[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 90375 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-22-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो के भो
 
Posted on 07-22-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न चौतारी भत्कन पो लाग्यो कि क्या हो?
 
Posted on 07-22-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कम्प्युटरमा भाइरस पसे जस्तो छ। अब सबैलाई सर्ने भो।
---
सल्लाहकारहरु - नेपे दाइ, पुन्टे दाइ

संयोजक - नमे
उप-संयोजिका - मास्टर्नी नानी
सञ्चालक - भउते, गोतामे

स्वयम् सेवक - चित्रे, तितौरी, गालब


अब नयाँ पुरानालाई निमन्त्रणा कार्ड सार्ड पठाम्न पर्च कि के के गर्न पर्च यिनेरुले गर्नी अरुले सघाउनी। त्यो दिन चौपारीलाई दुलही जस्ती बनाम्न पर्च है।
 
Posted on 07-22-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा के गर्या यो भद्रगोल?!
 
Posted on 07-22-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रैछ, :D दादा बस्नुभा ठाममा मात्र अलि हिलो भारैछ, अनि दादा चिप्लिनुभएछ। :)

तितौरी, मेरो हालखवर ठीकै छ।

मास्टर्नी दिदी, निरेलाइ नि रोल नं दिनुस् न।
 
Posted on 07-22-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सल्लाहकारहरु - नेपे दाइ, पुन्टे दाइ

संयोजक - नमे
उप-संयोजिका - मास्टर्नी नानी
सञ्चालक - भउते, गोतामे

स्वयम् सेवक - चित्रे, तितौरी, गालब


अब नयाँ पुरानालाई निमन्त्रणा कार्ड सार्ड पठाम्न पर्च कि के के गर्न पर्च यिनेरुले गर्नी अरुले सघाउनी। त्यो दिन चौपारीलाई दुलही जस्ती बनाम्न पर्च है।
 
Posted on 07-22-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्ती सर

आज बाटुली दीदीको बिहे बजार तिरबाट जन्ति आउदै छन । बजारमा त मटर हुन्च रे । मटरका पाङ्गरा हुन्चन रे अनि जा हात ठडायो तेइ रोकिन्च रे । कति बुझ्नि है शहरका मुन्छे हरु । हाम्रो गाममा त बाख्राले नि भनेको टेर्दैन । अस्ति जुम्लि वाख्रो पौडेलको बारीतिर पस्न खोज्दै थियो, जति कराउदा नि टेरेन अनि छेक्न गको साडेको सिङले सर्टको टाकनै चुडाइदियो । स्कुलको डिडेस होके रे । अब त स्कुल जानु पर्दैन, आरखेत जादा नि एइ सर्ट बाख्रा हेर्न जादा नि एइ सर्ट । शहारका मुन्छेले कपडा राम्रा लाएनि रौसि त सप्पैले खादा रैचन । तेस्तो गनाउनि रौसि नि किन खान्छन होला ? रौसि खाएसि मुन्छे बलियो हुदारहिचन अनि त हाम्रा बाले आमालाइ सधै कुट्चन । मेरी आमाको सारै माया लाउच तेसैले म रौसि खान्न ।
जगियाको छेउवाट २वटा सरहरुले बोलाउनु भयो । सरहरु त रौसि नखानु हुदो रैच । २ टै सरहरुले राम्रा कपडा अनि जुत्ता लाउनुभको रैच । एउटा सरले त चश्मा पनि लाका थिए ।मान्छे पनि कति राम्रा ।सप्पैले जुत्ता लाका थिएनन् तर चप्पल चै लाका थिए। जुत्ता त भैसी छालाले बनाउचन रे । भोलि पर्सि हाम्रो भैसी मरेसि बालाइ मालाइनि एउटा जुत्ता बनाइदिनि भन्छु । ति २ टा सरहरुले रौसि नखार होला कति राम्रो बोल्नि । स्कुलका सरले भन्दा पनि राम्रो बोल्दा रैचन । मलाइ कति पढ्चौ भनेर सोधेका थिए । ५ कक्षा भनौ जस्तो लागेको थियो तर ढाटिन । डल्लेले जस्तो पढ्न नआएपो , मलाइ त कखरा सप्पै आउच । १ देखि १०० सम्म पनि भन्न आउच । डल्लेका बाख्रा हराउदा सधै मैलेनै गन्चु ।
एउटा सरले धेरै पढ्नु पर्च भन्थे, अर्का सरले पनि मुन्टो हल्लाउथे । ति सरहरुलाइ त १०० भन्दा पनि धेरै गन्न आउछ होला है ? ठुला कक्षामा त किताप पनि मोटा मोटा हुन्चन अरे । तेत्रा मोटा कितापलाइ कसरि गातो हाल्दा होलान । पलास्टिको झोलामा त अट्दैनन होला है ? मलाइ नि जन्ति सरहरु जस्तै हुन मन लायो । अर्को साल स्कुल गर म नि १४-१५ कक्षा सम्म पढुछु , चश्मा लार हिड्छु अनि सरहरु जस्तै रौसि नखानि मान्छे बन्छु ।
------अस्तु -------
 
Posted on 07-22-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाम्।

अरु के के गर्दा ठिक होला सोचुम् न।
 
Posted on 07-22-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! नमेले त्यो जगियामा बस्ने केटाको पार्ट पो खेल्या रे छन्। बल्ल बुझेँ।
 
Posted on 07-22-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-22-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो दादा, मलाइ नि थुमी जान मन लाग्यो । अब लिखेको आफन्त नि परिन, साथि नि परिन, गलबले नि लगेन । तेसैले तेइ फुच्चे केटो बनेको ।
त्यो सल्लाहाकार मा दादाको नाम पनि थप्न मन लाग्यो । तेसको अरु कुराहरु गाम्लेको सल्ला बमोजिम गर्नु पर्ला, कसो ?
 
Posted on 07-22-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नमु, कत्ति लाम्लो मान्छे। चद्दै लाम्लो बन्नु है। रौसी कहिले नखानु है, हामी त खान्छम् :पि।
अनि हामी ले खा'को मिस लाइ नभन्नु है। लाम्लो मान्छे ले पोल लाउदैनन् नि। अस्ति हरा'को खसी हामीले झ्याम्म पारेम भन्ने नि नभन्नु। ह्याकुलो त तिम्रा बा लाइ नै पथा'थेम्। तिम्रा बा नि कत्ति खान सक्ने भन्या.....।"
कत्ति लामो चिठी पठाएछन् हौ ति पल्ला गाउँका दाइले। मैले त यतिनै पढ्न सकें। नमे तँ आफै पढ। लैजा यो चिठी।
 
Posted on 07-22-06 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई मेरो नमस्ते
 
Posted on 07-22-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-22-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

titauree kian haseko:)

दादाले सबैलै येसो गर उसो गर भन्नु हुन्छ नि

एउटा बुढो-पाको मन्छे नि चाहियो नि काम् अराम्ने :P
 
Posted on 07-22-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबै गाम्लेहरूलाई!

मेरो टाउकोमा यौटा आइडिया आयो महोत्सवको लागि। सान साहूलाई भनेर 'चौतारी' भन्ने छुट्टै च्याटरूम बनाउन लगाउने र त्यो च्याटरूम चैं चौतारीबाट मात्र जान सकिने, बाहिरबाट नसकिने। अनि त्यो चौतारी च्याटरूमको शुभारम्भ महोत्सवकै साइत पारेर गर्ने। कस्तो लाग्यो मेरो प्रस्ताव भनम् है गाम्लेहरू?
 
Posted on 07-22-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे चित्रे पनि अनि महोत्सब को दिन महोत्सब् मात्रै गर्ने नि अब कता च्याट् स्याट् गर्न थालेर फेरि सबै अल्मलिन्चन् के रे । बरु महोत्सब् लाइ नै रमाइलो बनाउने अरु आइडिया ल्याउ न च्याट् को शुभारम्भ त्यो पछि , कसो होला? मेरो २ पैसे कुरो हो है :)
 
Posted on 07-22-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, हो नि, फेरी च्याट गर्न थाल्यो भने चौतारीमा कसले पोस्ट गर्छ त, होइन तितौरी? तिमीले ठीकै कुरा गर्यौ। च्याटरूम चैं भोलि पल्टदेखि खोल्नु पर्ला त्यसोभए। :)

ल, अरू नि आइडिया भए भन, म नि सोचम्ला।
 
Posted on 07-22-06 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इज एनि वान स्टार्भिङ्ग?? ह्याभ दिस फ्रेश् होममेड मोमो।

तिन घन्टा लाग्यो
हो! तिन घन्टै लाग्यो
सिङार्न तिमीलाइ
बल्ल बल्ल सिकेँ
बुट्टा बनाउन
अनि,
केवल तिन मिनेट लाग्यो
तिमीलाइ सिध्याउनलाइ
अब त केवल तिम्रो
याद मात्र बाकिँ छ।

डियर मोमो आइ मिस यु अ लट

*bhaabuk mudraa ma*
:पि

 
Posted on 07-22-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hera khaisakera kabita bhanyaa ...arko patak ma ni khaisekera kathaa bhannu parla :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Facts showing how US is worse than Russia
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Does the 180 day auto extension apply for TPS?
Biden formally Stands Down!!!
Nepali Psycho
TPS extension Petition!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters