नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
भोट हाल्न क-कस्ले कति जना कार्जेकर्ता पालेओ र'छ तो जम्मै मलाइ था' छ । लु म भन्दिम ?
पुण्टे - ७२ जना अन्तरे - ८६ जना कुम्ले - १०२ जना सुन्तले - १०१ जना दुर्गेश्वरी - ८० जना मास्टर्नी नानी - १५५ जना
क्यार्छौ त नि अन्तरे, कुम्ले, सुन्तले? तिमारुका केटाहुर खाली कफि र च्या खा'र गफ मत्तै अर्नि र'छन । अरुका मान्छे ज्यान फालेर लाएछन । लु, अब आँखाँ आँशु टिलपिल अर्दै गीत गाम्न तयारी अर्न परो के रे । खेलको नियमै यस्तो, हैन ?
चित्रे अब अर्को राउन्डको चाइँ अलि केइ ट्याम पछि अर्नु पर्ला कि कसो??? कति दुख दिने हो सपैलाई भोट हाल्या हाल्यै अर्न?? चाइन्जो टिबिमा त भोट हाल्ने दिन आम्न एक हप्ता कुर्न पर्छ, हाम्राँ नि तेसै अरुम, चाइन्जो अरु कार्जेकर्म नि अरुम न!
लोल कार्जेकर्ता मात्रै भएर नहुनी रहिछ। नत्र कार्जेकर्ता त मेरा नि १०२ जना रहेछन् नि! त्यो हिसाबले सेकेन्ड हुनुपर्नी, कहाँ'टी लास्टमा टाई हुन पुगिएछ! लोल
चनादाजु, पुन्टेदालेआफ्न कार्जे कर्तालाई हाम्का पठाम्नुभरेछ उसो भा नत्र हाम्का तेती धेरै क'बड आम्थे भन्चu र
' तालुआँ चिप्लेर हाम्रा भोट नि उनैलाई गए ' बरु यो चै होला कि भन्छु । मैले दुर्गी सिस्लाई दिदiको भोट्हरु सप्पै जो पुन्टेदाको मा गएको देखेकिम तेइ भ'र दादालाई मैले भोटै नदेकिम ( अब भागे है म)
हो र भन्या चिप्ले? तो चौतारा छेउको यतातिरका अलि ठुलो closet जत्रो पसल त बिसौँ बर्ष सम्म नि तेस्तै थियो है। पाउँ, चंगा र लोला हान्नि बेलुम कम्ता किनिएन त्याँ।
त्यतातिर खेतै खेत् थे उतिबेला। अस्ति जिम्माल ले कुन्यौ भन्दा याद आ थ्यो, परालका कुन्यौमा सिंगै जिउ दर्फर्याउनि गरि दिनभरी उफ्रिंदा बाका हाताट भेटिन्थ्यो बेला बेलाँ नराम्रो
तारेमाम् है, मध्यान्नको। निलो पहेलो को बात गर्नु भयो, अन्तरे र चिप्लेले, यसको माने हामी २-४ बर्षले मात्र दाजु भाइ हुनु पर्दछ। बिर्खे ब्रो नि अलि कति तल माथि न हो।
चिप्ले मोरा के च। mero tarkari ko business ta khatara gai raa cha. anyway thanks बिर्खे दाइ किन मलाइ हेपेको। म सङ नबोलेको। के म तपाइको सौतेनि बहिनि हो।
हो त नि जिम्माल बा। चौताराँ उभिएर हेरो भने तलतिर कालो पुल, टेकु सम्मै छ्यांग्छ्यांगति देखिन्तो, मास्तिर झम्सिखेल्, तो अहिले ग्यानोदय भाको शान्तभवन तिर जम्मै फाँटै फाँट त थियो नि। शान्त भवनाँ अझै हस्पिटलै थ्यो, ग्यानोदय इस्कूल चाँहि यता झम्सिखेल चोक तिर कतै थ्यो, त्याँ नि पढियो एक् दुइ बर्ष्, सानो घराँ चलाँउथे उतिबेला।
पिच बाटो कतै थेनन, हिलाँ लड्दै पड्दै इस्कूल पुगिन्थ्यो। बागमतिमा कालो पुल मात्तै थ्यो। खोलो दुबै तिर वारपारै बग्थो, अहिले पो पुरिएर भकुन्डो खेल्नि मैदान बनाईसके, आफु त्यो राजतिर्था छेउतिर पौडि खेलिन्थ्यो बागमतिमा, हाम्रा पालाँ अहिले जस्तो काँ हो र?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.