सडक विस्तार मात्रै समाधान होइन

प्रकाशमान शिल्पकार
नेपाल समाचारपत्र
१२ बैशाख २०७३
काठमाण्डौ बाहिर बाट भित्रीयका केही मानीसहरुले यहाँका प्रति जग्गामा कब्जा गर्दै सुकुम्बासीको प्रभुत्व जमाउँदै जगा धनी पुर्जा माग गर्दै यहँका बासिब्दा बन्दै गएका छन भने अर्को तर्फ यहाँका रैथाने बासिन्दाहरुको घरमा सरकारले बुल्डोजर चलाएर सुकुम्बासी बनाउँदै छन।
महाभुकम्प २०७२ ले थल थल बनाएको सडक, बाटोका जोडियका कुनै घर पुरै त कुनै आंसकिक रुपमा भत्काउँदै सडक विस्तार गर्ने कार्य सरकारले तिब्र बनाएको छ । महाभुकम्पले पुर्यायको चोतको खत निको नहुँदै यहाँका सडक बाटोमा जोदिएका सडक विस्तारले अर्को चोट पुर्यायको छ । उहिले बुढापाकाहरु सडक चेउछाउमा घर बनाउन हुँदैन भन्थे ।साँचै नै आज सडकचेउचाउका घरफ्हनिहरु सधैं त्रसित रहनुपर्ने अवस्था काठ्माण्डौ उपत्यकामा देखिन थालेको छ । सर्स्कारले कुन बेला सडक विस्तारका नाउमा आफ्नो घरइ स्वाहा पार्ला भनेर चिन्ताग्रस्त देखिन थालेका छन यहाँका बासिन्दा ।
नेपालको जनसंख्या लगभग तिनकरोद पुगिसकेका छन । जनसंख्या बृध्दी संसंगै आवासिय जमिनहरु घट्दै छन । आवासिय जमिनको अभावमा कृषि योग्य जमिन आवासियमा परिनत हुँदै छन । देशभरिका जनसागर काअठमाण्डौ उपत्यकामा नै जम्मा हुँदै गैइरहेका छन । यो लेखक सानू छँदा हिन्दी चलचित्रमा दिल्लि र बम्बैको दृस्यमा मानिसहरुको घुइच्व देख्दा अचम्म लग्थियो । आज आफ्नै देसको राजधानिमा देखिन थाली सकेका छन । समयले कोल्टी फेरिसकेका छन । बाहिरी जिल्लाबाट राजधानिमा आउने जनसागरको बाढीलाई अब पनि नियनत्रण गरिएन भने आधारभूत आव्श्यकताको अभव भैइ काठ्माण्डौ उपत्यकामा जटिल समस्या आउनेछ ।
२०३२ सालतिर खेती योग्य जमिन ह्द्पेर काठमाण्डौम चक्र पथ निर्माण गरियो । आज त्यही चक्र पथ मात्र्स नभएयर अन्य सडक पनि साँघुरो हुदै अपुग भैसकेकको अवस्थालाई सवैले स्विकार गरिसकेका छन । यसलाई मनन गर्दै सरकारले पनि दोस्रो चक्र पथको निर्माणको योजना अघिसारिसके छ । अन्य सडक गल्ली बाटोमा परेका घरहरु भत्काउँदै बाटो फराकिलो गर्ने काम गरिसकेको छ । अहिले सरकार्ले गर्न लागेको सडक विस्तारको आयु पनि १५-२० वर्षबन्दा बढी हुनेछैन । त्यो समयमा सडक पुन: साँघुरिनेछ । फेरि जनताले दु:ख गरि बनाएको घर भत्काएर बाटो फराकिलो गर्नुपर्ने अवस्था आउनेछ ।
कुनै पनि समस्याको समाधान गर्दा यो समस्या के कति कारणबाट उत्पन्न भयो भन्ने तर्फ गहिरेर सोच विचार गरी मूल जडमा नै सुधार हुने गरी समाधान गर्नु बुध्दिमानी हुनेछन । ताकी भविष्यमा त्यस्ता समस्याको पुनरावृती हुने अवस्था उत्पन्न नै नहोस ।
काठमाण्डौ उपत्यकामा बिजुली, खाने पानी, सडक, बाटो तथा आवासको बिकराल समस्या हुँदा हुँदै पनि बाहिरी जिल्ला बाट आउने जनसागरको बाढीले निरन्तरता पाई नै रहेका छन । नयाँ,, नयाँ मोडेलका सवारी साधन भित्रीरहेका छन । उपत्यकाबासि आफैले आफ्नो घर आगन, गल्लि बाटो सडक गल्लिमा सवारी साधनहरु हुँक्यायेर बाटो साघुरो गर्दै खुम्चाउँ दै छन । यहाँका रैथानेहरु धमाधम बिस्थपित हुन थालेका छन भने बाहिर बाट आई यहाँ घर बनाई बस्ने नयाँ बासिन्दाले यहाँका परम्परा र संसकृती माथी धावा बोल्दै सनातन देखि पुज्दै आएको देव वृक्ष पिपल र मथ मन्दिरहरु हताई बाटो फराकिलो गर्ने योजना बनाउँ छन । यहाँका परम्परागत रितिरिवाजहरु परिवर्तन गराई आफ्नो संस्कृती लादन खोज्दछन ।
यहाँका कला, संस्कृती, र परम्परा , रितिरिवाज यहाँका रैथाने नेवारहरुको पहिचान हो । यहाँको संस्कृतिको संरक्षण तथा सडक बाटो साँघुरिन्दै गैरहेको गतिलाई रोक्ने नै हो भने सर्वप्रथम त बाहिरी जिल्ला बाट खोलाको बाढीसरह भितृरहेको जनसागरलाई नियन्त्रण गर्न सक्नुपर्छ । साथै केही दशक सम्मका लागि सवारिसधनहरु आयात गर्ने कार्य रोकिनु आवश्यक छ । अन्यथा काठमाण्डौ महानगर सवारिसाधनहरुको ग्यारेजमा परिनत नहोला भन्न सकिन्न । अत: सडक विस्तारले दीर्घकालीन समस्या समाधान हुन सक्दैन । यस तर्फ सरोकारवाला सवैले मनन गर्नै पर्दछ ।