[VIEWED 151900
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-17-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।
तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें। नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं। भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो। "राहुले! ओहे राहुले" पक्का कुन चाहिँ स्कूले लौका पर्यो भन्थाने र फर्केर हेरें। बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे। ओह आलु !कहाँबाट्? "आलु न भन न मुला, यस्तो ठाउंमा" हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।
एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो। २० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो। कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी। अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें। "छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी" नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी। "ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"
"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"
अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु। मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्। छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ। "अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो। मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी। जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें। मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली । ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको? अनुराधा भाउजु किन भनेको? हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको? ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा। हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन। घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा। आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु। अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु। क्रमश: *********************************************************************** भाग २
ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ? छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई। सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै। चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें। खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ। 'चिया तयार भो ड्याडी' "अब सुनाइस्योस् कथा अनुराधाको" भाषा र शैली नक्कल गर्छे अचेल मेरो। लौ सुन कथा अनुराधाको- अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि। अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी। मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको। निकै जेहेन्दार र प्रतिभाशाली छात्रा। एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं। आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो। ५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो। "यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?" ""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।" (http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441) म फेरि अगाडि बढें। त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका। एउटै क्लासका। तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।
७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन। अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन। नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा। पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर। भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें। के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि। छोरी हास्छे, एकै छिन। यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले। "यो सबै तिम्रो मम्मिको कमाल् हो" अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए। रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्। क्रमश: *********************************************************************** भाग ३
यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।
नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।
हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।
स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।
सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो। तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।
शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे। चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु? निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के? भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न। अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो। संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं। तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन। केही बिषेश पर्यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्। क्रमश:
Last edited: 17-Sep-07 12:42 PM
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 10-13-07 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझामा नाआको धेरै भो, साथी हरुले कस्तो राम्रो राम्रो लेख्नु हुदो रहेछ, राहुलभाइ कती मजाको लेख्नु भाको, धेरै राम्रो छ।पढेर धेरै मजा आयो। जिन्दगिमा कहिले कथा ब्यथा बन्छ कहिले ब्यथा कथा बन्छ। तिमि मेरो साथि
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-13-07 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kasto dukha lagyo anuradhako exam bigreko samjhera. keti haru kina yeti vulnerable bhanya ni? yo sabai karan MARS ra VENUS grahaharuko karan hola.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-15-07 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
uptowngal जी। यहाँहरु कै प्रेरणा हो यो लेखाइ पनि अलिकति भोगाई पनि।
serial जी, हो त नि आफुलाई बोर्ड आएको मै कत्रो खुशी, मार्साबलाई बोर्ड फस्ट न आएको झोंक, क्या गजब बा!!!!!!!!!!!!!!!!!!!
चित्रे,
हो भन्या, पढुन्जेल त कति हाने कति झाप्पु, अब पास भैसके पछि त न हान्नु पर्ने हो।
चना जी, के गर्ने, स्कूल सके पछि झाप्पु पाउने पहिलो र अन्तिम भाग्यमानी मै होला जस्तो छ।
बिर्खे जी, बाल शुलभ इच्छा भनम् कि के भन्ने त्यसलाई? गोर्खापत्रमा आफ्नो नि फोटो छापिंदो हो भनेर सोचिन्थ्यो। स्पेलिङ् कण्टेस्टमा सेकेण्ड हुंदा रानी एश्वर्य संगको सामुहिक फोटो गोर्खापत्र छपिंदा त्यो अलि ठुलो साइजमा छपेको भए कति बेश हुन्थ्यो भनेर नि सोचियो।
भउते गुरु,
हजुरकै प्रेरणा त हो नि , नत्र यो रहुलभाई संग कहाँ लेख्ने हिम्मत हुनु।
रिट्ठे जी, जीवनका भोगाईहरुलाई लेख्दा धेरैको भोगाइ संग कहिं न कहिं मेल खाने हुन्छ। हामी औसत मान्छे हौं, औसत घट्नाको संयोग औसतमै हुन्छ। कसो?
politically novice जी, रमाई रमाई पढ्नु भएको मा आभार्।
तिमी मेरो साथी जी, अब मेरो नि साथी बन्नु भयो, तपाई।
उफ्री जी,
अनुराधाको यस्तो रिजल्ट हुनु को पछाडी ग्रह दशाको कारण होइन अर्कै कारण छ। अर्को भाग मा त्यो पनि आउने छ।
तारेमाम्।
|
|
|
MrNobody
Please log in to subscribe to MrNobody's postings.
Posted on 10-15-07 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दाई, मैले तपाईंको यो कथा पढ्न सुरु गरेको तपाईं को साझा ब्लग बाट हो। साह्रै मन परेको थियो। तर त्यस्मा पुरै थिएन। आज चै भाग्य ले पढ्न पाइयो। हिसाब सर को झापाद खाए पछी के भयो? बुझ्न साह्रै आतुर भएको छ। तेही हुन ले जती सक्छ तेती चान्दो अरु भाग हरु पनि पोस्टिङ् गरिदिनुश , एही अनुरोध छ!
|
|
|
badboy4u_1000
Please log in to subscribe to badboy4u_1000's postings.
Posted on 10-16-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahulvai, we are waiting 4 the next part of the story...plz post it soon....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-16-07 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
MrNobody अनि badboy जी, टिप्पणीको लागि धन्यबाद। बाकी भाग छिट्टै आउदै छ। छिट्टै कथा पनि सकिंदै छ।
|
|
|
Brain Malfunction
Please log in to subscribe to Brain Malfunction's postings.
Posted on 10-16-07 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
... and ... we are still waiting rahulvai..
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 10-16-07 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahulvai, I thought I will just read one part and get back to my work but your story magnetized me and finished all parts. Bravo!!!!! kalejo
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-18-07 5:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा भाग ९
"लौ भन त छोरी,यस्तो नि हुन्छ? बोर्ड ल्याए छ बज्याले भनेर स्याबासी दिनु कहाँ कहाँ नराम्रो झाप्पु हान्यो त्यो सरले। " त्यसो त त्यो सर को झापड धेरै खाएको थिएं, पापड सम्झी पचाएको थिएं। तर यो झापडले गर्धन होइन, मन दुख्यो छोरी, मन दुख्यो। झापड भन्दा बढी त्यो बोलीले बिझ्यो, गोली सरी छिर्यो। मेरो कारणले कसैको पनि कम अंक हुन सक्दैन। कसैले जाँचमा लेखेकोमा हस्तक्षेप गर्ने संभव पनि थिएन।
ज-जसले म संग सर सल्लाह गरे सबैको भलो भए। मेरा वरिपरि बस्ने सबैले फस्ट डिभिजन ल्याए, सबैलाई सक्दो सहयो गरें। तर मेरो कारणले अनुराधाको जाँच बिग्रियो, त्यो आरोप बिलकुल नाजयज थियो।
एक त प्रतिभाकी धनी, आफैमा सक्षम, अझ त्यसमा पर्याप्त मेहनतले सिंचिएकै थिई। न हुनु पर्ने, न आउनु पर्ने रिजल्ट भए पनि दोष मेरो पक्कै थिएन। मलाई पनि बिश्वास लागेको थिएन यस्तो रिजल्ट होला भनेर। केही न केही गडबड भएकै हुनु पर्दछ।
कहाँ , उचनीच भयो त? धेरै सोचें। कहीं अप्रत्यक्ष रुपमा जिम्मेबार त छैन म? आफैले आफुलाई शंकाको घेरामा राखें। "कसरी तेरो संलग्नता हुन सक्छ यसमा?" मनको अर्को कुनाले झक्झकायो।
"तैले थर्काएको छैनस्, तैले फकाएको छैनस्, किन डराउछस्। न बिराउनु न डराउनु।"
त्यो रात मलाई मेरै आत्मले साथ दियो, साहस दियो। नत्र आत्मग्लानीमा डुब्थें होला कहिलेइ न तैरिने गरी।
त्यो घट्ना भएको २ हफ्तामा हामी पास भएर जानेहरुको सम्मानमा बिदाइ समारोह राखेको थीयो, स्कूलले।
पुन एकपटक रोमांचित भएं, सबै जना संग एकै ठाममा भेट हुने। फेरि आफू त बिषेश आकर्षणको केन्द्र हुने। बोर्ड ल्याको अचम्मको जन्तु भनेर। बधाई थाप्न २-४ खाली बोरा बोकेरै जानु पर्ला जस्तो।
( छोरी मज्जाले हाँसी)
"अनि के भयो त, अनुराधा आई त बिदाई समारोह मा?" अनुराधा संग भेट हुन्छ र त्यो मन मनै खाइरहेको जाँच बिग्रनुको कारण सोधुंला भन्ने भन्ने आश त थियो, तर भरोसा थिएन।
अनुराधा म भन्दा पहिलेइ स्कूल पुगिसकेकी थिई। समारोह सुरु भयो। प्रसंशाका शब्दबलीहरु धेरै सुनें, यस्तो बिद्यार्थी उस्तो बिद्यार्थी भनेर हेडसरले बखान गर्न थाल्नु भयो। म भावबिभोर भएर सुनि रहें। मेरो नाक अनियन्त्रित रुपमा बढेको जस्तो लाग्यो।
मेरो बोल्ने पालो आयो। औपचारिकता भन्दा बढी मैले बोलिन। मेरो लागि यो स्कूल र स्कूल संग जोडिएका हर एक कुरा कति मह्त्वपूर्ण थियो र छ भन्ने कुरा शब्दहरुमा सीमित गर्न सकिन्न। त्यसैले हरेक इट्टा, भित्ता संग पनि म नतमस्तक् छु। त्यहाँ बोलि रहनु ठिक लागेन। म त्यो स्थिति सम्म पुग्न अघि सम्म के थिएं, मलाई स्पष्ट थाह थियो। म उभेको धरातलको भूगोल र इतिहास थाहा थियो। कहाँ को चानचुने बिद्यार्थी, मुश्किलले पास हुने गोबर गणेश, कहाँको खाते स्कूलबाट नि बोर्ड हान्न सक्ने एक्स्ट्रा टालेन्टेड जन्तु। कहिले काहीँ आफैलाई बिश्वास न लाग्ने वास्तबिकता हो त्यो। तर सत्य यही हो, आजको यो उचाई पुग्न मलाई अनुराधाले सघाएकी हुन्। उन्ले जाँचमा सार्न न दिएकी भए न म फस्ट हुन्थें न बोर्ड हान्ने सक्ने संभावित बिद्यार्थी नै। तर उही अनुराधाको यो हाल भयो, त्यसमा नि जिम्मेबार म रे। कार्यक्रम सकियो। जलपान सुरु भयो। त्यही मौका मा मैले अनुराधा संग बोल्ने हिम्मत गरें। फर्केर हेरें पहिला, त्यो मार्साब नजिकै छ कि भनेर।
"अनु! तिमी संग एउटा कुरा सोध्नु छ।"
"के कुरा? " अलिकति झस्कीई। "मैले तिम्रो मार्कशीट हेरें, के भाको त्यो? बिश्वास नै गर्न सकिन? न ढाँटी भन त।"
'हो मेरो जाँच बिग्रेको थियो। मैले तिमीले न राम्रो मान्ला र तिम्रो जाँच बिग्रेला भनेर राम्रो भयो भनेको थिएं।"
"मेरो रिजल्ट मैले आशा गरे भन्दा राम्रो निस्कियो।"
म झन् आश्चर्य चकित भएं। "कसरी?" मैले सोधें। "त्यसो त तिमीलाई न आउने, तिमीले गर्न नसक्ने किसिमको कुनै प्रश्न सोधिएको थिएन।"
"हो मलाई आउथ्यो सबै , गर्न पनि सक्ने थिएं। तै पनि बिग्रियो। सबै कोइशन आटेम्प्ट गर्न नै सकिन। कसरी? ट्याम पुगेन?" ट्याम म्यानेज गर्न त स्कूलमा पर्याप्त प्राक्टिस गराएको नै थियो।
"हात दुखेर लेख्नै सकिन।" यतिबेला मैले उनको भाव बुझें, सत्यमाथी केही ढाकछोपको झल्को देखें। केही लुकाएकै हुनु पर्थ्यो। तर सार्बजनिक ठाउँमा कोट्याई रहनु फेरि झापडको पापड खान खोज्नु हो। मेरो भाव नि बुझे पछि, मलाई खुसुक्क भनी-
"अर्को कुनै दिन भनौला, खास के भाको थ्यो भनेर।" क्रमश:
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-18-07 7:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
anuko maya jhan lagyo malai, ke usle premma balidan dieki ho hajurlai successful banaauna?
arko episode kahile?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-18-07 11:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो है प्रेममा मनिष ले कती त्याग गर्छन् ! के होला त अनुराधाको हात दुख्नु को कारण? कतै अनुराधा को बा'ले हात मा गहिरो पिडा हुने गरी कुटपिट त गरेका हैनन अनुराधा लाई ! धन्यवाद राहुल दाई
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 10-18-07 11:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पढ्दै छु म पनि दादाकि अणुराधा लाइ --:)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-19-07 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कठै अनुराधा! हात दुखेको बहाना बनाइछिन कि हात साँच्चिकै दुखेको थियो? अथवा ठुल्दाईलाई अगाडि बढाउन कतै त्याग त गरिनन्? अर्को भागमा थाहा हुन्छ होला नै!
गजब छ! बिजया दशमिको शुभसाइतमा अर्को भाग आउने आशामा!
|
|
|
A\X
Please log in to subscribe to A\X's postings.
Posted on 10-19-07 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Just curious, is this your real life story or fiction. excellent to read though.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-19-07 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
A/X Real life story ho hamro Rahul da ko.
|
|
|
wow.nepal
Please log in to subscribe to wow.nepal's postings.
Posted on 10-20-07 4:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahulvai ji, waiting for the next part. Great story and great writting style as well. Can't wait for the next part.
wow.nepal
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-22-07 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्री जी, समय र कथाले कता पुर्याउंछ, हेर्दै जाम्, कथा माथी तपाईको आंकलन सही पनि हुन सक्छ, गलत पनि। अर्को भागमा थाह हुन्छ कि?
रिट्ठे जी, प्रेम मा त्याग भएन भने प्रेम कहाँ हुन्छ छ र? त्यो फगत तसबीरको फ्रेम बन्छ।
मिस नानी, पढ्दै जाम। म लेख्दै गरौला। के के हुने हो अनुराधालाई, हेर्दै जाम्।
बिर्खे जी। हात मात्र दुखेको हो कि मनै दुखेको, त्यो अर्को अंक सम्ममा थाह पाउन सक्छु कि, खोज कार्य गर्दै छु।
A/X जी, कथा हो, कसैको जीवन संग मेल खान् सक्छ वा कतै देखेको, भोगेको, सुनेको कुरा अनि पीडालाइ शब्दहरुमा उतार्ने लेखनदास मात्र हुं। शतप्रतिशत सत्य पनि होइन, असत्य पनि होइन।
ठुली, अलिकति मिलेन। राहुलभाईको रियल स्टोरी भन्दा नि राहुल्दाईले रियल स्टोरी लेखेको भन्दा अझ बढी सान्दार्भिक होला कि?
wow nepal जी, बिजी भएर ब्यस्त छु, अलिकति अस्तब्यस्त छु, त्यसैले केही ढिलो भए नि खडिलो प्रस्तुत गर्न सकुं, यही नै प्रयास हुन्छ मेरो।
टिप्पणी कर्ता सबै महानुभाव र अमुक सबै पाठकब्रिन्दमा यो राहुल भाइ हार्दिक आभार प्रकट गर्दै, आउदो तिहारमा कसैको नि हार नहोस् भन्ने कामना गर्दछ। साथै - न्हूं दँया भिन्तुना।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-23-07 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सललल बगिरहेको छ कथा राहुलदाइ, अरू पनि लेख्दै गर्नुस्। तपाइलाइ पनि - न्हुँ दँ या भिन्तुना!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-23-07 4:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा भाग १०
त्यो "कुनै दिन" धेरै दिन सम्म आएन। हाम्रो भेटघाट हुने कुनै बहाना नि थिएन चाहना पनि थिएन।
क्याम्पसमा भर्ना खुल्यो। अस्कल बाहेक अर्को क्याम्पस रोज्ने कुरा थिएन। भर्ना भैयो, बायोलोजी मूल बिषयमा टपैमा नाम निक्लियो। एस् एल् सी मा राम्रा गरेका देश भरिका बिद्यार्थीहरुको भेला हुने थलो अस्कल। इज्जत नै बढ्या जस्तो, अस्कल पढ्नु। अझ हामी बोर्ड ल्याउने १० जनाले श्री ५ महेन्द्र रत्न छात्र ब्रित्ति पाउने भएकोले घरको अतिरिक्त खर्च जोगिने कुरामा मन हलुङो भाको थियो। महिनाको २०० रुपैया, त्यति बेला, पढाइको सम्पूर्ण खर्छ र चिया खाजा खर्च सम्म पुग्थ्यो।
अनुराधाले पनि बिज्ञान नै पढ्ने बिचार गरेकी थिइन। तर अस्कलमा भर्ना पाउने संभावना थिएन। बिभिन्न कारणले उनले पद्म कन्या क्याम्पस रोजिन्।
यत्तिकैमा अस्कलमा पढ्ने क्रममा तिम्रो मम्मी भेट भयो। बिनोतीको निर्दोष हेराई र बुझाइले मेरो मन बुझे जस्तो लाग्यो र प्रेम अंकुराउन थाल्यो।
"छोरी मैले हाम्रो प्रेम कहानी यो भन्दा पहिला नै भनिसकें नि होइन?" "हो ड्याडी, त्यो अमर प्रेम कहानी नै मेरो आदर्श हो।("लौ सुन म भन्छु मेरो प्रेम कहानी" http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=283&ThreadID=39279)
कमाई घर खर्च चलाउनु पर्ने काम जति महत्वपूर्ण थियो त्यति नै पढाई। त्यस माथि भर्खर भर्खर मायाका पालुवा पलाउन लागेको बैंस। यस्तरी ब्यस्त भैयो कि अनुराधा टाढाको बिषय भयो। यसमानेमा म स्वार्थी पनि भएं।
"तर छोरी, माया प्रेम भनेको संगै हिड्नु, कुरा मिल्नु, र सहयोगी हुनु मात्र होइन। प्रेमको नीव मनको गहराई भित्र बनेको हुन्छ। दुइ आत्मको तरङ्ग न मिली बनेको प्रेम, प्रेम नै हुन सक्दैन, त्यो त फगत प्रेम नामधारी तसबीरको फ्रेम मात्र हुने हुन्छ।"
"कथंकदाचित त्यो प्रेम भए छ भने त्यो यौन त्रिष्णा मात्र हुने हुन्छ।"
"त्यसैले छोरी, प्रेम र बिबाह जन्मकुण्डली मै कोरिएको हुन्छ।" "अन्त कोरिएको प्रेम कांचको फ्रेम जस्तै फुटेको धेरै देखेको छु, देख्ने छौ पनि।"
"वाह वाह ड्याडी, वाह वाह," "प्रेम को अर्थ कति गहिरो तर कति सिम्पल संग सम्झाईसियो।"
"छोरी, यो सबै समयले सिकाको होइन, मन पढ्ने प्रयास गर्नु पर्दछ, भावना बुझ्ने चेष्टा गर्नु पर्दछ। प्रक्रितिका हर साश्वत संबन्धको ज्ञान हासिल गर्न सकिन्छ।"
अनुराधा संगको मेरो संबन्धलाई प्रेम संबन्ध नै भनेर पुष्टी गर्न धेरैले खोजे। "हुंदै न भएको संबन्धलाई कसरी हो भन्ने?" बहुमतले हात उठाउदैमा पास हुने कुनै बिधयक होइन, जीवन र प्रेम। मन कुनै संसद होइन, बहुमतको कदर गर्नलाई। आत्मको उदबोध सुन्ने हो। जसले मनको आवाज सुन्न सक्दैन वा न सुने झैं गर्छ, उसले जिउनु को अर्थ गुमाउंछ।
कसैले अनुराधाले एकतर्फी मन पराएको पक्का हो भन्ने जिकिर गरे। मलाई थाह छ, अरुसंग झूठ बोले पनि मसंग सत्य लुकाउदैन उनले। हाम्रो अत्मियताको जग सत्यतामा बसेको छ। त्यसैले त्यो एकतर्फी प्रेम कहानी को कुनै अंश हुनै सक्दैनथ्यो। "त्यसो भए एस् एल् सीमा यसरी कम अंक आउनु को रहस्य के त? " म आफै पनि धेरै दिन अल्मलिएं। एक जना होनहार छात्राको कतै अबशान त होइन। म सोच्थें। घट्नाक्रमलाई चारै तिरबाट सोचें, सोध्नु हुनेसंग सोधें। एक जना बिश्वासिलो मित्रलाई जासुसी गर्न लगाएं। क्रमश:
Last edited: 23-Oct-07 04:58 PM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-23-07 5:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>> प्रेमको नीव मनको गहराई भित्र बनेको हुन्छ दुइ आत्मको तरङ्ग न मिली बनेको प्रेम, प्रेम नै हुन सक्दैन, त्यो त फगत प्रेम नामधारी तसबीरको फ्रेम मात्र हुने हुन्छ।"<<< वाह! वाह! राहुलदाइ! गज्जब गयो! क्लासिक धारावाहिक!
|
|