[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११९~

[Please view other pages to see the rest of the postings. Total posts: 873]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 327577 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 06-14-08 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  ११९~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 119 editions.
 
 
Last edited: 16-Jun-08 12:43 PM

 
Posted on 06-18-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-18-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ, म पनि लागें हसुर्न।

 
Posted on 06-18-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब हसुर्न गएको बेला परेछ क्यारे। कोही छ?

पर्बतेको कुकर्म पनि देखियो। कत्ती न सोझो भनेको त!
सान्नानीलाई मिस ले ठीक्क परिछन। सधैं मट्टितेल पैचो लिदै, भैयाको पसलामा पान संग साट्दै खाँदै गर्थिन, अनी कती दिनु पैचो पनि।


जिम्माललाई भौते ले 'जिम्माल  बात रे?' लु अब जिम्मालको लात खाल जस्तो छ। जिम्माल रक्स लेखेको टिसट लार निस्केछन त बुढा।


 
Posted on 06-18-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पर्बत्या ज्यु पनि छुपा रुस्तम, कोही नपाएर भउते दाई को जुरेली....... फेरी देखेको पनि माइला दाई ले,  लौ अब कुरा पुग्ने भो कहाँ सम्म
सान्नानी, भयो त्यो मर्स्टर्नी दिदिको मा नजानुस् मइतेल लिन, त्यस्तो पानी परेको बेला निथ्रुक्क भिजेर आएको मान्छेलाई पनि कोही रित्तै पठाउछ त? छुच्ची दिदी
ठुल्दाइ चै तारेमाम गुरु, ठ्याक्कै मिलेछ
रिट्ठे र लहरे के छ हो?
नेत्रे तिम्रो खै त ट्वाक्क यस्सो
बिस्टे माइला दाई लाई छोडेर टाप दिनु भएको, ल हेर झन त्यस्तो हिरो भएर सिन्दुरे टिका लगाएर आउदै हुनुहुन्थ्यो, माइला दाई पिर नगरनुस्, त्यो भउते दाइले मलाई पनि कुनै बिहेमा नि बोलाउनु भएन
सुन्तलेदाइ म गएको छैननि खान। अनि माइला दाइले कस्को लात खाने?


 
Posted on 06-18-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सुन्तलेदाइ म गएको छैननि खान। अनि माइला दाइले कस्को लात खाने?'

मैले त भौते ले जिम्माल बा को लात खाल केरे अब पो भनेको, तिमीले के बुझेउ दिपीका।

अनी हाम्रो खाना भयो?


 
Posted on 06-18-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चै माइला दाइले भौतेदाइको लात भेट्ने भन्नु भएको हो कि भनेर छक्क परेकी, तेत्रो हिम्मत भनेर

खाना भईकन चिया पनि भईसक्यो, हजुरको नि?


 
Posted on 06-18-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को ९ (होलसेल मै देको नि आज)
दीपीका नानी  के भन्नु खै, सञ्चै जस्तो नि लाग्छ, कुरो सम्झ्यो मन भरङ भ'र आउछ ! यस्तै छ जिन्तखी !
अनी हसुराइ भो त?
सुन्तले के छ? खै त टक्सार तिर को कोशेली?
 
Posted on 06-18-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।

टन्न हसुरेर आइयो, ताले टिम हार्‍या झोंकमा। अब एकै छिन् मा मिटिङ छ असत्ती प्रोफेसर सँग। १ घण्टा पछी आउँला, त्यतिन्जेल सम्म कुरा काट्ने होइन नि भन्द्याछु । 
 
सुन्तले, दीपिका, नेत्रे लाई ४+२


 
Posted on 06-18-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पर्बत्या ज्यु पनि छुपा रुस्तम, कोही नपाएर भउते दाई को जुरेली....... फेरी देखेको पनि माइला दाई ले,  लौ अब कुरा पुग्ने भो कहाँ सम्म

पर्बतेको कुकर्म पनि देखियो। कत्ती न सोझो भनेको त!

लोल! पर्बते पो?
"म फाल हानिसके पछी झ्याल ढ्याप ढुप्प पार है जुरेली" भन्या भे' कसैले नदेख्नी ! हेत्तेरिका बोरै भो नि !

पर्वते त छुपा रुस्तम राइछ,
भउते को तेस्रो श्रीमती लिएर टाप,
धेरै सोझो राइछ है हाम्रो पर्वते त 
सोझो सोझो भनेको पर्वते को चाला हेर त्याँ,
हुँदा हुँदा जुरेली लाई आप्रोच हान्न भ्याएको,
ल अब भउते ले बजाउने भयो पर्वते लाई,
उसै त कमजोर मान्छे, सिध्याउने भयो भउतेले    

लौ जाsss

 पर्बते पो ? 


हँसाए जिम्मालले फेरी। क्या हो पर्वते, निको चाल त देखिन्न नि।

लोल पर्बते पो?

 

यत्ती धेरै आरोप ??? बिचरा म अब के जवाफ लेख्नु खै?
हैन हैन हैन, सबै झुट्टा हो, जे कसम खान पनि तयार


 


 
Posted on 06-18-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन पछि झन के के लेखेर ल्याम्चन । के हो दिपदा  भुमिगत हुदै  लेख्ने काम तिर लाग्या हो अब फेरि --  कति पटक दिप ले यसो दिपले उसो भन्दै टाँस्दै गर्छन बा सप्पैले जो--  म चै के भन्च रणभुल्ल  परेकिम के रे -- कुरो बुझ्या भे नबाँच्नु -- जे सुकै होस तर  हाम्लै हाँस्न पाए पुग्यो

 

 अनिखेरी त्यो छ सान्नानी   तिम्लै दाउराले धुवाँ भओ रे? दाउरा सअ गुइंठा नि बाल्ने अरेकि छौ के ?  

 'छुच्ची दिदी'

दिपू के रे? पठाइदिम   हउरको शुभ भाइलाई

 


 
Posted on 06-18-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका म सञ्चै, आरामै, ठीक ठाक, फर्स्ट क्लास छु,
बोर्ड फर्स्ट छु भन्यो भने ठुल्दाइ ले मार्ने हुन कि, तारेमाम्
अनी के छ त तिम्रो - एउटा कुरा - सुन त - कस्तो अर्को
कथा सुन्न मुन लाग्यो भन्या - पूजा भाको - पस्किने होकी
हास्न मुन लागेर हैरान - के छ बिचार  -
अर्को कुरा क्या - लेकर्स हार्यो - खुच्चिङ लौ जा -
आफु त सेलटिक्स फ्यान पर्‍यो - के गर्ने - आफ्नो टिम ले जहिले नि जित्ने भन्या....
सुन्तले के छ हौ - हसुरिसक्या हो।
रिट्ठे के छ - घिची सक्या हो।
अनी ठुल्दाइ ने सिरौकी - कि सिरयान: पचेजुइधुन्कल: - तारेमाम्
 
Posted on 06-18-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कुन्नि के भयो सपनामा हो कि बिपनामा, बिस्टे बुढा झस्केर बिउँझिए!झरि अनवरत रुपमा परि नै रहेको थियो।वरिपरि,चुक घोप्ट्याएको जस्तो अन्धकार थियो।गरिबीको पराकाष्टामा पुगेर रिन तिर्न त परै जावस छाक समेत टुट्न थालेपछि अत्यन्तै दुखि भएका बुढा,सानि नातिनिलाई एक छाक तातो सम्म खुवाउन नसकेकोले मर्माहत नै भएका थिए। आँखा अगाडि गोरुले आफ्नो भएका केहि मकैका बोट पनि सबै फाँडिदिएकोले बुढालाई रिस र पिडा संगसंगै परेको थियो, तर सराप्दै गोरु धपाउन अघि बढ्दा हर्केलाई देखेपछि बुढा दुबै पिउन बाध्य भएका थिए!भोकि नातिनीलाई फकाइफुलाई पारेर बल्ल बल्ल सुताएपछि बुढा एकछिन यत्तिकै ढल्केका थिए तर तुरन्तै बुढो शरीर र दिनभरिको थकाइले निदाएछन्।

"दुए पहर बित्यो जस्तो छ!"

रातको निस्तब्धता नियाल्दै बुढाले अनुमान लगाए र आफ्नो निद्रा अचानक के ले बिथोल्यो भन्दै सोच्न थाले।

"भान्जिssss?! ए भान्जिsss?!"
बाहिर कोहि बोलेको सुनेर बुढा चनाखो भए।
" को हँ sss?"
बुढाले प्रतिउत्तर दिए।
"ए म भउते हउर! ढोका खोल्नुस त!"
बुढा अचम्ममा परे।
" क्यार्न अन्मरियो यो भउते आधारातमा?"
ओठ चलाउँदै बुडा छामछाम छुमछुम पार्दै ढोकामा पुगे।
"पख् पख् आम्दै छु।"
फुस्कन लागेको कछाड समेट्दै बुढाले ढोका ताने।ढोका सजिलै संग खुल्यो।
"खापा त मक्क्या थ्यो थ्यो चुकुल नि बिग्रेछ!"
 मनमनै  भन्दै बुढाले ढोका खोले।
"चुहुन पनि कति सक्या हो तेसको झोल!"
भउते  पानी चुहाउँदै  भित्र छिर्यो।
" के बित्याँस परो तेस्तो र आधारातमा एता आएउ ए भउते, मास्टरनीलाई आज नि च्याप्यो बेथाले??"
बुढाले ढोका ढप्काउँदै भउतेलाई प्रश्न गरे।
" के को आधारात हुनु, भर्खर नउ बज्यो। तपाइँले के गर्या बुडा एस्तो? ति कलिली भान्जीको यो बिजोग गर्ने हो? पाप लाग्ला बुडा!"
अँध्यारोमा हेर्ने प्रयासमा आँखा ट्वाल्ल गर्दै भउतेले भन्यो।
" हन के भन्छ यो भउते? क्यारेँ र मइँले नातिनीलाई?"
बुढाले अचम्भित हुँदै प्रश्न गरे।
" यो दर्के झरि छ,सपै घर नै अँध्यारो बना'र। केइ खानुभो पनि कि तेसै पसारिनुभा' थ्यो?"
भउतेको प्रेमपूर्ण रिसाहा प्रश्नले बुढा अलिकता पग्लिए शायद, र भने-
" के खानु बाबु,मकै त छ घराँ, तेइ खाम भन्दा नि मइतेल छइन,नातिनीलाई तिम्रा घराँ माग्न पठा' थेँ तिम्राँ नि सिद्ध्या रेछ, क्यार्नु। मलाई त एउटा दोटा छाक भोकै भ'र केइ हुन्न यो बाँसको मुना जस्ति नातिनी सम्झेर भक्कानो छुट्छ!"
बुढा द्रवित भएको भउतेले अँध्यारोमा नदेखे पनि महशुस गर्यो।
"ल यो दुई मुठि चामल र मट्टितेल ल्याइद्या छु,टुकि कता छ? पइला टुकि सल्काम त्याँसि भात पकाउनुस र नातिनीलाई ख्वाउनुस!" चामलको पोको र जर्किन भुइँमा राख्दै भउतेले भन्यो।
" किन पर्थ्यो र भउते चामल ल्याम्न, मकै छँदैथ्यो घराँ!"
बुढा भित्र रहेको स्वाभिमान वाक्य बनेर बाहिर निस्कियो।
भउतेले खल्तिबाट सलाई झिक्यो र कोर्यो। ओसिलो सलाइ परेन। फेरि अर्को सलाई कोर्यो त्यो पनि परेन। अर्को सलाई झुर्रर गर्दै बल्यो।
" ल जानुस छिटो टुकि ल्याउनुस, सलाई निभ्छ अइले फेरि!"
भउतेले बुढालाई हेर्दै भन्यो।
भउतेलाई धिपधिपे उज्यालोमा बिस्टे बुढा उमेर भन्दा निकै बुढो लाग्यो।
बुढा छामछाम छुमछुम गर्दै भित्तातिर गए र भित्तामा छाम्दै टुकि भेटेर फेरि ढोका नजिक आए।
सलाई निभ्यो।
भउतेले जर्किन खोलेर टुकि मा मट्टितेल हाल्न थाल्यो। अँध्यारोले होला टुकिमा भन्दा बढि मट्टितेल बाहिर पोखियो र मट्टितेलको गन्ध घरभरि छायो। भउतेले खल्तिबाट फेरि सलाई झिक्यो। केहि सलाईका काँटि परेनन् र त्यत्तिकै खेर गयो।
झर्रर आवाजका साथ एउटा सलाई पर्यो। भउतेले टुकि सल्कायो।
घर उज्यालो भयो।
"भान्जिssss!"
उज्यालो हुना साथ भउतेले सान्नानीलाई बोलायो र यताउता हेर्यो।
बुढाले कुनामा ओछ्यानतिर हेरे।
सान्नानीको ओढ्ने देखियो, ओछ्यान देखियो। बुढाले सम्पूर्ण कोठा हतार हतार नियाले।
सान्नानी घरमा थिइनन्!!


 
Posted on 06-18-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! पर्बते कसमै खानि भये जुरेली को कसम खाउ ! तेसै पत्याइन्न !
सान्नानीले अघी पुरस्कार राखेर कता लागिछिन ! आफुले झन सुरुमै सहि उत्तर दिएर पुरस्कार पाईन्छ ठुल्दाइको हातको मम भनेर भात पनि नखाइ बसेको ! खै के भन्नु र
 
Posted on 06-18-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बत, हउर डराओ अस्तो लाउँच है मुलाई त --- 
 
Posted on 06-18-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुरेली को कसम खाने कि
भउत्या तेस्रो स्वास्नीको कसम खाने
ल ल भन भन सोझो - अब के सोझो भन्नु खोइ -
एस्तो छ सोझो मान्छे को चाल

हैन कहाँ गई त सान्नानी - एती राती
दाल मे कुच काला है - होइन होइन दाल नै कालो हो - मास को दाल पर्या जस्तो छ।


 
Posted on 06-18-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा , कस्तो ठाउमा रोकेको?
रिठ्ठे, खान्न कसैकी जुरेली को कसम, त्यै भौतेले खाओस जे खान पर्नी हो
मिस, म डराउनै पर्‍यो नि क्यार्नु, अब यस्ता कुरा सबै पत्याएर मलाई 'आफ्नो'  भन्नि 'कोही' पनि भड्किए भने सबै सत्यनाश हुन्छ नि
 
Posted on 06-18-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कता गयिछिन त सान्नानी?
 
Posted on 06-18-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau aajako mero support GREECE ( Betn Greece and Spain)

and RUSSIA (Betn Russia and Sweden )


 
Posted on 06-18-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो त्यो आफ्नो भन्नि,
न्याप्किन वाली हो - हैन न्याप्किन खाएर नि कस्तो नचेतेको यो पर्वते,
आज चाँही - सबैले पर्वतेको असली रुप देखिहाले क्यारे - अब धेरै नाटक नगर

 
Posted on 06-18-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा किन घुमाउछौ पर्वते - कहाँ अन्तै लान लाको कुरा -
मलाई त पहिलै शंन्का थियो, प्रमाण नभएर चुप लागेर बसेको,
फुटेको समाचारमा पनि देखाउन र भन्न खोजेकै हुँ क्यारे - गाम्ले
हरुले हाँसेर उदाइदिये - अब थाहा पायो होला नि कर्तुत - कि कसो पर्वते
ग्रीस स्रिस, रसिया ससिया होइन -
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters