[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI ! Continued....

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 145646 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 09-15-05 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है ।
-------------------------------------------------------------------------------
उहि पुरानै नमेको चौतारो

 
Posted on 10-02-05 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफ दिनुको नि हद हुन्छ नि यार दादा। :-)

त्यो छापाको पोखरीमा बर्खे भेल जम्मा हुने हो, भदौ सकिदा नसकिदै सुकेर गाइलाई पानी
ख्वाउन पनि तिर्तिरेका खोल्सामा पुग्नु पर्ने हुन्छ। बरु सुख्खा पोखरीमा उम्रेको सिस्नोले चैँ
पोल्यो होला सञ्जुलाई..................................रे क्या।

डल्ली कता हो? अम्रिका तिर हो भने क्यानडा तिरा'ट सेलरोटी गुल्टयाइदिन्छु, छोपम् है त। :)

सिरेदाइ, पढ्दै हो भने खुरुक्क फर्केर आम है। एउटाले निहु खोज्यो भनेर दुख गरेर हालेको
पिङ नै छोडेर हिँद्ने, कस्तो ढोँटे रिस हो के हजुरको त।

:-)
-भउते
 
Posted on 10-02-05 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा
चुनाबपछि गामै नफर्किने नेता जस्तो जस्तो कुरा नगर न यार भउतु!
हुन त विचारी चौतारा र चिलाउनेबास गा वि स पनि स्याउजा जिल्लामै पर्च र भन्ने माननीय पिताम्बर थापा के, पनि बेहोरियो केरे। अहीले भाऽ तेल्लाई हाम्रा गामका माओबादीले भुत लखेटाइ गर्थे होला।
नबुझ्नीलाई हुन्न के। अब चुनाबपछि कहिलै गाम फर्क्या भे पो कुरोको जुरो थाऽ हुन्तो यो भउतेलाई।
अब आमा समूहले रतौली खेलेर हो कि के गरेर हो कुन्नि, अलेली पैसा उठाऽर अनि हाम्ले पोहोर भैलो खेलेर २ मुरी मकै ३ पाथि कोदो अनि १७ बिस दाम उऽठाको। आई सी ६० पनि थियो फेरि छुट्टै। मुखीया बाले कोदो त दिए १२ पाथि फेरि माओबादीका फेला पर्चु भन्नी डर छ नि बुढालाई। अनि पशूपतिका घरनिरको गोगनपानिऽट पाइप गाडेर चौतारी माथि धारा बनाऽका। पहिला त कुवा जो थियो केरे तिम्रै ठाइँलामामाका बाँसघारि मुनि।
जानु सानु छैन गाममा। खै कुरो बुझेको? काठमाण्डुमा बसेर जिल्लाको नकसा कोर्नी हैन। लौ जा! रे क्या!
 
Posted on 10-02-05 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु, मुख रसाको रसै छ । यस्सो यतापनि एउटा पार्सल कृपा गरम् है।

यी सिरे बूढालाई पिङबाट कसैले पनि लघारेको हैन । बूढा त तो हनीमून हो कि हानेमूनि के जाती मनाउन दार्जलिङ गा'चन् रे । तेता खिचेका फूटामा देखाउन मिल्ने चैँ नम्या' चेताराँ टाँस्चु पनि भन्थे । अब देखाउनै नमिल्ने फूटा हेर्छु भनेर हामीले पनि के कर गर्छौँ र !
 
Posted on 10-02-05 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या अर्चन कुरा यार केटाहरुले । कनन्निडाडा (canada) देखि बासघारिको कुवासम्म हेक्का छ गाठे ।
 
Posted on 10-02-05 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर त दादाको चाला, ढ्वाङ् ढ्वाङ्तै गफ छोड्नी, पुलिसले अश्रु ग्यास छोडे जस्तो।

अब केका रतेउली खेलेर उठाउनि हो पैसा। त्यो त पुन्टेदाई दिउशै रउसी खा'र धोबिनीका
च्यात्तेका पेटिकोटको बारेमा बर्बराउँदै हिँडेछन्, अनि आमा पाटीले समातेर पुन्टे दाई सँग डाँडेका
पैसा हुन् नि। अनि भैलो सैलो खेलेर उठाका पैसा पनि जोडेर धारो बनाका रैछन् के रे। अनि
अलि अलि गाउँका माउबादीपनि आर पाइप पुर्ने क्यार्ने अरेका रैछन् के रे। अन्खेरि यो त
हाम्ले बनाको "जनधारो" हो भनेर झन्डा गाडेछन् के रे। त्यै गा'को असारको कुरो त हो नि।
साउनमा त कताट आर्मी पसेछ गाउँमा, "आतङ्ककारीले बनाको धाराको पानी खानी तिमेरु
सबै आतङ्ककारी हौ" भनेर गाउँलेलाई १-२ झापड पनि हानेछन्, धारो सारो पनि भत्काएर
फाल्दिए अरे। राजु र खेमे ले नि १-१ थप्पड खाए रे। जमुनी र सञ्जु त टौवा मुनि लुकेका रे। लौ जा त ! :-)))

:-)
-भउते
 
Posted on 10-02-05 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी दिदीका गाऊँमा माउवादी र खाउवादी पसेकाले यो पालीको दशैमा पनि घर फर्कन नपाउने भईछन, विचरा ।

 
Posted on 10-03-05 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bahute : आजको मेरो लन्चमा चिकेन म:म: र टमाटर अनि धनियाको अचार, टिमुर पनि राखेको।
टिमुर kaha kinna painchha bahute yata? nepal batai lyaeko ho?chahi sel khana aaunu parla bahute kaha.
 
Posted on 10-03-05 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामै "प्रिट्टी" देखेसी असहिय भो...बोल्नै परो!

नानी कता छौ, कुन्नी? तर हाम्काँ त चिनियाँको पसलाँ पाईन्च टिमुर। "Sezhuan Peppers" भन्छन्। तर हाम्रो जस्तो पिरो र मीठो चईँ हुन्न। हेर्दा नि रातो रातो हुन्च। आफू त नेपाल बाटै झिकाको टिमुर चलाउँछु। चाईन्च भुने पठाईदिम्ला के रे एक मुठी। खबर पाम, ठेगाना दिम।

धोबिनी कै च्यात्ति सकेको पेटिकोटको टुक्राँ पोको पारि हुर्र्याईदिम्ला!

यो भउते ले चईँ अर्नु अ-यो फेरि। खान नदिनी भए क्यार्न फोटा मात्र देखाका होलान्? पाप लाग्छ तिम्लाई अब! अर्को जुनिमा, भित्ता भरि म:म:, सेल, आलुको अचार, गोलभेंडाको चटनी, खसीको मासु, आदिको पोस्टर भा' कोठाँ खाना/पानी बिना थुनिने छौ! धोबिनी कै च्यात्त्या पेटिकोट कै कस्सम्, लु!

 
Posted on 10-03-05 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आदरणिय दाजु सिरे -५
म हजुर को भाइ को तर्फ बाट दर्शन
मैले हजुर को कुनै खबर पाउन सकिन । हजुर पहिले को ठाम बाट बुसाई सर्नु भयो
कि के हो ? चौतारि बाट हजुर लाई खोज्?दै छु ।
हजुर को भाइ
काले
 
Posted on 10-03-05 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte dai, nam Pretty bhaeni Pretty Zinta hoina hai ma, warning re kya.... I am not very far from where u r. ali north tira ho. Thanks for the info about "Sezhuan Peppers" khojnu parla aba chinki haruko pasala. sachai pathai nai dine ho bhane ta thegana ni dimla :)
 
Posted on 10-03-05 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute,

Huncha ni ta hajur le gudaera bhaye pani selroti chaihi pathaunu paryo yaspala. Amrica samma aauna Dherai samaya lagdaina hola .


 
Posted on 10-03-05 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte Ji,

Laughing m' heart out.. yeah, almost peed in my pants laughing re kya..

Your dhobini and her chyaatiyeko petikot.. what could you have done without them? I wonder!


 
Posted on 10-03-05 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केरे यि पिर्टि नानिले पनि के भनेको होला, टिम्मुर त कस्तो पाइन्च ? भारति भाइको पसलां गए पनि हुन्च नत्र खैरेको क्यास वाइज मा गए पनि हुन्च त्या त कति मसला पाइन्छ कति तर एउट कुरा तिमि अ-मरिखा मा छौ भन्ने ठानेको छु है मैले त !
 
Posted on 10-03-05 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यो भउतेले रोटि म:म अचार नपठाए भुत्रै सिति तेइ कन्ननिडाडा मा आएर अटाक दिने हो ।
 
Posted on 10-03-05 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalean
Haina maile khojeko ho pahile timmur paiiena ke.....ab chahi khojnu parla ramrari ti thauharuma. ma amrica ko najikai chhu. tapai chahi kata tira ho ni?
 
Posted on 10-03-05 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के जे पायो तेई बोल्छ यो नमे नि, गाँठे?

देसिको पसलाँ टिमुर पाईएछ भुने मेरी धोबिनीलाई यो दशैंलाई भुनेर नयाँ पेटिकोट नै किनदिने भएं, ल! मरि जाम्!

खैरेको क्यास वाईजमा नि भेट्टएछौ भुने मुलाई दुई बोरा पठाईदेऊ, ल! जति माग्छौ तेई दाम सहित तिम्री ऊनीलाई नि एक दर्जन नयाँ पेटिकोट हाल्दिन्छु!

आफू यो देशाँ पसेको झण्डै एक बीस पुग्न लायो, गाँठे! अहिले सम्मुन नेपालबाटै झिकाम्दै खाई रा' छु ति के जाति टिमुर!

नरिसाम नि फेरि, नमे! भन्देको मात्रै! मेरी धोबिनी कै च्यात्त्या पेटिकोट कै कस्सम्! टिमुरले पर्पाराको जिब्रोले ल्याप्प, लु जा!

(रिसानी भा' हो कि भुनेर माया गर्द्?या नि नमेलाई!) :p

 
Posted on 10-03-05 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कुरो ठिकै हो भने किन रिसाउनु पर्यो र पुन्टे दाजि ।
चाइने केरे टिमुर पनि कुन कुन खाले हो कुन्नि तर त्यो कालो टिमुर त अ-मरिखा मा जता तिरै पाइन्छ । धोति भाइ पसल, क्यास वाइज बाहेक भित्ते पसल ( वालमार्ट ) मा त पाइन्च ।
अब म कुन ठाउ भन्दा खेरि अ-मरिखा को बिच ट उत्तर तिर लाग्नु पर्छ करिब करिब कन्ननि डाडा ( क्यानाडा ) नजिक पर्च ।
A month ago I bought black pepper with brand name Mc Cormick. It was in the mexican section in the wallmart. I know there are various kinds of pepper besed red pepper like akhe timmur, sil timur. Well mine is black and I dont know wt it is, perhaps I have to call my mom. Anyway it smells like timmur so i dont bother whatever timmur it is.
 
Posted on 10-03-05 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय २१
-----------
"काँ हो नानी तिम्रो घर ?
काँ हो माइती मामोली ?
नानी त रैछिन् हाम्रै दामोली
हा हा,
नानी त रैछिन् हाम्रै दामोली!

हा हा,
मै लुरे नि भयो तन्नेरी
... ... ..."

तितेपानी मिनेले आज पनि बिजुली चढाएर आएछ। बिहान सञ्जु पोखरीमा जाकिएको खैलोबैलोले काम साम रोकियो केरे। दिउसो सबै कामतिर जान परो, लाखापाखा लाए।
बेल्का राजुले डोरी बाट्दै थियो मैले र सञ्जुले २टा २टा त्यान्द्रा तेल्लाई पास दिँदै डोरी अगाडि बढ्दै थियो। डोरी बाँधेसी त अब पिङ् खेल्न जो पाइनी भओ केरे।

"हाम्रो गाममा यस्तो राम्रो तरुनी को आयो हँ?" रक्सी खाऽर खुट्टा सुट्टा लरबर गरेको मिनेले त्यो जुनको ओझेलमा परेकी सञ्जुलाई के चिनोस्?

ऊ लाहुर जाँदा सञ्जु सानै थिई। चिन्ने कुरो नि आऽन केरे नि।
सञ्जु त के गर्ने गर्ने? अलमलमा परी।
"ए मिने दाइ पनि आऽका यसपाली त?" सञ्जुले बोलेर नसक्दै राजुले प्रतिकृया दियो। "खालास् ए मिने! अस्तिको चोट बिर्सिस्। राती राती धेरै नभुक।"
"यो तेरो कुकुर ठिक छैन। तेरो कुकुर हो भुक्नी? मलाई तैँले तेरो कुकुर सम्झ्या छस्।"
"ल है दादा गिरी तिमी यहिँ छौ, मलाई दमैका राजुले कुकुर भनो, सुनेऊ केरे हैन?"
"मैले यल्लाई जान्या छु।" मनिपुरमा भाऽ भे यस्ता नाथेलाई नालीमा फाल्न हुन्थ्यो यहाँ नाली साली छैन क्यार्नु। नत्र मैले जान्या थेँ।" भन्दै मिने उकालो लाग्यो र समिचोरे साहिँलाकाँ पस्यो।
"लेऊ अरु २ बोतल! हिङ् नभाऽनि हिङ् बाँध्या टालो त छ नि साहीँली। तिम्रो बुढाजस्तो भर्ति नभाऽ नि लाउरे त हो गाँठे।" नेपथ्यमा सुनिदै थियो। मिनेले रक्सी नखा बेलाँ
भाउजु भन्थ्यो खाऽ बेलाँ साहिँली भन्थ्यो किन हो कुन्नि।
 
Posted on 10-03-05 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय २२
-----------
मिनेले बिजुलिपानि चढार कहिले काइ त रमाइलो अर्च सांच्चै । त र केरे त्यो खोइलो बिर्केको रस दादालाइ पनि भेट्ए जस्तो छ नत्र गाइपानि मिनेलाइ तितेपानि मिने र अउचुरा बुटमुनि साइलिलाइ समिचोर साइलि किन भन्थे कि सिरको जस्तै माझि औलो लामो छ यार ?
खास कुरो के भने मिनेलाइ साइलि को उपल्लागाम रातेसं को लसपस थाहा थियो के । अनि त मोरो मिने खोल्सो तरि तरि ' ए साइलि भाउजु 'भन्दै साइलिकां आइपुग्थ्यो । अनि यसो रौसि लासि चाइ 'साइलि' भन्थ्यो मोरो । रौसि लासि २ बिस कटेकि साइलिलाइ १ बिस देख्दो हो नि बज्जियाले । तेति मात्र हो र ?कतै साइलि सं मेसो मिलि हाल्च कि भनेर गित पनि हालिहाल्थ्यो :
ए चोलि दिम्ला मखमलि सारि दिम्ला फाइबर
मै हु साइलि रेल को डाइबर-----

खास गितम त कान्छि हो के तर मिनेले साइलिलाइ मख्ख पार्न गितमा साइलि घुसाउथ्यो ।



 
Posted on 10-03-05 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय २० मा "गाइपानी मिने" हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ।
--------
नमे,
अध्याय ४ बाट
>"...५ मिनेटजति कोहि केहि बोलेको सुनिएन, सिर्फ २-४ चोटि समीचोरे साहिंलीले छोरोलाई-"ए, गान्टे मुर्दार!..."
साहिँली चैँ समिचोरे साहिँली नै हो। छापाको चौतारीको समि चोरेदेखि उप्रान्त तेसो भन्न लाऽका हुन्। घर त अम्चुरबोट मुनि नै हो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
Biden formally Stands Down!!!
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters