[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अनुराधा"

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 151897 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 09-17-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।

माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।

तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें।
नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं।
भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो।
"राहुले! ओहे राहुले"
पक्का कुन चाहिँ स्कूले लौका पर्‍यो भन्थाने र फर्केर हेरें।
बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे।
ओह आलु !कहाँबाट्?
"आलु न भन न मुला, यस्तो ठाउंमा"
हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।

एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो।
२० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो।
कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी।
अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें।
"छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी"
नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी।
"ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"

"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"

अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु।
मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्।
छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ।
"अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो।
मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी।
जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें।
मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली ।
ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको?
अनुराधा भाउजु किन भनेको?
हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको?
ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा।
हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन।
घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा।
आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
क्रमश:
***********************************************************************
भाग २

ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ?
छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई।
सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै।
चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें।
खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ।
'चिया तयार भो ड्याडी'
"अब सुनाइस्योस् कथा अनुराधाको"
भाषा र शैली नक्कल गर्छे अचेल मेरो।
लौ सुन कथा अनुराधाको-
अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि।
अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी।
मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको।
निकै जेहेन्दार र प्रतिभाशाली छात्रा।
एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं।
आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो।
५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो।
"यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?"
""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।"
(http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441)
म फेरि अगाडि बढें।
त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका।
एउटै क्लासका।
तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।

७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन।
अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन।
नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा।
पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर।
भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें।
के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि।
छोरी हास्छे, एकै छिन।
यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले।
"यो सबै तिम्रो मम्मिको कमाल् हो"
अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए।
रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्।
क्रमश:
***********************************************************************
भाग ३

यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।

नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज
फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।

हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।

स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।

सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो।
तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।

शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्‍यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे।
चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु?
निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के?
भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न।
अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो।
संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं।
तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन।
केही बिषेश पर्‍यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्।
क्रमश:

Last edited: 17-Sep-07 12:42 PM

 
Posted on 10-23-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब!

पढ्दा पढ्दै कुनै धारावाहिकमा अन्त्यमा कलाकारको नाम को लिस्ट छिटो छिटो उकालो लागेको जसरि सकिएछ आजको भाग।

आगामि अंकमा निम्न कौतुहलता मेटिन्छ भन्ने आशा छ-

१) के अस्कल छिरे पछि राहुलभाइले अनुराधालाई चटक्कै बिर्सिए त?

२) साथि को थियो जो जासुसिमा खप्पिस थियो?

३) के साथिको जासुसिले अनुराधाको कम नम्बर आउनुको पछाडि 'प्रेम' नै कारक तत्व देखायो?

४) पध्मकन्यामा छिरेपछि अनुराधाको व्यक्तिगत तथा एकेडेमिक जीवन कस्तो गयो भन्ने कुरा राहुलभाईलाई पछि सम्म जानकारि भयो?

इत्यादी.. इत्यादी..


 
Posted on 10-24-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे जी,
टिप्पणीको लागि धन्यबाद।
 

बिर्खे जी,
समयाभावको कारण छिटो छिटो पस्किन न सकेकोमा क्षमाप्रार्थि छु। आगामी अंकमा तपाईंको जिज्ञासा पूरा हुन्छ कि?


 
Posted on 10-24-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनुराधा सँगको अब को भेटमा हुने कुराकानी अब आउने अंकमा अटाँउछ भन्ने आशा मा
धन्यवाद राहुल दाई

 
Posted on 10-24-07 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wonderful storyline.Rahuljee hope you have a bit better organization. I liked it and reminds me of the 'Anuradha' novel of Bijay Malla (If I am not wrong).

Whatsoever, keep on entertaining.


 
Posted on 10-26-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuldaai padhna hataar bhaisakyo aba aaune bhaag.
 
Posted on 10-27-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai katha dherai nai romanchak baneko 6. ho keti ra keta bich sathiko nata matra jordnu sakidain tyo yauta prem ma parinat bani din6 ra Rahulvaiko pani yo katha tyahi rupma purnabiram lagne hola. Kathalai nabangyae yatharth lekhnu hola bhanne sudhakamana dinu chahan6u

 


 
Posted on 10-31-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग ११

"जासुसी भन्नाले चियो गर्न लगाएको होइन नि छोरी।त्यो पाप चिताउने, श्राप पाउने काम् गर्न सक्दिन।"
अनुराधाकी अत्यन्त मिल्ने र मेरो कुरा खाने  शारदा लाई के हो बुझि दिन आग्रह गरेको थिएं।
म आफ्नो काम र पढाई मा ब्यस्त थिएं। इज्जत पनि जोगाउनु थियो, भात पनि जोड्नु थियो।

धेरै दिन पछि शारदाले केही अपुष्ट समाचर संप्रेषण गरी।
अनुराधाको हात दुखेको तथ्य सत्य थियो तर मात्र हात दुखेको कारणले मात्र त्यस्तो प्रतिकूल रिजल्ट आउदैनथ्यो।

शारदाको संकेतमा मैले आफ्नो बिश्लेषण जोडेर हेरें। कहीं न कहिं म आफै पनि त्यो दोषमा  संलग्न भेटाएं। तर कसरी? मैले जानी जानी वा न जानेर पनि कसैको कुभलो चिताएको थिइन।। मैले ब्यक्तिगत  रुपमा घात गरेको थिइन।।

हात दुखेको रैछ, "टेण्डनाइटिस" भएको रैछ। तर त्यसलाई सामन्य दुखाई सम्झेको रैछ। तर लामो समय सम्म निको न भए पछि परिवारजनलाई भन्दा हावामा उडाए रे। प्रेम रोग लागेको र हात दुखेको बहानाबाजी गरेको भन्ने उल्टो आरोप झेल्न बाध्य भइन् रे।

प्रसंग बेप्रसंग उनका हर क्रियाकलाप माथि शंकाको नजर हुन थाल्यो रे अनि बेला न कुबेला घोचपेच हुन थाल्यो रे।

हुन त त्यस्तो बेला त्यस्ता कुरालाई वास्ता गरिरहनु उचित हुंदैनथ्यो तर नारी ह्रिदय न हो, भन्छन् साह्रै कोमल् हुन्छ रे, अनुराधाको मन मस्तिष्कमा त्यो तीखो बिझ्न थाले। बिस्तारै त्यही राप, त्यही पाप बिष बनेर फैलिन थाले । अनि पढाईमा जति ध्यान एकत्रित गर्नु पर्ने हो त्यति सकेनन् । त्यसैको सयुक्त प्रतिफल जस्ट फस्ट डिभिजनमा चित्त बुझाइन्।

तै पनि उनको भावमा कसै प्रति गुनासाका शेषहरु देखिन। सहजरुपमा वासतबिकतालाई सकारी, मन भित्र कुण्ठाका निलकण्ठहरु लुकाई।
आइ एस्सी फस्ट इअरको परीक्षा अगाडी  पिताजीको असामयिक निधन भयो। मानसिक आघातलाई सम्हाल्दै परीक्षा दिएं, राम्रो अंकले यसपाली मेरो मार्कशीट सजेन। तर पनि "छि" भन्ने खालको थिएन।

उमेर हो कि जवानीले साउती गर्न थालेको अनुभव भैसकेको थियो त्यति बेला। मनको कुनामा " माया"  प्रतिध्वनित हुन थालिसकेको थियो।

"तिम्रो मम्मि संग आँखा संगै मन जुध्नथालि सकेको थियो। प्रेमको पहिलो अक्षर मैले त्यहीं बाट प्रारम्भ गरें र आज यो अमर प्रेमकहानी को पदचिन्हमा यात्रा जारी छ।"

सेकेण्ड इअर पनि सकियो। यसपाली भने हुनेखाने खालको नम्बर आयो। कुनै न कुनै सरकारी छत्रब्रित्तिमा अध्ययन गर्न जाने मौका मिल्ने निश्चित भएकोले खुशी थिएं। म्याडमले  पनि राम्रै अंक पाइन्। यति बेला मैले अनुराधा बिर्सिसकें कि जस्तो भै सकेको थियो। स्वार्थी यसमाने मा पक्कै हुं।
"समय परिस्थितिले यस्तो बनाएको हो छोरि, उनले गरेका गुण म कसरी बिरसन सक्छु र। बिर्सें भने चाहिँ पक्कै पाप लाग्छ, श्राप लाग्छ।"

अनुराधाको रिजल्ट यसपाली पनि खराब भयो। पास हुन पनि सकिनन्।

"यस्तो पढ्ने सक्ने अनुराधा आण्टी फेल? कसरी ड्याडी? यस्तो पनि हुन्छ र?"

"हुन सक्छ होइन, भयो। कसरी भन्ने मैले, मैले नि अन्दाज मात्र गर्न सक्छु।"
"आज धेरै अबेर भयो छोरी, भोली बाकी कथा सुनाउला।"
"हुन्छ ड्याडि भोलि पक्का कन्टिन्यू नि" छोरी आफ्नो बेडरुम तिर लागे पछि म पनि भारी मनलाई निश्तब्ध रातको सुन्यतामा बिसाउन बेडरुम तिर लागें।
क्रमश:


 
Posted on 10-31-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ राम्रो प्रस्तुतिकरण लाग्यो, धन्यवाद ठुल्दाइ
 
Posted on 10-31-07 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा को हरेक अंकको ब्याकुलताका साथ प्रतिक्षा रहन्छ ठुल्दाई, यल्ले चाँही पढ्दैन र'छ भन्नु होला फेरि मनमनै। लेख्ने फुर्सत पाउन्न के अलि त्यसैले।
 
Posted on 10-31-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो भाग अनुराधा भोलीलाइ। बल्ला आइयो घर ।
 
Posted on 11-01-07 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा अरु नि जावस न क्य।


 
Posted on 11-01-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

anuradha part- 12 ko pratichyama
 
Posted on 11-02-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice piece, good job!
 
Posted on 11-02-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी पनि पढ्दै छम के रे -- जानकारी होस है पर्भो।
 
Posted on 11-02-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कसरि भयो अन्दाज गर्नुभएको कुरो आगामी अंकमा पढ्ने प्रतिक्षामा!

जे होस ठुल्दाईको अनुराधाले बिस्तारै एउटा उपन्यासको बाटो समात्दै गएको जस्तो लाग्यो। निरन्तरता दिनुहोस, मेरो शुभकामना छ!


 
Posted on 11-02-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा, गजब जाँदो छ है, कलम बन्द नहोस् प्रभो


 
Posted on 11-02-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जी,
प्रस्तुतीकरन भन्दा पनि कथाको गाम्भिर्यता र संबेदनशिलता लाई सन्तुलन गर्ने प्रयास मात्र हो।

अन्तरे जी,
जति तपाईंलाई ब्यग्र प्रतिक्षा हुन्छ, त्यो भन्दा बढी मलाई छिटो गन्तब्य सम्म बिसाउन पाए हुन्थ्यो जस्तो लाग्छ। १२ बर्षको घट्ना क्रमलाई १२ भागमा सक्याउने प्रारम्भिक अनुमान थियो, अलि मिलेन। रि-इस्टिमेट  स्विक्रितीको लागि पेश गरेको छु।

नेपालियन जी,
त्यो भोलि आयो  होला र पढ्नु भयो होला भन्ने आशा गरेको छु।

ठुली,
अरु भन्नाले के? अर्को भाग भए  छिट्टै आउने छ। अरु नै राधा, सीताको कथा भए, अहं लेख्दिन। घरशान्ति खल्बलिने डर हुन्छ।

उफ्री जी,
१२ भागको प्रतिक्षामा म पनि छु।

हाउडे जी
धन्यबाद, टिप्पणीको लागि।

दीप जी,
तपाईंको कथाको अगाडी कहाँ राजा राम्, कहाँ गंगुतेली भने जस्तै हो।
सुझाव, सल्लाह पाए अझ राम्रो लेख्ने प्रयास गर्थें।

बिर्खे जी,
जिन्दगी नै खुल्ला उपन्यास-कथा हो। त्यसैको एक अंश अनुराधा, कथा बुने नि, उपन्यास उने नि, त्यो पात्रले न्याय पाएको हुनु पर्छ।

labastaro जी,
लेख्दै जाउ, हेर्दै जाउं अनुराधा को गन्तब्य कोर्दै जाउं।

सबै अमुक पाठकहरु प्रति पनि कोटी कोटी आभार् प्रकट गर्दै, तिहारमा हार नहोस् भन्ने कामना गर्दछु।


 
Posted on 11-02-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा जति सबै किन यति उत्क्रिठ हुन्छन्,

म पनि कुनै दिन् कथा उपन्यास् लेक्न लायक् भएछु भने, अनुराधा नै लेख्नु पर्ला।

जावस् दाइ जावस्।


 
Posted on 11-02-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग १२

 

संयोग बस शुक्रबार थियो र राती अबेर संग अनुराधा को बेलिबिस्तार लगाए नि चाँडो आँखा खोल्ने बाध्यता थिएन। तै पनि विनोति को सेमिनार छ भन्ने भुसुक्कै बिर्सेको। भान्छाबाट बर्तन र बिनोतीको क्लास रुम स्टाइलको आवाजले ब्युंझें।


"शनिबार भन्दैमा, काम छैन भन्दैमा घाम झुल्के पछि पनि सुत्ने? देश बिग्र्या त्यसै हो?" मेरो बोल्ने स्टाइलको नक्कल गर्दै भुनभुनाउन थाली।

"हिजो राती छोरी संग गन्थन गर्दा गर्दै सुत्न ढिला भए छ।"

"छोरी खै त? "


"अझै उठेकी छैन, बाबु को छोरी भएकी छे अचेल।"

"अहिले ९ बजे नै पुग्नु छ, सन्चो न भएर् कस्तो। न गैइ पनि नहुने, पेपर छ। यसो भान्छामा सघाए पो। बाउ छोरी दुबै उस्तै।"
समय अभावको गुनासो घुर्की  मार्फत प्रस्तुत गरी।

"लौ अब तिमी तयार होउ, म ब्रेकफास्ट एक् दम फास्ट बनाई दिन्छु। अनि सधैं झै डाइभर को काम गरि हाल्छु क्या र।"
 बिनोति सेमिनार तर्फ लागी।

हिजोको अधुरो अनुराधा आज पुरा गर्नु छ, मन् मनै सोचें गुणें।  छोरीलाई प्रोमिस गरेको छु। मन भित्रको भारी नि बिसाउनु छ।


ब्रेकफास्ट को लागि छोरीलाई बोलाएं।
"ड्याडी, अनुराधा आण्टी को बाकी पार्ट भनिसियोस् है अहिले नै। सपना म नि मैले अनुराधा आण्टी देखें।"
हो अनुराधा आइ एस्सी मा फेल भइन्। किन भन्लाउ, मलाई त्यसको एक्जाक्ट कारण थाहा छैन।
सोध्ने मौका पनि मिलेको थिएन। सोध्ने पनि कसरी? कसरी जाँच बिग्रियो भनेर सोध्ने कुरा भएन। यस्ता कुराले त्यसै त घायल भएकीको छातीमा छुरा चल्ने हुन्छ।


मेरो आफ्नो गेस् मा उही पुरानो घाउ बल्झेको हुनु पर्छ। घरायसी मानसिक दवाब र हात दुख्ने उपक्रम।
मन मनै सोचें , आफैलाई सोधें। के त्यस्तो अपराध गरिन् त अनुराधाले चम्कि रहने नक्षत्र जस्तो, सबैको लागि अनुकरनीय उपमा जस्तो ब्यक्तीले यो परिणति भोग्न पर्ने गरी।


छात्रब्रित्तीमा अध्ययन गर्न छनौट भएं। कन्फर्मेशन पनि आयो। जाने दिन नजिक आए पछि घरमा सानो पार्टी गर्नौ पर्‍यो। सबै साथीहरु, स्कूल, कलेज र टोलकालाई निम्तो दिएं।
अनुराधालाई छुटाउने कुरा भएन। बोलाउने पो कसरी? फोनको सुलभता थिएन। घरै गएर बोलाउं भने कहिं त्यसको दुष्परिणाम त भोग्नु पर्ने होइन?


शंका र त्रासले त्राहिमाम् भएं। तै पनि हिम्मत जुटाई निम्तो दिन गएं।
क्रमश:


 
Posted on 11-02-07 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ,

यो चाहि अति भयो।

कस्तो छोटो यो भाग त।

छिट्टै भन्नुस न अनुलाइ के भाको रहेछ? कसरी उसको मनोबल गिरेको रहेछ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
All the Qatar ailines from Nepal canceled to USA
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters