[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 *इश्वरले हारेको पल *
[VIEWED 4711 TIMES]
SAVE! for ease of future access.
Posted on 03-10-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*इश्वरले हारेको पल *

म भन्न बाध्य भयको छु सबैलाइ अब
बिर्सेर पनि साँचो प्रेम यहाँ गर्दै नगर..
सुन्दर देहहरुका भिडैभिडमा पनि तिमि
एउटै पवित्र मुटु भेटाउने छैनौ
तिमि कसैको निम्ति सहजै म्रितुवरण गर्न सक्छौहोला
रिदयबाट नै तिमिले चाहेको सत्य त होला सायद
तर तिमिलाइ स्नेह बर्षाउने..मान्छे पाउने छैनौ
मलाइ लाग्छ,इतिहासहरु सबै झुठा रहेछन
मायाप्रेमका सारा कथा केवल उराठ काल्पनिकतामात्र
इतिहासमा कोरियका प्रेमहरु कहिल्यै अस्तित्वमा थियनन
ति सबै अरुबाट सुनियका उजाडलाग्दा शब्दहरुमात्र हुन
किनकि मान्छे प्रेम गर्न जन्मेकै होइन
अर्थहिन नाताहरुमा मायाको परिभाषा खोज्नुमात्र हाम्रो कर्तव्य बनेको छ

मान्छेहरु भ्रममा मुस्कुराइरहेका छन
प्रेम इश्वरको वरदान हो भन्दै..
तर मुर्खहरुलाइ के थाहा
इश्वरले हामिलाइ दियको एउटैमात्र सजाय
सञ्जिवनिले पनि जिवन दिन नसक्ने एउटा प्रलय
घातक रोगहरुभन्दा पनि उत्क्रिष्ट घातक त्यो सजाय
कसैलाइ बिनाशर्त प्रेम गर्नु हो भन्ने..
म जस्ता पागलहरुको प्रलाप सुनेर माथि स्वर्गबाट
इश्वर असिम आनन्द लिइरहेका छन
आफुले आविष्कार गरेको एकमात्र सजायको सफल प्रयोग देखेर
इश्वरहरु छक्क परिरहेका होलान..
म अनि मजस्ता केहि जिउँदा शवहरुका आँखाबाट झरिरहेका आँशु
आफ्नो अञ्जुलिभरि सँगालेर इश्वर हर्षमानेर पिइरहन्छन
हाम्रा ब्यथित आँशुहरु इश्वरका निम्ति हर्श्राषु बनिरहेका छन
इश्वरले दियको यो सजाय मलाइ स्विकार्य छ..
म आफ्नो प्रेम रोक्न सक्दिन..स्वतन्त्रताको लोभमा
इश्वर कतिञ्जेल तिमि पिउन सक्छौ यि आँशुहरु पिउदै जाउ
तरपनि तिमिले मलाइ हराउन सक्ने छैनौ..म त प्रेम सधै गरिरहनेनै छु

यो संसार,असफल प्रेमहरुले भरियको छ..
इश्वरको सजायको अस्तित्व कायम राख्दै
तरपनि मान्छेहरुले हरेक दिन जितिरहेका छन इश्वर तिमिलाइ
तिम्रो सजायको त्रासबाट रत्ति बिचलित नभइ
म पनि इश्वरलाइ जितेकै त रहेछु..नि किनकि
मैले प्रेमगर्न छाडेको छैन,म प्रेम गरिरहनेछु..सदा-सदा
हे इश्वर ! तिमिले जितेरपनि हारेको देख्दा..म अट्टहासपुर्बक हाँसिरहेको छु
मान्छेहरुको बिजयमा म खुसिले नाँचिरहेको छु..

समाज अनि केहि मान्छेहरु उपेक्षाको हेराइ हेर्छन यहाँ..
"SateLite" अनि "SateLite"हरुलाइ..
उनिहरु ठान्छन .."SateLite"हरु बहुलायका छन भनि
तर उनिहरु महशुस गर्न सक्दैनन..असफल प्रेमको पिडाभित्र पनि
कुन हदसम्मको स्वर्गियता छ भनि..
उनिहरु अनि इश्वर हाँस्छन हामिलाइ पागल ठानेरै
हामिहरु मुस्कुराउछौं..उनिहरुको प्रेमहिन दैनिकि देखेरै


घरिघरि लाग्छ.. मैले सायद इश्वरसँग प्रेम गरिरहेको छु भनि
किनकि
मेरि प्रेमिकाले मलाइ प्रेम गर्न जानिनन..मात्र उनि त
मेरा आँशुहरुले स्नान गर्दै खुसि रहिन..
मलाइ प्रेम गर्नुको साटो..उनि मलाइ प्रेमका परिभाषा सुनाउँछिन
मेरोनिम्ति कुनै सुन्दर देह खोजिदिने ध्रिष्टता गर्न चाहन्छिन..
मैले धेरै सुन्दर देहहरु पाउने कुरामात्र दोहोराइरहन्छिन..
उनका अर्तिहरुले राहतको सट्टा मलाइ आहतमात्र दिन्छन..
कति दोहोराँउ कि मलाइ सुन्दर देह चाहियको छैनभनि..
तिमि जे छौ,जो हौ..जहाँ छौ..मलाइ त्यहिनै प्रयाप्त हुनेछ भनि
उनि भन्छिन म प्रेम त गर्छु तर बिवश छु अस्विकार गर्न भनि
तिम्रा हरेक बिवशतालाइ म सरलता बनाइदिनेछु भनि म कसरि बिश्वास दिलाउँ
मेरा आँशुहरुमा नुहाउन तिमि छाडिदेउ प्रिय..स्विकार गरि एकपल्ट
म इश्वरलाइ हराउनेछु तिम्रो निर्मल प्रेम पायर
मलाइ इतिहास रच्न देउ..इश्वरको कुटिल हाँसो छिनेर
पाप धर्मका कुराहरु छाडिदेउ अब.. तिमि
मेरोनिम्ति केवल तिम्रो खुसिमात्र धर्म हो...
समाज अनि परिवारको खुसिका निम्ति तिमिले दियको प्रेमको बलिदानले यहाँ
भोलि कुनै अर्थ राख्नेछैन...
तिम्रो म्रितुसँगै बिर्सिइने छन यहाँ तिम्रा त्यागहरु
अनि पनि किन तिमि मलाइ हरायर इश्वर खुसि पार्दैछौ...
आफुनै दुखि बनेर किन मान्छेहरु हसाँउदै छौ..
मेरो प्रेम स्विकार गरेर..एकपल्ट इश्वरलाइ हार्नदेउ प्रिय
म इश्वरलाइ हराउन चाहन्छु...प्रेमको बिजयका निम्ति
चिच्याइ-चिच्याइ यो संसारलाइ भन्न चाहन्छु.."SateLite"बहुलायको छैन भनि
मात्र तिमि आइदेउ...मबाट कहिले नजानेगरि
अनिमात्र यहाँ प्रेमकथाहरुको झुटो इतिहास लेखिन रोकिने छ
प्रेम सजाय होइन बरदानमा बदलिनेछ...
इश्वरले हारेको एउटा नयाँ पल..
मान्छेहरुको निम्ति बिजयक्षण हुनेछ...
त्यो क्षणमा तिमि मेरि हुनेछौ..म तिम्रोमात्र
संसारमा प्रेमले जितेको दिन..इश्वरले सधैको लागि हार्नुपर्नेछ !! सधैको लागि हार्नुपर्नेछ !!
* समाप्त*
( यि माथिका शब्दहरु एउटा अपरिचित,आक्रितिहिन र काल्पनिक साथि "Anshu"प्रति
Dedicate गर्न चाहन्छु - स्याटेलाइट )
 
Posted on 03-10-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A nice creation, keep it up.....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters