संझना दिदी
भाग ४
यसरी दशैंको मुखै मा आएर संझना दिदी, आफ्नो पति को पुनर्जीवनको बरदान माग्न दिल्ली जानु भयो तर उहाँ दिल्ली जानु भनेको घर बिचल्ली हुनु हो। ४ बर्षकी छोरी, २ बर्षको छोराको बाल शुलभ मष्तिस्क लाई बाबालाई के भाको छ थाहा छैन। र बाबा मम्मि हामी संग रिसाएकोले मामाघरमा पठाइ दिएका भन्ने सोचमा बेखुशी थिए। यता घरमा बुढी आम्मै एक्लै, असक्त, अथाह, बिबस जिन्दगी घिसार्दै आफ्नो कर्म लाई दोष दी राखेकी होलिन्।
फूलपाटी देखि त हामी कर्मचारीको अफिसियल् दशैं। घरमा दशैंको किनमेल आफुले गर्नु पर्ने होइन। पुरै सातै दिन सप्ताह लगाउनु पर्ने ठाउं को खोजीमा लाग्यौं। अर्थात तास खेल्ने चाँजोपाँजो मिलाउने काम। चङ्गा उडाउने जमाना रहेन। केटाकेटी खेलाउने उमेर भाको छैन। तास् भन्दा उत्तम् बास् के हुन्थ्यो?
दशैं सकियो। छुट्टी भरि संझना दिदीको बारेमा खासै सरोकार् राखिन। न कुनै खबर।
कोजागत पूर्णिमा को भोलिपल्ट अफिस खुल्यो नै। सरकारी अड्डा न ठहरियो, पहिलो दिन कर्मचारीको उपस्थिति निकै पातलो थियो।
३ बज्न पाए छैन अफिस् त सून्य। साथीहरुले आज नि अन्तिम लास्ट खेलकूद गर्नु पर्छ है भन्दै थिए, कता जमेका रहेछन् भनेर फोन गर्न भनी फोनको सेट् के सारेको थिएं, जिउ सिरिङ हुने गरी घण्टी बज्यो।
संझना दिदीले दिल्लीबाट् फोन गर्नु भएको रहेछ। '
संझना दिदीको फोन थाहा हुना साथ चासो भन्दा बढी चिसो लाग्यो। कुनै ज्ञात अज्ञात अनिष्ठको भयले आक्रान्त भए जस्तो।
"कस्तो छ, मान दाइलाई?"
मैले स्वाभाबिक प्रश्न तेर्साएं। दिल्ली देखिको आवाज भए पनि संझना दिदीको स्वर तेजिलो थियो। कुनै सकरात्मक चमात्कार नै भए जस्तो।
"एक दम ठिक भएको छ। अहिले पुरै होस् मा हुनु हुन्छ। ज्वरो पनि छैन। झोल खानेकुरा खान थाल्नु भएको छ।"
कुनै रणसंग्राममा बिजय पछिको प्रतिक्रिया जस्तै निकै उत्साहित हुंदै कुरा सुनाइ रहनु भयो।
डाक्टर साहेबले अब यहाँ राख्नु पर्दैन, खर्च मात्र हुन्छ। नेपाल लैजाउ भन्नु भएको छ। टिचिङ हस्पिटल राखेर यहाँका डाक्टरहरुले गरेको उपचार लाई निरन्तरता दिनु भन्नु भएको छ।"
"बडा खुशीको खबर् सुनाउनु भयो, दिदीले। जिउ नै हलका भयो। कहिले आउदै हुनुहुन्छ?" मैले जिज्ञासा राखें।
"भोलि बिहानको फ्लाइटबाट आउदै छौं। सर् लाइ फेरि एउटा दुख दिनु छ।"
"भन्नुस् दिदी, मैले सक्ने र हुने सम्म गर्छु नै।"
"टिचिङ हस्पिटललाई यहाँ डाक्टर साहेबले चिट्ठी फाक्स गरि सक्नु भएको छ। बिरामीलाई एअर्पोर्ट देखि पिक अप गर्न र एउटा स्पेशल क्याबिनको ब्यबस्था गरि दिन।"
"अनि मैले के गर्नु पर्यो दिदी?"
"टिचिङमा गएर त्यो कन्फर्म गरिदिनु पर्यो सर ले? एम्बुलेन्स बिहानको ११ बजे पुग्ने गरी। फाक्स् को मात्र के भर् हुन्छ र?" नेपालको प्रशासन बुझ्नु भएकी ले शंका जन्माउनु ठिकै हो।
"हुन्छ दिदी, म अहिले हिड्नै लागेको, अफिस सुनसान् छ।दिदीको टाइम मै फोन आयो। म टिचिङ जान्छु र सब बन्दोबस्त गरेर आउछु, भोलि बिहान कुनै चिन्ता न लिई आउनुस्।"
फोन राखे पछि अनिल दाईले भनेको संझना आयो, मेडिकल साइन्समा धेरै पटक धेरै ठाउंमा मिराकल भएको छ। भगवान संग प्रार्थना गर्नु, सब ठिक हुन्छ।
" भगवान के घर देर् है अंधेर नहीं" भन्थ्यो, इलाहाबादमा। हो रहेछ जस्तो लाग्यो।
भोलि को ब्यबस्था गर्न टिचिङ तिर हुइंकिन अगाडी साथीभाइको जमघटको थलो कहाँ रहेछ त भनेर साथीसमूहका सूचना केन्द्र नोर्बुको घरमा फोन गरें।
"आज कहाँ हो खेलकूद?"
"आज किरणेको घरमा, छिट्टो आइहाल्, कोरम पुगिसक्या जस्तो छ।"
"हैन टिचिङ सम्म काम छ, तु गएर तु आइहालें। रुमाल राखेर ठाउ रिजर्भ गरी राख।"
"अहिले नै टिचिङ् जानु पर्ने कारण के त? कस्को हात खुट्टा भाच्यो?"
"होइन, हाम्रो स्टाफको फेमिलि मेम्बर छ नि अस्ति दिल्ली लगेको, हो त्यसको भर्नाको ब्यबस्था गर्दिनु छ। हाकिम भए पछि गर्दिनु नै पर्यो।"
"बरु भन त को छ हं, टिचिङमा चिने जानेका सोर्स् लाउन मिल्ने?"
"हुस्सु! तेरै बिश्व निकेतन कै छ नि डा अरुण सायमी। अहिले डिन सिन के भएको छ, उसैलाइ गएर भेट न।"
हो त नि, डा अरुण सायमी, बिश्व निकेतनका उज्ज्वल नक्षत्र। स्कूलको इतिहास मै पहिलो र सर्बोच्च बोर्ड हान्ने।
त्यसो त डा सायमी संग चिनजान भएको थिएन, आजै हो मौका चिनजान गर्ने जस्तो लाग्यो।
टिचिङ तिर हुइंकिए। संयोग बस डाक्टर साहेब आफ्नो कार्यकक्षमै भेटियो। मैले आफ्नो परिचय दिएं र काम को कुरा गरें। बडा खुशी हुनु भयो मेरो परिचय पाएर अनि भोलि को सम्पूर्ण काम को जिम्मा मात्र लिनु भएन। "यो केसलाई म पर्सनल्ली ह्यान्डल गर्छु " भन्नु भयो।
जे होस् आफ्नो काम सफल भएकोमा खुशी हुंदै खेलकूद कार्यक्रम तिर लागें।
*****************************************************************************
संझना दिदी आउनु भयो। नयाँ आशा, नयाँ बिश्वास् लिएर। अझ भनुम्, आफ्नो आधा जिन्दगीको नयाँ जिन्दगी लिएर। मान्छेको लगनशिलता र निस्वार्थ कामनामा यमदूतहरु पनि हार्दा रहेछन् जस्तो लाग्यो।
बिरामीलाई भर्ना गर्ने औपचारिक काम सके पछि मलाई फोन गर्नु भयो। अफिसमा दशैं र तिहारको बीचमा खासै कुनै काम नहुने भएको ले खबर पाउने बित्तिकै टिचिङ हस्पिटल गएं। दिदीको मुहारको कान्ति ले नै बिरामीको हाल स्पष्ट भनि रहेको थियो।
"कस्तो छ मान दाइ लाई।?" खासमा उहाँको नाम मानव दास, सबैले मान दाई भनेर सम्बोधन् गर्ने।
"न सोचे जस्तो प्रोग्रेस् भएको छ। यो सब सर् हरुकै सहयोगले हो।"
"हामीले त आ-आफ्नो भागको कर्तब्य पालन गर्न खोजेको मात्र हो, यो सब उपरवालाको काम हो।"
बेला कुबेला इलाहाबादी लवज आइहाल्यो।
"बिरामीलाई सलाइम चढाइएको रहेछ, रगत पनि दिनु पर्छ भन्नु भएको छ। भाइले रगत दिएर आए, अब त्यसको टेस्ट सके पछि रगत पनि दिन्छ होला"
"रिपोर्ट यही हो उताको ।" भन्दै दिदीले फाइल मेरो अगाडी राखि दिनु भयो। डराइ डराइ बिस्तारै, 'बत्रा हस्पिटल, नोइडा मार्ग,मानव दास् श्रेष्ठ' लेखिएको फाइल पल्टाएं।
पहिलो पाना मै अड्किएं। "डाइगोनोसिस्" भन्ने महलमा "pancytopenia" अनि "रिमार्क" भन्ने महलमा "confirmed" लेखिएको।
यसको मतलव, यसको परिणति म्रित्यु बाहेक हुन सक्दैन, अनिल दाइ को भनाइ अनुसार्। अनिल् दाइ को ज्ञान माथी कुनै शंका थिएन मलाई।
ब्लडका रिपोर्टहरु पनि हेरें। धेरै न बुझे पनि WBC, RBC, Plateles को संख्याको अर्थ बुझ्ने भैसकेको थिएं।
अनि Treatment suggested मा चाहिँ, इन्फेकसन् हुन नदिने, स्पेशल क्याबिनको ब्यबस्था गर्ने। के के मिसाइएको सलाइन पानी चढाउने र एक दिन बिराएर फ्रेश रगत दिने आदि उल्लेख गरिएको रहेछ।
संझना दिदीले यस्ता मेडिकल टर्मिनोलोजी न बुझ्नु नै यति बेला श्रयस्कर लाग्यो। बुझेको भए अहिले रहेको अलिकति कान्ति पनि मूर्दाशान्तिमा परिणत हुन्थ्यो।
"यो रिपोर्टको १ कपि फोटो कपि मलाई दिनु दिदी, दाई संग पनि सल्लाह माग्छु।"
एक प्रति फोटोकपि रेडिमेड नै रहेछ। सो लिएर हिडें।
बाटोमै अनिल दाईको घर पर्छ, लाजिम्पाटमा। एक छिन् ५ मिनेटको लागि छिरम् जस्तो लाग्यो र साँग्रिला होटल पुग्ने बित्तिकै अनायसै बाइकले दाईको घरतिर् मोड्यो।
दाइलाई रिपोर्ट देखाएं। दाइ ले हेर्ने बित्तिकै, - "नो होप् एट् अल्" भन्नु भयो। "अब शान्तमय म्रुत्यु को कामना वा भयन्कर चमत्कार को कामना गर्ने बाहेक उपाय छैन।"
'अनि दाई, यो फ्रेश ब्लड नै दिनु नै पर्ने कारण के हो त?' मैले अलिकति जान्ने भएर सोधें।
"WBC र Platels २४ घण्टा भन्दा पुरानो रगतले पूर्ति गर्दैन।"
ओह। अनि कहिले सम्म दिनु पर्ने त?
जब सम्म bone marrow ले ती कम्पोनेण्ट् हरु रिजेनेरेट गर्दैन तब सम्म।
" भनेपछि,कहिले सम्म? "
"यस्तो केसमा रिजेनेरेट भएको कुनै रेकर्ड छैन।"
त्यसो भए जिन्दगी भरि नै दिनु पर्ने त, फ्रेश ब्लड।
"हो, जिन्दगी भरि नै। तर जिन्दगी कति दिन को छ र अब? "
दाई को भनाईमा अन्तिम आशा पनि देखिन।
"कन्फर्म मर्ने नै भए त मानदाई?"
"हेर, माक्सिमम् बाँचे अब को २ हफ्ता मात्र हो।थर्ड वीक देख्दैन मानदाईले।"
मानदाईको बिषयलाई लिएर हिजो देखि छएको अलिकति खुशी अलकति आशा चकानाचुर् भयो।
भोक लागेर एक् प्लेट कमलाछि को म: म खाने इच्छा नि त्यसै मर्यो र घर तिर लागें।
क्रमश: