सबै खुशी सात दल बेखुशी किन? - दिल साहनी
Filed under: Article
सात दल र माओवादीबीच भएको १२ बूँदे समझदारीका बलमा उठेको जनआन्दोलन नेपालकै इतिहासमामात्र होइन विश्वकै इतिहासमासमेत अभूतपूर्व थियो । तर एउटा ठूलो उत्कर्षमा पुगेको जनआन्दोलले दुई सय सैंतीस वर्षको खुनी इतिहास बोकेको राजतन्त्रलाई ढल्दा-ढल्दै विघटित संसदको पुनस्र्थापनाको टेको दिएर बचायो । खडाको खडा नै राख्यो । विघटित संसदको पुनस्र्थापनाले अरु त अरु प्रतिगामी कदमका खम्बा अझ धुरी खम्बा भएका सांसदलाई पनि पुनर्जीवन दियो । सात दल दश हात उप्रुेर खुशी हुने कुरा त छँदै थियो । राजाका मतियार भएका राप्रपाका सांसदहरु पनि प्रफुल्लित भए । जनआन्दोलनले उनीहरुलाई सत्ताबाट हुत्याए पनि पुनस्र्थापनाले फेरि कुसर्ीमा नै बसाल्यो । संसदको कुसर्ीमा । सांसदको कुसर्ीमा । शायद यो इतिहासको एउटा विडम्वना थियो । जनआन्दोलनलाई आफ्नो स्थानबाट सक्दो सहायता दिने विद्रोही माओवादी पाखा । तर प्रतिगमनका मतियार भएका सांसदहरु काखा । इतिहासमा यो ठूलो विडम्वना नभएर अरु के विडम्वना हुन सक्दछ यसैले विघटित संसदको पुनस्र्थापनाले कतै मोहनविक्रम िसंहदेखि कमल थापासम्मका कित्तामा पर्ने सांसदहरु हर्षले विभोर भए भने विद्रोही माओवादीहरु असन्तुष्ट भए । बेखुश भए ।
पुनस्र्थापित संसद घोषणा संसदको रुपमा देखा पर् यो । १२ वर्षमा गर्न नसकेका घोषणा यही संसदले गर् यो । संविधान सभाले टुंगो लगाउने कुरा पनि यही संसदले टुंगो लगाउन खोज्यो । जहाँ राष्ट्रिय बहसको आवश्यकता थियो त्यहाँ २०५ वा २०४ सांसदले ताली पिटे पुग्यो । सात दल रमाए । जनताका पक्षमा काम गर् यौं भनेर होइन । आगामी चुनावमा यसैलाई मुद्दा बनाउन सकिन्छ भनेर । सात दलहरु खुशै खुश । माओवादीहरु बेखुश ।
संविधान सभाको घोषणा गर्न संसद नै पुनस्र्थापित हुनुपर्दछ भन्ने कुरा थिएन । त्यो राजाको घोषणाबाट पनि संभव हुँदोरहेछ । जस्तो कि संसद भयो । त्यो सात दल र माओवादीहरुको निर्णयबाट पनि हुनसक्दो रहेछ । जस्तो कि अहिले अन्तरिम संविधान समिति भयो । तैपनि विद्रोही माओवादी र सात दल संविधान सभाको घोषणाको प्रयोजनको लागि थोरै अवधिको लागि एक हप्तासम्मको लागि स्थापित हुनुपर्ने मौखिक सहमति भएकोरहेछ । वामदेव गौतमकै भनाइ बमोजिम पनि ।
http://focus.blogsome.com/2006/06/22/p98/#more-98