नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ग्वाँचेले पुरानो कुरा राखेर मलाई एउटा कुरा याद आयो! हाउँरो तो गोर्खापत्रमा आउँछ नि के जाति "७० बर्ख भन्दा अगाडिको गोर्खापत्रबाट" भन्ने! हो तेस्तै अर्न मुन लाओ मलाई नि-
२ बर्ख अघिको चौतारिबाट!
त्यतिबेला चौतारीमा भलै अहिले जति गाम्ले थिएनन् तर रमाइलो चाहिँ हुन्थ्यो नै बेला बेलामा! ठिटाहरु अलि बढि मात्तिएका, पात्तिएका र छिल्लिएका थिए! प्रस्तुत छ त्यतिबेलाको एउटा वार्ता!-
भउते-
अब ति बिर्खे बाजे नि अचम्मका मुन्छे के। यति बुढो हुँदा नि के हो के हो बानी पनि। माछा धेरै नमरेनि अलि अलि त मर्याथ्यो, एक दुइ छाक हुने गरि। बाडि चुँडि अर्दा अलेलि तिनको भागमा नि परिहाल्थ्यो नि बुढाले त खुसुक्क सुर्वालको ईँजारो खोलेर भित्र हालेछन् माछा। अब तो खिर्रोको चोपले रनाहा मात्र भाको माछा, मरिसकेको छ भन्ने ठानेछन्। माछा त भित्र गएर फत्रया फत्र्या अर्न थालेछ के रे। वरि परि सप्पै गाम्का तरुनि के रे, दुकुर्दै थे, ढुङ्गाको काप तिर माछा समाउँदै। :-)
गोताएँ-
ठूलो ढुंगाको कापमा पुगेर बूढाले ईजार खोल्न आँटेका थे, त्यसकै आडमा बसेर दुइटी केटी लुगा धुँदैरचन्। अरु बेला भए बूढा केटीसंग छिल्लिन जान्थे,अहिले भने बूढा छटपटिएर अलि परसम्म पुगे अर्को छेलिने ठाऊँ खोज्दै, तर त्यतिखेरसम्म माछो मरिसकेको थियो। भुङ्रोमा प-या माछो न परो! तैपनि बूढा सू गर्न बसे जसरी बसेका त थे सुरुवाल तल सारेर। अब माछाचैँ के गरे कुन्नि!
नमे-
खिर्रोको बिषले माछो एक छिन मरे झै गरि नि एक छिन पछि तेसलाइ बिषले छोडे छ केरे काका बुढाको सुरबाल भित्र माछो उफ्रिन थाल्यो । बुढाले माछो समेल्नि मेसो नै पाएनन् । अब चोसो पानिमा खेल्ने माछो बुढाको तातो जिउमा परे पछि के को शान्त सं बस्नु नि, जे पाउच तै संग सओरि खेल्न थाल्यो । खोइ के टोकेच कुन्नि , बुढा त अइया भन्दै सुर्वालै फालि दिए । त्यो देखेर कपडा धुने तरुनिहरु मुसु मुसु हास्दै थिए , बुढा भने माछोले टोकेको ठाउमा माटो दल्दै थिए ।
सिरे-
अब चईनी माछालाई खिर्रो हैन, हाम्रा गाम्लेहुरलाई मैले खुवाएको कुरो लागे जस्तो छ । मैले चईनी देउराली सिखरेटाँ अपुर थोक पनि मिसाको थिएँ, केटाहुरले चईनी जमिनमा पुनि बाँच्नी माछा देख्न थालेछन्। हुँदा हुँदा येसो उठेको चईनी जुरो परेको ठाम त देख्नै नहुनी, कतले माछो भनि हाल्चन केटा हुरले । एकै छिनाँ छोड्ला नि । बरु लालेले भलायोको बोक्रा पुनि मिसाको रैच माछाको बिषमा, जम्मैका ज्यान चिलाएर हैरान्। जिम्माल पुरै डुबी डुबी माछा छोप्नी भाका थिए, अहिले कन्याम्दै बस्याछन् घाँटीबाट मुन्तिर जताततै जो । धन्न चईनी मेरो दवाई नभाको भए आज ठूलो आपत पर्नी । काकाले फेरि अरु कथा पुनि सुनाम्ला भन्थे, कता मोरेचन् कुन्नि ।
बिर्खै-
लु सप्पैले देखेका रेचन केरे अब मुइले के भन्नु। हुनु हुनामी भो नी आज त! यि ठिटाअरु कुरो अर्चन नि जे पायो त्यइ। खास कुरो के भने एउटा माछो चाइन्जो हातले समातौँ समातौँ लाएर समातेको के थ्ये, माछो त जिम्दो पो रेच गाँठे चिप्लेर खस्न लागो। त्याँसी त्यसलाइ जोगाउन दौराको फेरले समात्न खोज्या त बल गर्दा गर्दै माछो त चाइन्जो सुरुवाल भित्र। अब गाम भरिका तरुनि भेला भा ठाममा चाइन्जो जाँ पायो त्यइ छाम छाम छुम छुम पार्न मिलेन के रे त्यसैले ढुङ्गाले छेकिएर बस्या भोटी माछाले क्यार्यो क्यार्यो काछ लाग्या जस्तो पो हुनथालो मुलाइ त। त्याँसी रिस उठेर यसो सुरुवाल सारेको मात्तै हो है गाम्ले हरु, अरु केइ अर्या छैन।
आज देखिन् साहु बुढाको फन्दाँ परिहालियो नि मिस दि, तपाईँ र दुर्गी दिको गीतहरु खुब राम्रा छन भन्नि हल्ला छ आफुले सुन्न पा हैन साहुको डरले, याँ के गरुँ र कसो गरुँ भैसको। बल्ल खाजा खानि ट्याम भो र यसो चिहाको।
अब जमानत बचाउनि उपाए तिर लाग्नु परो। यो लोक गीत गाए देखिन् बढि भोट आउला जस्तो छ। अर्को एन्ट्रि राख्न पाइन्च?
साउकहाँटि आज कसइको गित सुन्न मिलेन , अब बेलुका भोट गर्ने!
र हिजो को मा चाहिँ भोट गरेको छ है मैले! सुन्तलेको मादल बजा'को ताल र गित गा' को सुर सुरताल मिलेको लाओ!!! अन्तरेको स्वर चइनि कता कता सुनेओ अस्तो लाओ!!!!! पुन्टे बुडाओ कुरा अइले अर्न मिल्दैन
भोट पनि कति हाल्ने खै, नङ जम्मै निलो भएर छोप्पीसक्यो चित्रेले मसी लाईदेर।
मामाले सोधिहाले मैले बुझेको, ठुली तरकारी बेच्दै रे, भउते हिजो लाको राखीहरू फुकाल्दै फुर्सत छैन जस्तो छ। कुम्ले त नयाँ कफी सुटिङ गर्दै छ होला। तितौरी कता लाईच कुन्नी।
आयो आयो कुम्ले नि आयो!! बिस्तारै सपै आउन थाले! तो जमानत जोगिन्छ कुम्ले चिन्ता नअर, उस्तै परे जित्छौ पनि! एउबाजि ह्याँटि घर त पुग्न पाम खुरुखुरु तिम्लाई भोट हाल्ने भइँ ल!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.