धेरैजना साझाबासिहरुलाई बुझ्न सजिलो होस् भनेर माथि शेखरजीले लेख्नुभाको कुराहरुलाई नेपालीमा लेख्तैछु।
अमेरिका बस्न मन थिएन र छैन पनि।
हाइ यार,
अमेरिका धेरै ईयर्स बसियो, धोबी को कुकुर घरको न घाटको भइयो। पहिले देखिनै सन्तूष्टी थिएन बिदेशमा। काम नगरेको नि भयो २०१४ देखी। रातभरी सुत्न नसक्ने दीउसोभरी सुत्ने रोग लागेको छ, तेसैले काम गरेर खान नि सक्दिन। पहिले चै ८-१२ आओर्स घण्टा हानेको हो । तेही पैसा सेभ गरेको छु। धेरै होइन १.५ करोड जती छ, नेपाली है फेरी डल्लर्स होइन। तेही पैसा बैंकमा राखेर इन्ट्रेस्ट खाएर बचाउ भनेको नेपालमा। के त्यस्तो गर्न सकिन्छ?
स्टक्स र क्रिप्टोमा ४५000 लो छ, बढ्यो भने पैसा फिर्ता आउछ नत्र तेही हो होल्ड गरेर बस्ने आफ्नो डिक होल्ड गरे जस्तो। लाईफमा पहीले देखिनै कुनै कुरामा टेस्ट थिएन, शायद मेन्टल रोग छ जस्तो लाग्छ। कलेज जाउ भने बिहान उठ्नै सक्दिन नत्र लोन मिलेको छ पढ्नलाई। कलेज गयो भने टेन्शन लाग्छ, पुरानो कलेजको डेज सम्झेर, बहुत मेहनत गरियो तर कलेज ड्रप भाको। घण्टा हान्दै समरमा त झन २ वटा जब गरेको आखिर केही पाईन सो मेहनत भन्ने शब्द देखेरै घ्रिणा लाग्छ। बुढो नि भईयो, ३५ ईयर्स काटिसके।
बरु नेपाल गएर रीटायार्ड लाईफ जिउ भनेको, व्याज खाँदै एउटा राम्रो कार अनी काठमाडौंमा फ्यामिलीको घरमा सुतेर आनन्दले फ्री अफ टेन्शन भएर बसौ भनेको, राती डान्स बार जाने वीकेन्ड्समा। सिक अफ र्याट रेस यार! उस्तै परे राजनीति गर्ने अनी नेता बन्ने बिचार छ नत्र टेन्डरहरु गर्ने, केटाहरु टन्नै चिनेको छु तिले टोलको। यहाँ बस्नु त वेष्ट अफ टाईम नै हुने होला, एत्रो ईयर्स खेर गयो प्लस फेमिली टाईम इज भेरी इम्पोर्टन्ट्, फेमिलीसँग बसेर खाना खादा आनन्द होला। फेमिलीलाई यहाँ ल्याएर एड्जस्ट नि गर्न सक्दिन किनकी तेस्को लागि फेरी घण्टा हान्नुपर्छ। कति घण्टा हान्ने? जिन्दगी आखिर मरीलानु के छ र? एम्प्टी ह्यन्ड जानुनै छ। बुढाबुढी भैसकेका बुवाआमा को रेखदेख नि गर्न पाइयो नेपालमा। बुवाआमाको रिण पनि तिरिन्छ, किनकी वहाँहरुले तेत्रो दु:ख गरेर हुर्काएसी अब मेरै पालो वहाँहरुको हेरबिचार गर्ने।
कुरा सुनेर त "आहा, कस्तो राम्रो सोच उहाको, अहिलेको जमानामा पनि" भनेर भन्न लागेको थियो, तर आएन भनम। यस्तो लाग्नुको कारणचै साझाको विश्व बिख्यात "भिनाजुको सुरुवाल मुत्नेहरु" र "भाते मुखियाबा" भनेर कुनै समय साझाहुदो पस्किएका अतिरन्जित र अती चर्चित लेखहरु हुन। ती लेखहरु र यो भर्खरको लेखमा एउटै कुरा "कमन" छन, त्यो हो साझाका अरु मेम्बरहरुले लेखेका केही पोस्टप्रती घोच-पेच, ब्यङ, टण्ट सबै मर्-मसलाले प्रेसित र प्रेरित स्वाद।
आदर्णीय साझाका मोडेरेटर ज्यु प्रती मेरा केही तलका प्रश्न लक्षित छन।
# यसरी अरु मेम्बरले लेखेका कुराहरुको रेस्पोन्स ब्यङ मिश्रित नयाँ पोस्टले नै गर्न उचित छ कि नाइ? तपाईंले त भन्नुहोला, शेखरजीले आफ्नो वाक्-स्वतन्त्रताको उपभोग गर्न पाउनुहुन्छ भनेर, तर साझामा यसरी कती दिन अरुहरुको कन्सियन्सलाई जिस्काइने होला त?
# एउटा जिम्मेबार र जागरुप मेम्बर भएको नाताले केही युजरहरुले त कुन लेख "जेन्युइन" हो र कुन होइन थाहा पाउलान, तर थाहा नभर शेखरजीको समस्या "एक अनेस्ट" समस्या मानेर जवाफ फर्काउने मेम्बरहरुको लागि झक्-झकाउने को होला त?
# मैले पहिले नि यो कुरा उठाइसके, मान्छेहरु यहाँ ४-५ घण्टा बसेर नेपालीमा लेखी लेखी टण्ट मिश्रित कथा लेख्न सक्छन, तर यस्तो विक्रिती भनम या के भनम, यस्तो चलनको अन्त्य हुने कुरामा केही आशा राख्न मिल्छ कि नाइ होला हजुर?
Last edited: 17-Jun-21 01:54 PM