो मनकामना पुगियो। मन्दिर बाट देखिने रमणिय द्रिश्यहरु ले हाम्रो त्यो थकाइलाइ बिर्साउन निकै मद्दत गर्यो। प्रक्रितीका ति सुन्दर रचनमा कुनै पोस्ट कार्डमा देखिने सुन्दर तस्बिर भन्दा केही कमी थिएन। पोस्ट कार्डका तस्बिर कागजी थिए भने त्यो सजिब तस्बिर आफ्नो आखा अगाडी नाचिरहेको थ्यो। निमिष भरको लागी भए पनि आखा झिमिक्क पार्न मन लागेन, प्रक्रितिको त्यो सुन्दरलाइ म आफ्नो आखामा सधै को लागी सांचेर राख्न चाहन्थे। साझमा मन्दिर को दर्शन पनि गरियो। लामो लाइन थ्यो। मैले के मागे मनकामना सङ त्यो त मलाइ याद छैन, तर राजन ले के माग्यो होला भन्ने अट्कल गर्न मलाइ गारो परेन। दर्शन को कार्यक्रम पनि सकियो, हेर्दा हेर्दै सुर्य कति खेर पश्चिममा गएर बिश्राम लिन पुगेछ त्यो पनि थाह भएन। भोली पल्ट बिहानै खैरेनि झरेर काठमान्डौ पुग्दा त सांझनै परि सकेको थ्यो। निकै रमाइलो भएको थ्यो, त्यो यात्रामा।
हेर्दा हेर्दै दोस्रो बर्षको पढाइ पनि सुरु भयो। पहिलो दिन कलेजमा निनालाइ देख्ने बितिक्कै मलाइ मैले राजन लाइ दिएको बचन को याद आयो। काम त सरल थिएन, तर असम्भव पनि थिएन। यो बर्ष पनि मेरो ल्याब पार्टनर निना नै थि ईन। बिस्तारै निनाको मनको कुराहरु खोतल्दै गए। अनि प्रगती बिबरण राजनलाइ पस्किदै गए। निनालाइ गीत सङीत प्रति बिशेष चाख रहेछ। उता राजन पनि गितार बजाउदै गीत गाउन माहिर मान्छे। राजन ले धेरै चोटी मलाइ पनि गितार बजाउन सिकाउन खोजेको थ्यो, तर म उस्लाइ भन्थे - "पछी गएर हाम्रो ब्यान्ड बन्यो भने त गितार बजाउदै गीत गाउनु, म चाइ मादल घन्काउला। " तर खै किन हो मलाइ गितारको रेटाइ भन्दा मादलको घिन्ताङ नै प्यारो लाग्थ्यो तेति बेला। पढाइ आफ्नै गतीमा दौडीरहेको थ्यो, म चाइ दुइटा मुटु जोड्ने एउटा सेतुको निर्माण गर्दै थिए। एक दिन सुचनापाटीमा नया बिध्यार्थीहरुको स्वागत कार्यक्रम आयोजनाको सुचना देखे। त्यो सुचनामा कार्यक्रममा भाग लिन चाहने ले सम्पर्क गर्नु भन्ने जान्कारी थ्यो। त्यो सुचना देखे पछी मलाइ एउटा सुबर्ण मौका पाएको भान भयो। मैले राजन लै त्यो कार्यक्रममा गाउन लाइ उक्साए। उ पनि तयार भयो, उस्को लागी निनाको अगाडी हिरो भन्ने एकदम राम्रो अवसर थ्यो त्यो। उता हाम्रो यो योजनको निनालाइ कुनै भनक थिएन। निना त घरमा काम परेकोले त्यो दिन कलेज नै न आउने कुरा गर्दै थिएन। बल्ल तल्ल मैले कर गरेर उन्लाइ कार्यक्रम हेर्न आउछु भन्ने सम्म पारे। त्यही स्वागत कार्यक्रममा राजनले "सोचे जस्तो हुन्न जिबन… " भन्ने गीत आफै गितार बजाउदै गायो। त्यो राजनलाइ सारै मन पर्ने गीत थियो।राजन लाइ स्टेजमा गितार बजाउदै गाको देखेर निनाको आश्चर्यको सिमा रहेन। त्यो दिन निना ले राजनको खुब प्रशंसा गरिन। त्यो देखेर राजनको मन फुरुङ। मलाइ पनि मेरो योजनाले काम गर्दै गरेको देख्दा खुसी लाग्यो।
*********************************************************************************
Last edited: 29-Dec-07 12:05 PM
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-26-07 6:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ramguragain,
Thank you for dropping by.
Thulee,
Thank you very much those nice words. I will try to bring next chapter ASAP.
Dipika,
Thank you very much for the inspiring note. Sorry, my intention was not to delete the thead. I was trying to add 2nd part of the story to the beginning one and by mistake, I hit "delete" button in stead of "edit". Here is the ill-fated thread where you can find old responses.
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=54376
Solitude,
I appreciate your comments. If time permits, I will bring next part soon.
Pjna,
Thank you very much for animating response. As I have promised, I will try to wrap up the story ASAP. Oh yeah..I haven't still got answer of my question from the deleted thread.
My views,
Your nice words are highly appreciated. Thanks. Okay, I won't make it a love-triangle.
SurNaTal,
Thank you very much those boosting remarks. I miss those days around Bulbule taal too.
saru_bhakta,
Thank you very much for gracious words.
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-29-07 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजन ले त्यो दिन गाएको गितले दुइ जनालाइ नजिक ल्याउने काम भने गर्यो। त्यस पछी मैले त्यती धेरै पापड बेल्नु परेन। बरु कहिले काही ३ जना मिलेर फिल्म हेर्न जाने प्रोग्राम बनेको बेला मलाइ आज अलि सन्चो छैन, बरु तिमी हरु २ जना गएर हेर भनेर भनेर टारी दिन्थे। दिनहरु बित्दै थिए, दुइ जना को आत्मियता पनि बढ्दै थियो। दोस्रो बर्ष सकिनु भन्दा अगाडी क्लासका साथीहरु मिलेर चितवन अनि पोखरा ट्रिप जाने हो कि भन्ने प्रस्ताव एउटा साथीले ल्यायो। मलाइ त त्यो प्रस्ताव सारै राम्रो लाग्यो। पोखरा पहिले पुगिसकेको भए पनि अहिले सम्म चितवन को सुन्दरको रसपान गर्ने अवसर भने मिलेको थिएन। त्यसैले म पनि त्यो ट्रिपको ब्यवस्थापन गर्ने समितीको सदस्य बने। चन्दा मागेर, अनि एता उता गरेर अली कति पैसा पनि जम्मा गर्यौ, जसले गर्दा हामी लाइ ब्यक्तिगत भार अलि कम हुन्थ्यो। घुम्न जाने जम्मा २५ जना साथी हुने भयौ। जाने मध्ये १ जना साथी पोखराकै रहेछ, अनि उस्को एक जना नातेदारको महेन्द्र पुल निर लज रहेछ। उस्ले त्यहा बस्नलाइ सहुलियत दरमा मिलाउन सक्ने कुरा गर्यो। फेरि अर्को साथीको सौराहमा आफ्नै रिसोर्ट रहेछ। उसले पनि पहिला बुकिङ भै न सकेको भए उसको रिसोर्टमा बासको ब्यबस्था गर्न सक्ने कुरा गर्यो। यसरी हाम्रो भ्रमण धेरै खर्चिलो नहुने छांट देखिन थालेको थियो।
भ्रमणको सम्पुर्ण बन्दोबस्त गरे पछी हामी २५ जना चितवन तिर लाग्यौ। खाना खाएर काठमान्डौ बाट निस्केको हामी सौराहा पुग्दा साझ परी सकेको थियो। हुन त दिन भरिको यात्रा ले केही थकीत महसुस भए पनि रातीको खाना खाएर मादल र गितार घन्काउदै केही घन्टा कसरी बित्यो, त्यो पत्तै भएन। भोली बिहानै उठेर हातमुख धोएर हात्ती चढ्न पुग्यौ। भर्खर उदाउन लागेको घाम, जङलमा गाइरहेका कोइलीहरु का सुम्धुर गीतहरु, त्यो मनमोहक माहोलमा उन्मुक्त भएर घुमीरहेका हरु हरिण अनि गैडाहरु ले त्यो बिहानलाइ अबिस्मरणिय बनायो, स्वर्ग त हाम्रो नेपाल मा पनि छ भन्ने अनुभुति दिलायो। २ दिनको चितवनको बसाइ सकेर पोखरा पुगियो। अर्को स्वर्ग आइ पुगेको आभास भयो। फेवातालमा पौडी खेलीरहेका माछापुछ्रेका ति छायाहरु, अनि डेविज फल मा पातालको गर्भ बाट आउने पानिको मधुर सङित, धर्तीको गर्भ छिचोल्दै बगेको त्यो सेती नदी, सारङ्कोट बाट देखिने यो मनमोहक सुर्योदय, महेन्द्र गुफाको भित्र को त्यो अनौठो संसार। सायद त्यो पलहरु को बर्णन गर्न म सङ भएका सबै शब्दहरु कम हुन जान्छन। हरे! प्रक्रितिको सुन्दरमा भुलेर राजन र निनालाइ त भुसुक्कै बिर्सेको। चितवन र पोखराको त्यो १ हप्ता लामो ट्रिपले दुइ जना लाइ एक अर्काको कुरा बुझ्ने धेरै समय दियो।
हेर्दा हेर्दै दोस्रो बर्ष को पढाइ पनि सकियो। रमाइला क्याम्पसका पलहरु अतित बनेर सम्झनाका पन्नाहरुमा कुदिन पुगे। समयको चक्रले अर्को मोड लियो। राजन र म नेपाल मै इन्जिनीयरिङ पढ्न थाल्यौ। निना भने मेडिसिन पढ्न पाकिस्तान पुगिन। राजन र निना बिचको भौतिक दुरी बढे पनि दुइ मन बिच को दुरी भने घटेको थिएन, उनीहरु अझै पनि बेला बेला मा घन्टौ टेलिफोनमा बिताइ दिन्थे। छुट्टीमा निना नेपाल आइ रहन्थिन।
इन्जीनियरिङ मा राजन र मेरो बिषय फरक थियो। पहिलो दुइ बर्षमा धेरै बिषयहरु उस्तै उस्तै भएकोले भेटघाट अनि सङै बसेर पढ्नेकाम भने नियमित नै थियो। दिन बित्दै गयो, त्यो ४ बर्ष को पढाइ पनि सकियो। राम्रो अंकको साथ हामी दुबैले इन्जीनियरिङ को पढाइ सकायौ। अब मास्टर्स गर्न चाइ बिदेश जाने निधो भयो हाम्रो। दिन बिताउने मेसो गर्न भने जस्तो काम पनि भेटियो। दिउसो काम गरे पनि साझ अनि बिहान चाइ हाम्रो काम बाहिर पढ्न जाने बिभिन्न अवसरको उत्खनन गर्दै बित्थ्यो। २-४ ठाउ को प्रयास पछी दुबै जनाले छात्रबित्रीमा मास्टर्स गर्ने अवसर मिल्यो।
केही महिना को प्रयास पछी लगभग १ हप्ता को फरकमा राजन अस्ट्रेलिया को लागी उड्यो भने म चाइ एसिया महादेशकै अर्को कुना तिर लागे। इमेल अनि चाटमा भने बेला बेलामा सम्पर्क भै रहन्थ्यो। हास्दै खेल्दै मास्टर्स को पहिलो बर्ष पनि बित्यो। पहिलो बर्षको परिक्षा सकाएर छुट्टिमा केही दिन घुम्न गएको बेला राजनको एउटा इमेल पाए। "तलाइ फोन गर्दा त सङ सम्पर्क हुन सकेन, अनि मलाइ एक चोटी फोन गर" भनेर सन्देश पठाएको रहेछ। राजन को त्यो सन्देश ले मलाइ कौतुहल बनायो, अनि सन्देश पढेर उसलाइ फोन घुमाए। फोन उठाउन पाएको छैन, लु ६ महिनाको पछी को नेपालको टिकट आजै बुक गर त खुरुक्क भनेर मलाइ अर्डर दियो। मैले किन भनेर सोधे को त पहिला टिकट बुक गर अनि बल्ल भन्छु भन्छ, राजन त। उसको जिद्दी को अगाडी मेरो केही लागेन, अनि भोली पल्ट गएर टिकट बुक गरे। अनि राजनलाइ "मैले टिकट बुक गरे" भनेर इमेल गरे। तुरुन्तै उस्ले फोन गरेर उसको र निना को ६ महिना पछी बिहा हुन लागेको कुरा सुनायो। म त एक छिन जिल्लै परे। हुन त उ भर्खर नेपाल गएर फर्केको थियो।
अनि उस्ले सबै बेली बिस्तार लगायो। निना भर्खर मेडिसिनको पढाइ सकेर नेपाल फर्किछन। अनि उसको घरमा बिहेको कुरा चल्न थालेछ। अनि निना ले घरमा राजन को बारेमा बताइछन। राजनको बारेमा सोध-खबर गरे पछी निनाको परिवारले राजनलाइ मन पराएछन। मन न पराउने कुरा त केही थिएन, आखिर राजन पनि दरिलो ब्यक्तित्व भएको मान्छे थियो। फेरि छुट्टिको लागी राजन नेपाल पुगेको बेला परेको रहेछ। दुइ जनाको परिवार बसेर बिहे को कुरा पनि छिनेछन। मलाइ भने यो सब महाभारत को केहि सुइको सम्म पनि थिएन। हतारमै सबै कुरा भएकोले मलाइ भन्ने फुर्शद भएन रे। "अब कुरा छिन्दा खेरी तलाइ मिस गरे मैले तर मेरो बिहामा चाइ त आ उनै पर्छ। त्यसैले मैले तलाइ टिकट हिजो फोनमा टिकट बुक गर्न लगाएको हो" राजनले आफ्नो कथा टुङ्याउदै भन्यो। मलाइ पनि खुसी लाग्यो। खुसी न लागोस पनि कसरी? आखिर मैले रोपिदिएको प्रेमको त्यो टुसा अब रुखमा परिणत हुदै छ भनेर सुन्न जो पाए। राजन को बिहेको लागी भनेर नया सुट पनि सिलाए। अब ६ महिना कहिले बित्ने हो भन्दै दिन गन्दै बस्न थाले।
६ महिना बित्न धेरै समय लागेन। बिहाको दिन भन्दा १५ दिन अगाडी नै म काठ्मान्डौ पुगे। पुगेको भोली पल्ट देखी त मेरो बसाइ नै राजन को घरमा थियो। ३-४ दिन त दिनभरी राजन सङ बिहेको तयारीमा कहिले एता त कहिले उता दौडिदै ठिक भयो। सायद त्यो दौड-धुप ले अलि धपेडी भयो कि के हो, पाचौ दिन चाइ मलाइ अलि सन्चो न भए जस्तो भयो । अनि दिन भरी घरमै आराम गरेर बसे। साझमा राजनको घर तिर लाग्नु पर्यो भनेर फोन गर्छु त, अन्टी त राजनलाइ सन्चो न भएर हस्पिटल लिएर गएको छ भनेर भन्नु हुन्छ। अनि मोटर साइकल टिपेर बतासिदै म हस्पिटल पुगे। खासै केहि हैन, तर अलि नराम्ररी पेट दुख्यो भनेर हस्पिटलमा भर्ना भएको रहेछ। आज एक दिन भर्ना गरेर सम्पुर्ण जाच गरेर केही सिरियस न देखिएमा भोली घर फर्किन मिल्छ रे भन्ने कुरा सुने।
हुन त मलाइ राजनलाइ हस्पिटलमै कुरेर बस्न थियो, तर मलाइ पनि सन्चो थिएन। त्यसैले घर फर्के, खाना खाएर राजनको बारेमा सोच्दै निदाए। के भएको होला? अब १० दिन पछी बिहे हुन लागेको मान्छे, भोली सम्म मा तन्दुरुस्त राजन देख्न पाइयोस, यस्तै कामना गर्दै निदाउन पुगे। भोली बिहान उठेर अंकललाइ फोन गरे। अंकल ले झन निरास बनाउने खबर सुनाउनु भयो - "आज दिउसो राजनलाइ लिएर दिल्लि जान लागेको" भन्दै। त्यो खबर ले चाइ मलाइ साचै नै दुखी बनायो। झन हिजो सुत्दा आज त तन्दुरुस्त राजन देख्न पाउने कल्पना गर्दै निदाको म, एका बिहानै अशुभ समाचार सुन्नु पर्यो।
अनि फेरी मेरो पुरानो भटभटे दौडाउदै राजन लाइ भर्ना गरेको हस्पिटल पुगे। डाक्टरहरु ले कलेजोको सम्स्या भएको अनुमान गरेर दिल्ली लैजाने सुझाव दिएका रहेछन। कहा बिहे गर्न आएको मान्छे बिरामी भएर दिल्ली पुगाउनु पर्ने भयो। कुडिएको अमिलो मन लिएर राजनलाइ एयरपोर्ट सम्म पुराउन गए। धुम्म कालो बादल लागेको त्यो दिनले राजन को घर मात्र हैन, हाम्रो घरको बातबरण पनि धुम्म पारेको थियो। साझको डिनर टेबलमा पनि राजनकै चर्चा चल्यो। राजनको घर को बिहे को वातावरणलाइ निरासा अनि अनिश्चयको भुमरीले घेर्यो। बेला बेला मा अन्टीलाइ राजनको बारेमा सोध्न फोन गरिरहन्थे।
दिल्ली लगेको १ हप्ता पछी अन्टीले भोली दिउसो राजनलाइ लिएर अन्कल फर्किन लागेको भनेर फोन गर्नु भयो। अन्टीको आवाज मलिन थ्यो, आवाजमा एउटा गहिरो पिडा लुकेको आभाश पाए। धेरै कुरा सोध्ने आट म सङ थिएन, तर मैले सम्भावित अनिष्ठताको भनक भने पाइ सकेको थिए। भारी मन लिएर भोली पल्ट एयरपोर्ट पुगे। अंकलले मलाइ देख्ने बितिकै अङालो हालेर घ्वा-घ्वा रुन थाल्नु भयो। अंकलको त्यो ब्यवहार बाट नराम्रो खबर को पुर्बानुमान मैले लगाइ सकेको थिए। राजन अब यो सन्सारमा न रहेको कुरा मैले थाहा पाए। राजनलाइ Nonalcoholic steatohepatitis (NASH) भएको रहेछ। म त छांगा बाट खसे जस्तै भए।
यसरी राजनको जन्ति जान भनेर नेपाल आएको म राजनको मलामी बन्न बाध्य भए। त्यो रात मेरो जीबनको सबै भन्दा अध्यारो रात थियो होला। राजन सङ बिताएका बिगतका पलहरु सम्झिदै पुरै रात बितेको मलाइ पत्तै भएन। केही दिन पछी म पनि नेपाल बाट फर्के। सायद त्यही घटनाले गर्दा होला, राजनको भाइ निश्चल पनि क्यानडा तिर पलायन भयो। अहिले अंकल आन्टी पनि क्यानडा मै हुनु हुन्छ। त्यो घटनाको धेरै दिन सम्म पनि निना सङ कुरा गर्ने आट म सङ थिएन। त्यो घटनाले अत्यन्त मर्माहत पारेका ब्यक्ती मध्ये उनि पनि एक थिइन। हुन त अहिले पनि निना र म राम्रो साथी हौ। तर राजन को असामयिक निधनले हाम्रो बार्तालापमा शब्दहरुको ठुलो खडेरी ल्याइ दियो। आज राजन यो संसारमा न भए पनि मलाइ उसको यादहरुले बेला बेला मा भने झस्काइ रहन्छ।
समाप्त:
पुनश्च: यस कथाका सम्पुर्ण घटना र पात्रहरु काल्पनिक हुन। कसैको बास्तविक जिन्दगी सङ मेल खान पुगेमा केवल संयोग मात्र हुनेछ।
Last edited: 29-Dec-07 12:08 PM
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-29-07 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-29-07 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल को छोरा,
जन्मे पछी एकदिन मृत्यु त निस्चित नै छ तर पनि जो सँग नजिकिएको छ उस्को बिछोड ले मन भित्र गडेको माया को जरामा हल्चल पुराउँदा त्यो दुख सहन धेरै नै गार्हो हुँदोरहिछ। हजुर को प्रस्तुति धेरै राम्रो लाग्यो। कथा र कबिता दुबैमा निपूर्ण हुनुहुदो रहिछ।
आशा छ अरु पनि यस्तै मिठा मिठा भावना का माला उन्नुहुनेछ।
दिपिका
|
|
|
My Views
Please log in to subscribe to My Views's postings.
Posted on 12-29-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Katha yasto mod ma aayera samapta hola bhanne anuman pani bhayeko thiyena. Ekchin chitwan ra pokhara ko bhraman samjhera ramairakheko manlai sarai marmik banayo. Lekhai pani ati saral padhirakhu lagne ani pathak nai kathama haraune. Feri feri katha haru padhna payios bhanne kamana gardachhu yo angrezi naya barsa ma.
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 12-29-07 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
NKC, kasto nasocheko ending rahecha, ekdam ramro laagyo, aru pani padhna paaiyos...
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-29-07 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दिदी, धन्यबाद छ हजुरको त्यो मिठो मुस्कान को लागी।
दिपिका, हजुरको ति भावपुर्ण शब्दहरु ले देवकोटाको "आयो टप्प टिप्यो लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो" भन्ने पन्क्तीहरु याद आए। हो, मान्छे भएर जन्मे पछी एक दिन त मर्नै पर्छ। तपाइ जस्तो कुशल लेखिका लाइ यो कथा मन परेको सुन्दा म हर्षबिभोर भए। मौका मिले अरु कोशेली पनि पस्किने प्रयास गर्ने छु। बरु हजुर को अर्को कोशेली कहिले पढ्न पाइने हो कुन्नि?
My_views,
तपाइ लाइ कथा मन परेको सुन्दा मलाइ खुसी लाग्यो। तपाइका ति मिठा शब्दहरु प्रती म आभारी छु।
Kancha01,
समय निकालेर पढि दिएर ब्यक्त गर्नु भएका ति गुलिया शब्दहरु को लागी मुरी मुरी धन्यबाद छ तपाइ लाइ। समय ले साथ दिए अरु आउने दिनमा अरु कोशेलीहरु लिएर आउने कोशिस गर्नेछु।
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 12-29-07 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Sukra Tara
Please log in to subscribe to Sukra Tara's postings.
Posted on 12-29-07 4:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepal ko choraji
Aayo "tappa tipyo lagyo" ta Devkota ko nabhaikana Kabi Siromani Lekhanath Paudel ko "Kaal" kabita ko tukra haina ra
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-29-07 5:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Waka,
Thank you very much for those nice comment.
Sukra Tara ji,
Sayad tyo line Kabi Siromani Paudel ka huna. Galti aaulyai dinu bhaekoma hajur lai dherai dherai dhanyabaada.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-29-07 5:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चेभाइ,
अघिको ( तिम्रो भाषामा)मिठो मुस्कान --हजुरको यो धागोमा मेरो पनि उपस्थिति छ है भनेर संकेत थियो
त्यति प्रतिक्रिया नलेखे पनि देख्ने बित्तिकै तिम्रा प्रस्तुतिहरु पढ्ने गर्छु। असाध्यै मनपर्छ र कहिलेकाही कवितामा तिमीले लेखेको शब्दहरु देख्दा ईर्ष्या पनि लाग्छ :)
अब यो संस्मरण कथाको पालो,
'.....कसैको बास्तविक जिन्दगी सङ मेल खान पुगेमा केवल संयोग मात्र हुनेछ। ....' उसोभा यो काल्पनिक हो ??
-- कोहि कसैको मनमा दुखद र मार्मिक भावनाहरु आउनलाई खासै भोगेकै हुनुपर्छ भन्ने छैन तर तिमीले कथा होस या कविता दुबै मा साच्चिकै आफै भोगेको जस्तो गरी प्रस्तुत गरेर पाठकलाई रुवाउन सफल हुन्छौ।
यो कथा अझै अघि बढ्न सक्ने थुप्रै शंभावना देखे है मैले । हुनत निना र कथाको 'म' पात्र बिच चोखो मित्रता पाए मैले। तर अब निनाको उदास र मर्माहत समयमा 'म' पात्रले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बेला आएको रहेछ(मेरो विचार मात्रै है--कथालाई अलिक लामो बनाउन खोजेकी मैले)
:)
|
|
|
waiyat
Please log in to subscribe to waiyat's postings.
Posted on 12-29-07 7:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It's such a heart touching story and it flows very well. Every part from the beginning to the end is well written and meaningful.Hats off to Nepal ko Chora..
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 12-29-07 7:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kasto dukha lagne ending!!!!
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 12-29-07 9:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
NKC bro kya unexpected ending raichha yaar tara yo pani raamro laagyo, bro la arupani lekhnu paryo
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-29-07 11:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दिदी, हजुर को शब्दमा त एउटा भाइ प्रतीको दिदीको माया बोलिरहेको जस्तो लाग्यो। हजुर को त्यो सदभाव को म आभारी छु। म चाइ के भन्छु भने हजुर को त्यो मन्त्रमुग्ध पार्ने कबिताहरु सङ त मेरो कबिताको कुनै तुलना नै हुन सक्दैन। हजुर को जस्तो राम्रो कबिता हरु कोर्न मैले धेरै बर्ष तपस्या नै गर्नु पर्छ होला। न ढाटी भन्नु पर्दा, यो कथा न त पुर्ण काल्पनिक हो, न त सम्पुर्ण सत्य नै। केही घटेका घटना अनि केही कल्पनाको मिश्रण हो। मैले समाप्त भनेर पुर्णबिराम लगाइ सकेको कथा लाइ चिता बाट ब्युझाउन मलाइ गारो पर्छ होला। हो, कथा को "म" पात्र अनि निना बिचको सम्बन्ध केवल चोखो मित्रता मात्र हो। कथाको "म" पात्र को लागी अझै पनि निना राजन को नै नासो हुन। सायद निना को मर्माहत समयमा "म" पात्रले केही भुमिका त पक्कै खेल्न सक्थ्यो होला, यदी समय को भुवरीले "म" पात्र र निना बिचमा एउटा ग्रेट वाल जस्तो भिमकाय पर्खाल न उभ्याइ दिएको भए। हजुर का ति सुक्ष्म अध्यन र सुझावको लागी मुरी मुरी धन्याबाद।
Waiyat,
I really appreciate your observation and encouraging note. Thank you very much.
Dalli Resham,
Thank you very much for reading the story. I appreciate your comment. Yeah, the ending is pitiful but the death is an inevitable event.
Kalejo,
हजुरलाइ कथा मन परेको मा म पनि धेरै खुसी छु। तपाइ हरु जस्तै पाठक को प्रेरणाको उपज हो, यो कथा। हजुरका ति प्रतिक्रियाको म आभारी छु। समयले साथ दिए आउदा दिनमा अरु रचना पनि पस्किने जमर्को गर्नेछु।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-30-07 4:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepche bro, dherai ramro.......simply awesome.... The best part of the story was यस कथाका सम्पुर्ण घटना र पात्रहरु काल्पनिक हुन। कसैको बास्तविक जिन्दगी सङ मेल खान पुगेमा केवल संयोग मात्र हुनेछ।
I thought it was real and really felt sad
Last edited: 30-Dec-07 05:08 AM
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 12-30-07 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
very sad ending. tara kalpinik bhaneko le khusil pani lagyou.
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-31-07 7:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे ब्रो, एकदम मार्मिक एवं सलल बगेको लेखाइ छ! अरू पनि लेख्दै गरम्!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-07 8:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोर्के खोलामा पौडि खेल्या रे???
कतापट्टि गएर खेलेको? अलि तल कि माथि चिसापानीबाट नि मास्तिर पट्टि हो?
अन्त्यमा आएर अलिक मार्मिक मोड आएछ नेप्चे कथामा, जे होस राम्रो लाग्यो। अरु पनि जावस शुभकामना छ!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-31-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Amazing bro,
Thank you very much for those nice words. I appreciate it. Speaking honestly, the story is mixture of reality and imagination.
Pjna,
Thank you very much for the encouraging note.
चित्रे, म आभारी छु, तपाइ को ति मिठा शब्दहरु प्रती। मौका मिले अरु पनि लेख्ने कोशिस गर्ने छु।
बिर्खे दाइ, तेती बेलाको बसाइ चिसापानीमा थियो। पौडी खेल्न चाइ अलि माथी मुहान तिर लागिन्थ्यो। कथा पढेर पस्किनु भएका प्रेरणादायी ति शब्दहरु को लागी म आभारी छु।
|
|