June 21, 2006
छ वर्षमै विधवा - इश्वरी काफ्ले
Filed under: स्थलगत रिपोर्ट
सुन्दादेवी मल्लिक (डोम) लाई छिमेकी र साथीहरूले मात्र होइन, आफ्नै बाबु-आमालेसमेत ‘मुसमाइत’ भनेर बोलाउन थालेको दुई वर्षभयो । मुसमाइत अर्थात् विधवा । महोत्तरी जिल्ला, सम्सी गाविस-६ की आठ वर्षीया सुन्दादेवीको उनी छ वर्षी हुँदा भारत सोनवर्षका आठ वर्षीय उदेश्य मल्लिकसँग भएको थियो । विवाहको महिना दिन नबित्दै उदेश्यको मृत्यु भएकाले सुन्दादेवीलाई सबैले यो नाम दिएका हुन् । उनलाई न विवाह भनेको के हो भन्ने मेसो छ; न त विधवा भनिनुको अर्थ नै थाहा छ । तराइको अत्यन्त पिछडिएको डोम समुदायमा बढी उमेर भए जोडी नपाइने भएकाले बालविवाह बाध्यता नै भएको उनीहरू बताउँछन् । सुन्दादेवी मात्र होइन सोही डोम टोलकी छ वर्षीया पिंकि मल्लिक पनि एक वर्षअघिदेखि विधवा भएकी छिन् । पिंकिको विवाह उनी दुई वर्षी हुँदा जानकी नगर (भारत) का तीन वर्षीय झगडु मल्लिकसँग भएको थियो । एक वर्षअघि कालाज्वरका कारण झगडुको मृत्यु भएपछि पिंकि मुसमाइत (विधवा) भएकी हुन् ।
सम्सी गाविस-६ को सो डोम वस्ती मात्र होइन तराइका हरेक डोम वस्तीमा दुई-चारजना पिंकि र सुन्दादेवीजस्ता बालविधवा पाइनु वा आमाको काखमा बसेर दुध चुस्दै गरेका बालवालिकाको विवाह भई सकेको हुनु अनौठो घटना मानिदैन । "केटा केटीको उमेर १० वर्षनाघे विवाह हुन गाह्रो पर्छ । त्यसमा पनि विधवा वा विधुरको त झन् गाह्रो हुन्छ ।" सम्सी गाविस-६ का मिश्री मल्लिक बताउछन् । पारपाचुके गरी अर्को विवाह गर्न झन गाह्रो छ डोम समुदायमा ।
डोम समुदायमा विधवालाई दोश्रो विवाह गर्न केटा नै पाइँदैन । पाइहाले पनि उनले सरक्कै विवाह गर्न पाउँदिनन् । त्यसका लागि विधवा पक्षले पहिलो केटा पक्षलाई जरिवाना तिरिसकेको हुनु पर्छ, जसलाई उनीहरूकै भाषामा "बिहीदानी" भनिन्छ । विधुर केटाको विवाहका लागि कन्याकेटी पाउने त सम्भावना नै रहँदैन । त्यस्तो केटाले अर्काकी श्रीमती भड्काएर र फकाएर मात्र बिहे गर्न सक्छ, तर त्यसो गर्दा केटाले ठूलो आर्थिक भार वहन गर्नु पर्छ । यस्तो केटाले केटीपक्षले पहिलेको केटापक्षलाई तिर्नु पर्ने -बिहिदानी) जरिवाना पनि तिर्नु पर्छ भने अर्काकी श्रीम
From-
http://focus.blogsome.com/2006/06/21/p93/