[VIEWED 151903
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-17-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।
तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें। नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं। भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो। "राहुले! ओहे राहुले" पक्का कुन चाहिँ स्कूले लौका पर्यो भन्थाने र फर्केर हेरें। बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे। ओह आलु !कहाँबाट्? "आलु न भन न मुला, यस्तो ठाउंमा" हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।
एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो। २० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो। कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी। अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें। "छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी" नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी। "ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"
"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"
अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु। मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्। छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ। "अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो। मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी। जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें। मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली । ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको? अनुराधा भाउजु किन भनेको? हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको? ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा। हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन। घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा। आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु। अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु। क्रमश: *********************************************************************** भाग २
ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ? छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई। सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै। चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें। खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ। 'चिया तयार भो ड्याडी' "अब सुनाइस्योस् कथा अनुराधाको" भाषा र शैली नक्कल गर्छे अचेल मेरो। लौ सुन कथा अनुराधाको- अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि। अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी। मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको। निकै जेहेन्दार र प्रतिभाशाली छात्रा। एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं। आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो। ५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो। "यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?" ""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।" (http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441) म फेरि अगाडि बढें। त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका। एउटै क्लासका। तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।
७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन। अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन। नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा। पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर। भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें। के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि। छोरी हास्छे, एकै छिन। यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले। "यो सबै तिम्रो मम्मिको कमाल् हो" अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए। रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्। क्रमश: *********************************************************************** भाग ३
यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।
नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।
हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।
स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।
सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो। तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।
शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे। चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु? निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के? भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न। अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो। संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं। तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन। केही बिषेश पर्यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्। क्रमश:
Last edited: 17-Sep-07 12:42 PM
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-27-07 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, आज एकैपल्ट सबै पढिसिध्दयाएँ, पहिले ब्यस्त भएर बिजी हुनाले हेर्नै भ्याइराको थिएनँ। रमाइलो रैछ, सललल बगेको कथा। त्यसपछि चैं के भो नि? अरू नि लेखम् चाँडै!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-08-07 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा भाग ७
दशैं आयो, दशैंको रौनक भन्दा नि टेस्ट परिक्षाको रौद्र रुप अगाडि थियो। टेस्ट् मा नि फस्ट हुनु मात्र थिएन, एस एल सीको पूर्ब तयारीको अंकलन पनि हुने भएकाले मथिंगल भरि पढाइ बाहेक थिएन। बाहिर् पाकिरहेका र पाकि सकेका खिचडीको कुनै गन्ध पाएनौ। हामी बेखबर पढाइ र राम्रो लेखाई अनि उत्तम नतिजाको खातिर् छलफलमा ब्यस्त थियौं। अनुराधा हिसाबमा पोख्त थिई भने म हिसाबमा कमजोर्। अंग्रेजी र नेपाली भाषामा मेरो उल्लेख्य सुधार भै सकेको थियो।
टेस्ट सकियो। पुन: हाम्रो स्थान उही रह्यो। टेस्ट को रिजल्टले अब भने बोर्ड हान्न सक्छु भन्ने आँट जगायो।
टेस्ट सके पछि पनि डर को त्यान्द्रो अंग्रेजी नै थियो। ट्युशन पढ्ने निधो गरें मैले। अनुराधाको अंग्रेजी अझ केही कमजोर थियो नै। उनले पनि अंग्रेजीको ट्युशन पढ्ने बिचार गरिन् र कस्कोमा पढे राम्रो हुन्छ भनी सल्लाह गरिन्। "म त भूपल सरको म पढ्छु, नजिक छ, टाइमको पनि बिचार गर्नु पर्छ।" "म पनि त्यही जानु पर्ला"
"तर म सङ होइन अर्को केटीहरुको ग्रुप बनाउ, हाम्रो ग्रुप भै सक्यो।" मैले आफ्नो अप्ठ्यारो भनी हालें। हल्ला गर्नेहरुको अनि कुरा काट्ने हरेक मुख म थुन्न सक्दिन। अझ चर्को हल्लाले मेरो एकान्त र मेरो तपस्या भङ्ग होस् भन्ने म चाहन्नथें।
उनले पनि त्यही सोचेकी रैछन्। घर परिवारे ले बढि नै निगरानी गर्ने गरि सकेका रैछन्। ट्युशन पढियो। तर संयोग भनुम् कि बियोग, ट्युशन पढाउने सर् ले पढ्नेहरु को स्तर मिलेन भनेर छुट्टै ग्रुपको सिर्जना गरे छन्। आधारभूत अंग्रेजी जानेकाहरु भनेर बिषेश ग्रुपमा राखियो हामी दुबैलाई। न चाहंदा न चाहंदै पनि फेरि सङ्गै हिड्ने भयौं। पाकेको खिचडीमा किसमिस हालेर बास्नामय बनाए जस्तो हल्ला हर्अर् फैलियो।
"छोरी", हाम्रो सम्बन्धमा कुनै पाप थिएन, कुनै राप थिएन्। सम्बन्धमा कुनै अनुबन्ध थिएन। मन मिल्नु को अर्थ मन साट्नु होइन। घनिष्ठ हुनु भनेको माया प्रेम बस्नु मात्र होइन। त्यो बाहेक को अर्को सम्बन्ध पनि हुन सक्छ। धेरैले बुझ्दैनन्, बुझ्नेले पनि बुझे जस्तो गर्दैनन्। एक तमाश ले छोरी कुरा सुन्दै टाउको हल्लाएर मेरो सत्यलाई लालमोहर लगाइरेहिन्।
यसरी ट्युशन पढन थालेको २ हफ्ता मै "अनुराधा" ले भोलि देखि म अौदिन भनी। सर् ले किन भनेर सोध्नु भएन। तर त्यो दिन ट्युशन सके पछि मैले सोधें। "किन न आउने भनेको? घरमा अप्ठ्यारो परे जस्तो छ हो?"
म संग शंका गर्ने पर्याप्त आधार थियो। " हो बुबा फेरि रिसाउनु भयो, ट्युशन नै पढ्नु पर्दैन भन्नु भो। पढ्ने भए अर्कै सर् को मा जानु भन्नु भयो।" निकै निराशपूर्ण भाव मा भनी।
"कसैले बुझ्न नसक्ने भयो मेरो भावलाई, हाम्रो सम्बन्धलाई। केटा र केटी आत्मीय मित्र हुनै सक्दैन भन्ने मान्यता संग हारें म।"
धेरै दिन सङै हिड्दा मनको तरङ मिल्ने भै सकेकोले मनको भाव पढ्नेसक्ने क्षमताको बिकास भै सकेको जस्तो लाग्यो।
"ठिकै छ, तिमी अन्तै पढ, म यही पढ्छु।"
अन्तै पढे पनि बेला बेलामा अनुराधा मेरो घरमा आउंथी, पढाईको सिल्सिलामा लामै बिचार बिमर्श हुन्थो। म पनि यो सम्बन्धलाई निकै सहज संग लिंदै, आफ्नो घरको काम (भात त खानै पर्यो नि) अनि बचेको को समय पढाइ लेखाईमा बिताउंथे।अरु साथीभाइ नि सिक्न र छलफल गर्न आउथें। कहिले काहिं त्यो आलु अंकल नि आउंथ्यो र अनुराधा र मेरो बारे चलेको हल्ला सुनाएर जान्थ्यो। म भनें, "प्यार नहीं किया तो डरना क्या" भन्दै त्यस्ता हल्ला लाई ड्ल्ला बनाई निलि दिन्थे। क्रमश:
Last edited: 08-Oct-07 12:49 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा भाग ७ सदा झैं रमाइलो लाग्यो ठुल्दाइ, धन्यवाद 'केटा र केटी आत्मीय मित्र हुनै सक्दैन' भन्ने मान्यताको भरपुर बिरोध गरे पनि यो भावनाले हामी नेपालीहरूलाई कैले नछोड्ने भएछ ! धिक्कार छ हामीलाई, समय परिस्थिती र बिज्ञानको आविस्कार सङै हामीले आफ्नो सोचाइ परिवर्तन गर्न सकेनौ अझै यस्पाली को बिजया दशमीमा दुर्गा भवानीले हामी सबैलाई सुख, शान्ती, सम्रिद्धि साथै बैचारिक धारणा बिकास गर्ने क्ष् मता प्रदान गरुन !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-08-07 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""प्यार नहीं किया तो डरना क्या""
हाहाहाहा... त्यस्तो भनेर हल्लालाई डल्ला बनाएर निलेको रे ठुल्दाई??? हैन होला?? मनमा कतै भित्र तिर काउकुती भने अवश्य लागेको थियो होला! :)
ल अझ जावस छिटो छिटो!
धन्यवाद्!
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त, होइन रिट्ठे?
'केटा र केटी आत्मीय मित्र हुनै सक्दैन' भन्ने मान्यताको भरपुर बिरोध गरे पनि यो भावनाले हामी नेपालीहरूलाई कैले नछोड्ने भएछ ! धिक्कार छ हामीलाई, समय परिस्थिती र बिज्ञानको आविस्कार सङै हामीले आफ्नो सोचाइ परिवर्तन गर्न सकेनौ अझै यस्पाली को बिजया दशमीमा दुर्गा भवानीले हामी सबैलाई सुख, शान्ती, सम्रिद्धि साथै बैचारिक धारणा बिकास गर्ने क्ष् मता प्रदान गरुन !
Rahula da, keep on coming.................
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-09-07 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा भाग ७ सदा झैं रमाइलो लाग्यो Rahul da, धन्यवाद
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-09-07 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे जी, त्यो जमानामा मात्र होइन आज पनि केटा र केटी साथी मात्र हुनै सक्दैन भन्ने आम मानसिकता छ। त्यतिबेला हामीले झेल्यौं नै अहिले पनि यस्तो संकुचित सोचाईको मार धेरैले भोगिरहेकाछन्।
बिर्खे जी, हो अझै भन्छु म "प्यार नहीं किया तो डरना क्या"। काउकुती लाउने भए पछि काउकुती लाग्छ नै। जसलाई लाग्दैन, त्यो अचेतन हो।
उफ्री जी,
अर्को भाग पनि छिट्टै नै आउने छ।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 10-09-07 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सँगै ट्यूशन जाने केटाकेटीहरु माथि घोर शंका गर्ने चलन जहिँतहिँ थियो त्यो बेला । समाजको दोषि आँखा भन्ने ठाउँ त छ, तर खै के भन्ने ।
कथा राम्रो लाग्यो, अब अर्को भाग कहिले त?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-09-07 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, कथा राम्रो फ्लो भैरा'छ, अर्को भागको प्रतीक्षामा!
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 10-11-07 3:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
... उत्कृष्ट प्रस्तुति को लागि धेरै धेरै धन्यबाद ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-12-07 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा भाग ८
न चाहिने हल्ला ले ध्यान न खिचेको पक्कै होइन। तर ध्यान भन्दा ठुलो ज्ञानको पछि लागेकोले सक्ने जति बेवास्त गर्दै आफ्नो पढाईलाई सके जति समय, मन र तन दिदै गयौं। तयारी ब्यापक भयो, एस् एल सी जस्तो कुम्भमा खरो उतर्नु छ। अनुराधाको आफ्नै तयारी पनि निकै खंदिलो छ भन्ने सुनें। जाँच आयो, ढुकढुकाउन छाडेन, धडकन। अरु सबै बिषयमा आत्म बिश्वास भए नि म्लेक्ष भाषाले रातो दिन सताउंथ्यो। पहिलो दिन अंग्रेजीको जाँच, त्यो तर्यो कि बोर्डमा पर्यो भन्ने सोचमा थिएं। जाँच दिएं, सबै मिल्यो जस्तो लाग्यो। कम्तीमा ७५ हान्न सक्छु जस्तो लाग्यो। सबै जाँच सकियो। समष्टीमा मेरो तयारीले राम्ररी नै रंग देला जस्तो लाग्यो।
हरेक जांच सकिए पछि स्कूलको चौरमा कस्ले के कसो गरे, कुन प्रश्नको उत्तर के हुनु पर्ने हो आदि बारे संक्षेपमा छलफल हुन्थ्यो नै। त्यही छलफलमा बाहेक मैले अनुराधा संग कस्तो रह्यो जाँच भनेर सोध्न भ्याएको थिएन। उनको प्रतिभामा मलाई मात्र होइन पुरै स्कूल बिश्वस्त थिए। कोहि कोही मार्साबहरु त यो राहुले हाउडेको त भर् छैन, अनुराधाले चाहिँ छात्राहरुमा टप थ्री मा पक्कै ल्याउछ" भन्थे।
मेरो लेखाई र मेरो तयारी सबैलाई थाह हुने कुरा भएन। इमान्दारीपूर्बक मेहनत गरेको हुं। घरको चुलो बाल्न पसिना खर्चेर बाकी रहेको समयलाई पढाईमा जोरेको हुं। तल माथि केही भएन भने मेरो लक्ष धेरै नजिक भए जस्तो लाग्यो। जाँच सकेको भोलिपल्ट बर्षौं पछि सिनेमा हेर्न हिडें, एक्लै। पहिलो पल्ट पाटन सम्म गएर " एक दुजे के लिए" भन्ने सिनेमा। त्यस पछि झन ब्यस्त भएं। पढाईमा खर्चेको समयको सोधभर्ना दिनु थियो। गुथी, चाडपर्बमा आम्दानी भन्दा बढी भएको ब्यय को असुन्तलन मिलाउनु थ्यो। हो त नि पढ्ने टेन्सन् थिएन। काम गर्न मै रमाइलो लाग्थ्यो। रेडियो सुन्यो, काम गर्यो। क्रिक्रेटको कमेण्ट्रि देखि लिएर रेडियो सिलोनबाट प्रशारित हुने बिनाका गीत माला समेत् सुन्थ्यौं। छोरी, अहिले जस्तो, टिभी र अनेक च्यानल भएको भए के पढाइ र काम् हुन्थ्यो खै। अझै टेलिफोन, एउटा टोलमा एक घरमा हुने गर्थ्यो।
त्यही भएर पनि साथी भाइ कसै सङ सम्पर्क हुदैनथ्यो। टोलकै लगौंटे यार भुपेन्द्र ( सबैले ज्ञान लाल भन्छन् अझै पनि) घरमा आइरहन्थ्यो र साँझ तिर काम साम सके पछी भूगोल पार्क ( न्यूरोड, पिपल बोट) सम्म जान्थ्यौ, घुम्न, घुम्न भन्दा पनि गोरखा पत्र पढ्न। फागुण जाँच सकियो। आषाढमा रिजल्ट हुने हल्ला ब्यापक चल्यो। स्कूलका मार्साबहरु पनि त्य्है भन्छन्। आषाढ लाग्या देखि हरेक बिहान त्रास संगै उठ्थें। म फेल भएं भने................................। अशुभ अशुभ तर्कनाहरु आइरहन्थ्यो।
रिजल्ट भयो। खुशीको ठेगान रहेन। एउटा असंभव सपना देखेको थिएं, बिपना बनी आएछ जस्तो। लाग्यो, दुखिया आवाज भगवानले सुन्दो रैछ। समयलाई भगबन्दा लगाएर गरेको तयारीले पनि अशातित सफलता दिदो रहेछ। असक्त्त पिताजीको चेहरामा धेरै दिन पछि को मधुरो मुस्कान देखियो।
गोरखा पत्र हेर्ने क्रममा मन मनै सोच्ने गर्थें- "कहिले आफ्नो नाम र फोटो गोर्खापत्रमा छापिन्छ होला?" " समबेदना बाहेक छपिएला र?" आफै सोध्थें।। "होइन होइन, एस् एल सी बोर्ड हान्न सकियो भने त नाम र फोटो दुबै छापिन्छ"- आफैलाई हौसला दिन्थें।
अनिल दाईको फोटो छापिंदा म कत्ति खुशी भएको थिएं, त्यति खेर। "छोरी, अनिल दाई मेरो काकाको छोरा, एस एल सी मै बोर्ड फस्ट। उनी जस्तो ट्यालेण्टेड् चाहि म होइन नि फेरि।"
जम्मा जम्मी ३६ जना फस्ट डिभिजनमा पास भएका थिए, १०१ जना टोटल पास्। अनि छात्राहरुमा जम्मा ६ जना, हरेक सेक्सनबाट २ -२ जना। मेरो क्लासबाट अनुराधा र अर्की एक जना, सेक्सन् सी बाट तिम्रो मम्मी र अर्को एक जना। रिजल्ट भएको २ हफ्ता पछि मात्र मार्कशीट पाइन्थ्यो त्यति बेला। आफ्नो त स्कोर थाह भएकोले धेरैको चासो भएन मार्कशीटमा। सबै मार्साबहरु को चासो को बिषय अनुराधा थिइन्। छात्राहरुको टप थ्री लिस्टमा हुनु पर्ने भन्ने धेरैको अन्दाज, यथार्थ हुन सकेन।
मार्कशीट आयो, त्यही दिन स्कूल पुगें। मेरो पनि मार्कशीटमा अप्रत्याशित अंकहरु थिए, जसमा सबै भन्दा बढी अौनु पर्थ्यो, त्यस्मा झण्डै गुल्टेको। अप्शनल म्याथमा त झण्डै २० अंक काटिएको देखियो। सबै मिलाउंदा नि ८१ मात्र। त्यस्मा काटिएको १९ नम्बर जोड्दा बोर्ड फस्टको भन्दा नि बढी आउने रैछ। जे होस्, हुने भै सक्यो, आफ्नो बोर्डमा ल्याउने सपना थियो, बोर्ड फस्ट को होइन। त्यसैमा खुशी थिएं।
आश्चर्य घोर आश्चर्य। अनुराधाको मार्कशीटमा यति थोरै अंक थियो कि हेर्ने हर कोहीले बिश्वास नै गर्न नसकिने थियो। "स्कूलको छात्राहरुमा टप त मम्मिले गरेकी बुझ्यौ? कम ट्यालेण्ट कि होइनन्, तिम्रो मम्मि पनि।"
अनुराधाको यो रिजल्ट देखेर, हिसाबको मार्साब पूर्ण बहादुर्, कसै कसैको त पिसाब नै अौथ्यो, त्यसको हप्काई र पिटाइले गर्दामा, सरले बोलाउनु भयो र म गएं। झण्डै एक झापु हान्या थियो, सम्झ्यो होला अब बिद्यार्थी रहेन भनेर।त्यसैले हात उचाली सकेको पनि रोकु भयो।
" लौ भन, अनुराधाको जाँच कसरि बिग्रियो यसरी?" अब मलाई के थाहा, जाँच दिने उनी। सोध्या पनि हेर न, अनुराधाको ठेक्का लिएर राख्या जस्तो, म को हुं र भनुं जस्तो लागेको, फेरि त्यो अघि बल्ल बल्ल रोकेको हात गर्धन मै बज्रिएला भनेर भनिन।
"खै सर मलाई थाहा भएन, जाँच राम्रो भएको त भन्थी।" अब भने बज्रियो, झ्याम्म। तिन तारा, चार तारा, कति हो कति तारा देखें।
"अझ झुठो बोल्छस्, केही थाहा न भए जस्तो गर्छस्?"
"अनुराधा जस्तो सोझीलाई बिगार्ने तँ नै होस्। तं पनि बिग्रिस्, बोर्ड फस्ट आउनु पर्ने मान्छे, लास्टाँ झुण्डिस्।"
" केही होइन सबैलाई प्रेम रोग लाग्या हो। जुंगा आएको छैन लभ गर्नु पर्ने होइन, तं लाई? लौ खा " भन्दाई अर्को एउटा झ्यापु उपहार दिनु भयो। म चुपचाप आँशु निल्दै घर् फर्कें।
क्रमश:
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-12-07 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-12-07 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"अनुराधा जस्तो सोझीलाई बिगार्ने तँ नै होस्। तं पनि बिग्रिस्, बोर्ड फस्ट आउनु पर्ने मान्छे, लास्टाँ झुण्डिस्।"
पहिलो पटक पढेको एकदम राम्रो लाग्यो, अर्को भागको चाँदै बजार म अौने आशा गर्दछु
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-12-07 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, गज्जब राम्रो स्टाइलमा लेख्नुभो, सललल बगेको लेखाइ! पाटनमा फिलिम हेर्न आउनुभा'को रे? अशोक हलमा हो? हुन त त्यो बेला अशोक बाहेक पाटनमा अरू थिएन होला सायद। छात्राहरूमा टप भाउजूले गर्नु भा'को? वाह! कंग्राट्स् भाउजू!!! अनि पूर्णबहादुर सरले तपाइलाइ झाप्पू हान्नु भयो रे? हुन त सुन्या हो पूर्णबहादुर सरको बारेमा दिदी र अरू प्लस टूमा पढ्ने साथीहरूबाट, कडा मिजासको हुनुहुन्छ क्यारे। म मम्मीसँग गएको छु तपाइको ईस्कूल ट्याम ट्याममा, धेरै टिचरहरूलाइ चिन्छु, कति हाम्रो घर पनि आउनुहुन्छ। भोज भतेरमा नि भेट हुन्छ कहिलेकाहिं, गम्भीरमान सर, नरेशमान सर, प्रदीप सर, मीनु मीस, बिणा मिस......अरू पनि कैयौं। लेख्दै गर्नुस् राहुलदाइ, दामी गैराछ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-12-07 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Malai Anuradha di ko sarai maya lagyo. bichara
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 10-12-07 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरे, त्यो मोरा पु्र्णसरले स्कुल सक्कापछि पनि झापु हानी छाड्यो ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-12-07 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल खोजि खोजि पढियो!
"कहिले आफ्नो नाम र फोटो गोर्खापत्रमा छापिन्छ होला?" " समबेदना बाहेक छपिएला र?"
हाहाहा म नि यस्तै भन्छु बेला बेलामा!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-12-07 8:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हम् , राम्रो छ राहुलदाइ।
लेख्दै गर्नुहोला, अर्को भागको प्रतिक्षामा। :-)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-12-07 10:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रमाइलो लाग्यो दाई, स्वतन्त्र मनले, तनाव रहित दिमागले घरै गएर पढौला भनेर काममा नपढी साँचेर राखेको थिए, अहिले पढे, म आफुनै तेही दुनियाँ मा पुगे अती राम्रो धन्यवाद छ हजुरलाई
|
|
|
politically novice
Please log in to subscribe to politically novice's postings.
Posted on 10-13-07 3:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
good job Mr Rahul bhai. Thoroughly enjoyed.
|
|