serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 137836 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-24-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १५३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 153 editions.

Last edited: 24-Jul-09 01:21 PM

 
Posted on 07-27-09 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, ठुल्दाइ अनी चेली,

के हो, अअज त सखारै आउनु भेछ त, हाम्रोमा त पानी परेर उधुम छ। तेइ भेर उठ्नै मन थेन, छुट्टी लिउम कि जस्तो लाग्यो, तर घरै बसे पनि अड्डै आए पनि चौतारी जानै पर्छ भनेर अड्डै आ म त।

ल आउन बाँकी कामचोरहरुलाई पनि अग्रिम प्रणाम

 
Posted on 07-27-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta pashupati bata chandan ni lyaidya chhu sabai lai.. 



 
Posted on 07-27-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है सबै साथीहरुलाई।


रमाईलोहरु मात्रै को छ दबदबा यता अचेल कि रमाईलीहरुको पनि छन कुन्नी?


 
Posted on 07-27-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे अनी दीप ,


खै त औतारिहरु ? यतिन्जेल सम्म त बौचा द ग्रेट अनी रिट्ठे द हान्सी आउनु पर्ने हो। हर्के हन्तकाली त १ घण्टा पछी आउँला।
मोरा को घडी नै ढिला छ ।


 
Posted on 07-27-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् चेली, ठुल्दाइ, पुरे अनी दीप ब्रो


"गफै त हो" भन्ने नयाँ कार्यक्रम शुरु गरौ भनेर सोचिरा - के गर्ने बिजी होला जस्तो छ


हेरौ कती को बिजी भइन्छ


 
Posted on 07-27-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम दीप प्रभो, लहरे

चौतारीमा ऐले मुकुन्डोधारी रमाइलीहरुको बिग बिगी छन भन्ने बिशेष सुत्रबाट थाहा हुन आको छ। तर यस्को बिरोध गर्न हुन्न, गर्‍यो कि सब मुकुन्डोहरु मिलेर लखेट्छन, तेइ भेर म त चुप्-चाप बस्छु अचेल

लहरेको वीकेन्द कस्तो गयो त? रमाइलो भो भन्ने गाइँ-गुइँ सुन्याथें, थुतुनो किताबमा खै त केइ नयाँ देखिया छैन, छिट्टो हालुम केरे

 
Posted on 07-27-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे


गफै त हो भन्दा पनि "हुपिङ गफ" भन्ने कार्यक्रम चलाए हिट हुन्छ ब्रो। सुपर हिट ।


 
Posted on 07-27-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे लाई अस्ती खुशी ले तर्साए देखी सुध्रिएको हो त


वीकेन्ड त रमाइलो नै भा थ्यो पुरे तर फोटो कहाँ बाट ल्याउने -


फोटो खिचिहाल्नु पर्ने रमाइलो पनि होइन


नचाहिदो हल्ला कसले फैलायो हँ


अनी ठुल्दाइ - हुपिङ सुपिङ भन्या मैले बुझ्या होइन - के हो त्यो भन्या केही थाहा भएन त्यही भएर गफै त हो भन्न ला


 
Posted on 07-27-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau sabailai!

malai kasailai tarsaunu parya chhaina lahare. tara jhuto arop launelai ma sahanna tyo chai sacho ho.

 
Posted on 07-27-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई झ्याप्पै नमस्ते अनी तारेमाम है , कस्तो अल्छि लागेको गान्ठे ।


आफुले चै लाईफमा नै पहिलो चोटि क्लब म्याच हेरियो फूटबल , साह्रै रमाइलो भो, सपना साकार भो ।


Everton (England) Vs Riverplate (Argentina) ko म्याच निक्कै रमाइलो थियो , ओर्टेगालाई देखियो अस्ती शनिबार ।


ल बस्दै गरौ है ।


 
Posted on 07-27-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि त्यही भन्या हो खुशी -


झुठो आरोप लगाउन पाइदैन


पाइदैन पाइदैन


 
Posted on 07-27-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ । लहरे, पुरे , चेलि,खुसि,  कस्तो गयो त सब्बैको वीकएन्ड
 
Posted on 07-27-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मिटिङ छ - सकाएर आउछु -


घैटी के छ - सञ्चै होला केरे भन्छु म


 
Posted on 07-27-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै छु भन्नु पर्यो, सन्धै क् को मीटिङ् हो फेरि तिम्रो हैन है यहन् साझा मा त मोमो एक्दम् हिट् च भनेको सुनियेको छ कसैले भनेको यो कान मा परेको थियो।।।कत्तिको सान्चो हो यो कुरा ह
 
Posted on 07-27-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम्बार बिहान सोम्बार बिहान
कस्तो यो बिहान दुखदायिक् बिहान
 
Posted on 07-27-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती नौटन्की गर्न सक्छ यो केटी त - क्या आइटम छ यो त


अरु कता लागे फेरी


 
Posted on 07-27-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नौटन्कि सङ कुरा गर्द आफु पनि हल्का नौटन्कि बन्दिनु पर्यो नि त अनि के छ तिम्रो नया नौलो ।।मीटिङ् मा के नौटन्कि गर्न भ्यायोउ त।।
 
Posted on 07-27-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, टेकुमा बिस्नुमतीको पुलमाथि उभिएर  :  हम बेबफा हरगिज ना थे पर हम बफा करना सके --
लहरे, हिन्दै मोटरसाईकल गुडाउँदै गरेको रोकेर: हन ए जिम्माल, यो पानी टाट भा बिस्नुमतीमा फाल हालेर मर्ने सुर कस्या कि क्या हो?


जिम्माल: अब के मराई भो र खै?


लहरे: अनि किन त यस्तो बिरक्त्या गीत गाएर यो पुलाँ बस्या त?


जिम्माल: यही पुलाँ फस ट्याम रुपालाई देख्या, पुरानो कुरा याद आएर नी --


लहरे: ए, पुरानो लभ सम्झेर बस्या? कति चल्यो नी लभ?


जिम्माल: पर्न पा भे त चल्थ्यो पनि होला नी -- अनि यो मोटरसाईकल नचडेर किन घिच्याउँदै हिन्या? पन्चट भा जस्तो नी देखिंदैन--


लहरे: प्याटोल सकिएर बिजोग भो नी -- बज्या रिट्ठेलाई त मैले पाए देखि नगरपालिकाको लड्डु ख्वाईंदिन्थें -- के गर्नु र


जिम्माल: किन, के गर्यो र रिट्ठे ले?


लहरे: कस्तो के गर्यो? यो मोटरसाईकल मेरो हो त?


जिम्माल: अनि के खान अरुको प्याटोल सक्या मोटरसाईकल घिसारेर हिनी रा त? रिट्ठेले घिसार्दै थ्यो अनि ब्रोलाई जिम्मा लाएर टाप दियो कि क्या हो?


लहरे: काँ जिम्माल? बानेश्वराँ थेँ अघि म -- मलाई है नयाँ बजार नपुगी नभाको थ्यो -- ट्याक्सी रोक्नै ला थें रिट्ठे आईपुग्यो काँ बाट हो यै मोटरसाईकलाँ -- यस्तो जाममा ट्याक्सी चढेर नयाँ बजार जान त हजार रुप्या लाग्छ,  बरु म पुर्याईदिन्छु ल बस भन्यो -- बसेँ है अनि त बेकरीमा रोक्छ -- मोमो ख्वा अनि पुर्याईदिन्छु भन्न थाल्यो -- मरोस भनें -- चार प्लेट उडायो --


जिम्माल: चार प्लेट? बज्या अस्ति उस्ले तिर्ने दिन त हाफ्प्लेस भन्थ्यो--


लहरे: हो त नी --चम्बु छ भन्या -- अनि है मोमो बजाएसी चैं ल पेट चर्कियो -- मोटरसाईकल चलाउन नसक्ने भएँ भन्न थाल्यो -- नयाँ बजार चै मलाई कस्ले पुर्याउँछ नी भनेर म रन्किन थाले पछी ल ल तँ चला म पछी बस्छु भनेर साँचो जिम्मा लायो -- कस्को मोटरसाईकल यो भन्या? हर्केको भन्थ्यो -- माईतीघराँ आईपुगे पछी, मोटरसाईकल रोक रोक भन्न थाल्यो --


जिम्माल: कस्को माईतीघर आए पछी?


लहरे: कस्को माईतीघर रे? रुपाको--अब भो?--- के कुरा गर्या जिम्माल? माईतीघर भन्या था छैन?


जिम्माल: त्यै त रुपाको माईतीघराँ ससुराली होला भन्ने कत्रो आश थ्यो आफ्नो -- मुरलीधरको जस्तो भो --


लहरे: को मुरलीधर?


जिम्माल: को हुन्थ्यो त्यै उडायो सपना सबै हुरीले भन्ने गीत गाउने क्या त---


लहरे: ह्या जिम्माल, अनि यता कुरा सुन न -- अनि माईतीघराँ मोटरसाईकल रोकेसी मेरो फेरी बानेश्वर जानु पर्ने भो -- एउटा चिज छुट्यो -- तँ मोटरसाईकल लिएर जा -- काम सकिए पछि कुमारीगालमा लग्दिनु --त्यैं हुन्छ रे हर्के  भन्दै खुरुरु कुदेर बाटो काट्यो अनि बस चढेर गयो --


जिम्माल: हैन लहरे ब्रो, कुरा त निक्कै लामो छ कि क्या हो? घर जानु पर्ने अध्याँरो हुन लागिसक्यो --


लहरे: सकिन लायो, पखन -- अनि है सिंहदरबार अघि पुगे पछी त मोटरसाईकल बन्द भै गो नी -- त्यै तेल सकिन ला रे छ र मलाई मोटरसाईकल जिम्मा लाएर भाग्या रे छ बज्या --


जिम्माल: अनि यो धकेल्नु सट्टा त आफ्नै पैसाले प्याटोल हाल्या भे पनि त हुन्थ्यो नी --


लहरे :हुन्थ्यो नी जिम्माल -- पेट चर्कियो भनेर् पछाडी बसीरथ्यो बज्या -- अहिले भद्रकालीमा प्याटोल हाल्छु भनेको त वालेटै छैन --- अब तेल्लाई नगरपालीकाको लड्डु नख्वाए कस्लाई ख्वाउनु?


जिम्माल: अनि नया बजार जाने मान्छे किन यता आ त?


लहरे: ह्याँ टेकुमा मामाको पसल थ्यो र पैसा सापटी माग्न आको -- २ बजे देखि टेकु बन्द रे फेरी आज -- खत्तम भो नी -- कुमारीगाल पुर्याउनु पर्ने मोटरसाईकल --साँझ पर्न लाईसक्यो --


जिम्माल: त्यै त -- मेरो पनि पर्स पाकेटमारले लग्यो हिंजो मात्रै, रुपाको फोटो थ्यो -- स्टुडियोमा चिन्या साथी थ्यो र हात पार्या थेँ --


लहरे: त्यो पाईन्टको पछाडीको खल्तीमा भुक्क पर्या चै के नी?


जिम्माल: यो पाईन्ट त दाईको -- अब उस्को पाईन्टमा के छ के के नी -- ल दाई पाईन्ट खोजी रा होला -- म लागें है --


लहरे: ए जिम्माल ए!
(जिम्माल दौडीदै गएर भिडमा हराको लहरे हेरी रहन्छ ---)


 
Posted on 07-27-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप ब्रो लोल


रिट्ठे आवोस् न आज - मा-भकुरी त कहाँ छाड्छु र - बज्या ले कस्तो दु:ख देको


फेरी मोटर साइकल बेचुँ जस्तो नि लाग्या थ्यो - फेरी हर्के को भएर मात्र नत्र त काम तमाम भइसक्या थ्यो



अनी ए घैटी केही छैन मेरो नयाँ नौलो - तिमी चाँही कहिले फर्किने त -


आफ्नो त ई हेर हालै बेहाल छ


 
Posted on 07-27-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी त्यो जिम्बाल पैसा दिनु पर्छ भनेर - पाकेटमार ले पाकेट मार्‍यो रे


नली खुट्टा बजाउन नपुग्या - मान्छे चिनियो गाँठे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
मैले नबुझेका केहि गीत का lyrics हरु
Nepali Passport Renewal
TPS Renewal Reregistration
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Facts showing how US is worse than Russia
" अनि ग्रिन कार्ड बन्यो त ?"
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters