ए माने,
चईनी तिमलाई क्यारी सहयोग अरम त ? म तिमले सबभन्दा अविश्वास गर्ने मान्छे रे ? कस्ता तिनमाने रैचन।
नेपालाँ चईनी ठुलोबडो खलकको परिएन, जन्मिदै ठूलो मान्छे भईएन, पढेर, सिकेर, गरेर मात्रै नेपालाँ गरिखान नसकिनी भओ । एक नम्बरी बिद्या नै सरस्वतिले लोभै नमानेर प्रचुरै जो दिईन, दुई नम्बरी बिद्या
सिक्न मनले मानेन, जरुरी पुनि ठानेन । ज्ञान-सीप भए पुनि ग्वाँच र गँवारले दलाउन थाले, बोलेर
नियाँ-निसाफ पाईएन, उल्टो सजायँ पाईयो । पुस्तौदेखिको देस, जन्मभूमिमा जो आफू दोस्रो दर्जाको
नागरिक भईयो । केही होला, दुईचार पैसा कमाएर जान पाए त येसो टेर्नी थे कि सिमा खानी हरुले भनेर
बिदेसियो, मुगलान पसियो ।
चईनी मुगलानाँ त सबै आफैजस्ता मुगलान पस्नी हरु मत्रै रहेछन, ल हामी पनि तँ जस्तै दुख पाएर कि
अन्याय सहन नसकेर आको हो, यो देस तेरो पनि हो मेरो पनि हो, ल तँ हामी चइनी भाई भाई, त हामी
बराबर भने । फकाका होलान, कहाँ फेरि फँसाउन खोजे जस्तो त लागेको थियो सुरुमा तर होईन रहेछ।
मुगलानाँ त चईनी मान्छे भएसि तेसको मूल्य हुँदो रहेछ, सबै मान्छेको मूल्य समान हुँदो रहेछ ।जसको
ल्याकत क्यालिबर बढी छ, तेसको झन धेरै मान-सम्मान हुनी, तर मूल्य भनी सबैको बराबर । सबै बराबर
जन्मिनी, बराबर रुपमा आफूले सकेको गरिखाने, कस्तो मज्जा । भनेसि सिरे अब यतै गोदाम बस्नी, येतै
थन्किने बिचार ग-यो अरुले जस्तै, यही न्यायोचित सँस्कृतिमै रम्यो सिरे, फर्केर नेपालाँ गएर "अब्लिभियन"
हुनु भन्दा येही न्यायोचित सँस्कृतिकै सेवामा समर्पिन हुने विचार ग-यो सिरेले पनि अरुले झै। पहिलो पटक भोग्न पाएको असिम न्यायको नशामा डुब्यो के सिरे पनि ।खोई कुरो बुझेको ?
keep rolling...