भनिन्छ अनुभव मान्छेको सबैभन्दा ठुलो हतियार हो तर कहिले काहिँ आफ्नो हतियारले आँफैलाई क्षति पुर्याउँछ ।कहिले काहिँ मान्छेले म यो विषयमा अनुभव हिन भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दछ । उसलाई यसबेला त्यस्तै लागिरहेको थियो ।पण्डितले उच्चारण गरेका प्रत्येक मन्त्रहरु उसका लागि दोहोरिएका मन्त्र थिए । त्यो हवनको तापपनि पहिले को जस्तो रापिलो थिएन ,त्यो आगो दाउरा नभएर खरानीनै जलिरहेछ जस्तो लागेको थियो उसलाई , अनि रहरले भरिनुपर्ने मनमा एउटा अनौठो चिन्ता थियो ।
दोस्रो विवाहको लागि उ पहिले राजी थिएन ।सात वर्ष बसेकी उसकी संगिनि भनाउँदी त अचानक एउटा रात उसको कोठाबाट हराई एउटा चिठ्ठि छोडेर भएभरका गालीहरु गरेर, उसको पुरुषत्वको अपमान गरेर ,नयाँ अनुहारमा उ विश्वास गरोस् पनि कसरि ?दुनियाँ स्वार्थी छ !!!!!!!तर उसको राजीखुशिको धेरै मोल हुन छाडेको थियो उसको परिवारमा !
बजारमा उसकी पहिलेकी स्रिमतिले छोडेको हल्ला फैलिन धेर बेर पनि लागेन जहिले जहिले उ बजार बाट गुज्रियो उ सबैकोलागि चहकिलो विषय बन्यो मसला भएको ,, बेरोजगारहरुको चियाको गफ बन्यो त्यो टोलको उ हट केक बन्यो ।दुइ चार दिन बाहिर घुमेर आयो ,सोच्यो टोल बदलिदिन्छु , घर बेच्न चाह्यो ।पुर्ख्यौलि घर बेच्नुभन्दा दोस्रो विवाह नै एउटा उत्तम उपाय निक्लियो ।आमा ले निकालेको ,खोजि शुरु भयो पहिला कलिला विधुवा छन् छैनन् त्यसबाट ,उसलाई अचानक आफु दोस्रो दर्जामा झरेझैँ लाग्यो जब विवाहको लागि विधुवा जो उमेरमा उ भन्दा थोरै मात्र कम हुनेछन् त्यस्ता उसको लागि खोजि हुँदैछन् भन्ने सुनेर !!!!!!!!!!!!!!
उ घोत्लिरह्यो आफैँसँग सम्झौता गर्दै । उसको भाग्य बलियो निस्कियो । केटी कन्ने निस्किई ।उ भन्दा करिव पन्ध्र वर्ष कान्छि । उसलाई विश्वास लागेन ।
“आमा म गर्दिन यो केटी सँग त बिहे !”
त्यो दिन उसले बिस्तारै भनेको थियो ।शक्तिहिन उसले उपमा पाएको थियो त्यसैले होला उसका शब्द शब्द कमजोर थिए ,लुते र लड्न आँटेका वाक्यहरु बोल्द्थ्यो उ जसलाई अरुको मौनताले नै पनि परास्त गरिदिन्थ्यो ।
“किन?”
“धेरै नै कान्छि छे ,फेरि कलिला बिधुवी खोज्ने भनेको होईन ?”
“हरे शिव कन्ने केटीमा खोट लाउँछ ,धेरै नसोच ।“ उसकीआमाउभन्दाब्यवहारिकनिक्लिईन ।कन्ने केटी पाउनु उसको भाग्य दह्रो भएको निर्क्यौल निकालेको थीयो उसको परिवारले !उसकी फुपुकि खोज थिइ माया ,धेरै सम्झाई बुझाई गरेर मात्र मायाको परिवार राजी भए भनेर पनि सुनाएकी थिइन् फुपुले जित पछि किल्लामा झण्डा गाढे जस्तो गरेर !
“तैपनि आमा मेरी छोरी भएकी भए त्यत्तिकै उमेर की हुन्थि !”
“छोरि भएको भए तैँले उ सँग बिहे गर्नै पर्दैनथियो !” आमा ले कुरा टुंग्याईदिईन् । उसलाई सम्झाएको वा उसको आपमान गरेको उसले बुझ्न सकेन ,उसले बुझ्न पनि चाहेन । उसले निश्चय गर्यो जीवनले उसलाई जता जता डोर्याउनेछ उ त्यतै त्यतै डोरिईनेछ ।
“ल अब उठ्नुहोस् ,अनि अघि अघी लाग्नुहोस् !” उ फेरि विवाहको मण्डपमा नै फर्कियो ।घुम्टो को बिचबाट उठ्दै गरेकी उसकी नयाँ अर्धांगिनिलाई नियाल्यो । अनुहार चन्द्रमा जस्तै थियो । उसले आजै बिहान दुइ चारवटा कोरिन लागेका रेखाहरुलाई फेसियल गरेर मेटाउन खोजेको थियो ,टोपिले छोप्न नसकेको तालुको भाग बिहान देखिनै उसको चिन्ताको विषय बनेको थियो । कसैले उसलाई सम्झाएको थियो ,
”टाउको खुइलिनुबुद्दिमानीको निशानी हो नि भनेर !!!!”
बिहाको बेलाकी केटी खुलिहाल्छे नि चन्द्रमा जस्ती ,फोटोमा त त्यत्ति गोरी थिईन मन मनैँ सोच्यो । जे भए पनि आफ्नै हो आज देखि ,सुरुची भेट भइछे भने देखाउनेछु मैले दोस्रो बिहे गरेँ भनेर , म मा पनि हिम्मत छ , हेर मेरी चन्द्रमा मेरो समिपमा अझ फक्रिएकी छे भनेर मन मनैँ सोच्यो ।
“पुगिसक्यो त सात फन्को !’ पण्डितजिले उसलाई रोके । उसले सोच्यो उ रोकिए पनि त घुमिरहेको छ । हरेक मान्छे लामो यात्रा तय गरेँ भन्ने भ्रममा गोल गोल घुमिरहन्छ र तिँ यात्राको टुंगो लगाउँछ जहाँ बाट उसले शुरु गरेको हुन्छ ।
फुर्सद जुटाएर उसले वरपर हेर्न भ्यायो । केहि नाक खुम्चिएका अनुहार हरु देख्यो ।शायद कत्ति बुढो रहेछ बेहुलो त भन्दै थिए होलान् । गाउँका केहिलाई त यो उसको दोस्रो बिवाह भनेर पनि त थाहा भइसकेको होला । नभएपनि उमेरको फरकले धेरैले अड्कल काटे होला । उसको पहिलो विवाहको बारेमा के भयो भनेर पनि त कुरा भइराखेको होला ।
कसरि मानी उसकी बेहुलि मायाले उ सँग बिहाको लागि ?यो प्रश्नले उसलाइ नसताएको पनि होइन । त्यसपछि उसले आफुमा भएका गुणहरुको अनुसन्धान शुरु गरेको थियो । उसले त्यसपछि उसका धेरै गुणहरु पत्ता लगाएको थियो । उ परिवार को एक्लो छोरो थियो , कमाउथ्यो उ बिदुर थिएन ,उसका छोराछोरि हुन भ्याईसकेका थिएनन् । छोराछोरि नहुनुलाई उ आफ्नो ईच्छा अनुरुप कहिले आफ्नो गुणको रुपमा कहिले अवगुणको रुपमा प्रयोग गर्थ्यो ।
बिहा सिद्दियो एउटा ठूलो बोझ पन्छिए झैँ लाग्यो । मायाका परिवार का आँखामा आँशु थिए । मायाको आँखामा पनि आँशु थियो । परिवार छोड्दा यस्तै हुन्छ ।सुरुचीका आँखामा पनि त आँशु थिए उसले सम्झियो । तर माया त जोड जोड ले रोईरहेकी थिई फेरी । के मायाको ईच्छा बिपरित भएको थियो त बिहे ? उसले मायालाई फोनमा कुरा गर्दा सोधेको त थियो । उसले त्यतिखेर त होइन नै भनेकी थिई ,केटिहरुको के विश्वास र ! कहिले हो लाई पनि मस्किएर होइन भनिदिन्छन् ,कहिले होइनलाई पनि ठुस्किएर हो भनिदिन्छन् । उ फेरि आफ्ना गुणहरु जसले गर्दा मायाले उ सँग राजीखुशि बिहे गरेको हुनुपर्छ भन्ने उसको निर्क्योल थियो उ त्यहि केलाउन तल्लिन भयो ।
फुच्चेको कथा पढ्ने भन्दा भन्दै बल्ल फुर्सद पाइयो । तर पढ्दै जादा "बिचरा" भन्नु पर्ने गरी आएछ अल्ली रोमान्टिक पनि राखुम न हो , त्यो मायाले पनि छोडेर हिडि भन्ने चाँही न आओस है फेरी
हो भनेको मामा, कस्तो असन्तुष्ट मानब होला। सुरुची भनेर हुरुक्क हुने ले किन माया सँग बिहे गर्नु पर्यो त फेरी? स्वार्थी मान्छे मुर्ख को अगाडि दैब को के लागोस?
फुच्चे लौ न यस्को ताल किन यस्तो होला? ठीक पार त यो मान्छेलाई छिट्टै
उसले चुरोट सल्काउन खोज्यो ,उ आमा सँग लुकेर कहिलेकाहिँ चुरोट सल्काउँथ्यो ।उसलाई धुवाँ मन पर्थ्यो , खरानी को रंगमा उसले जीवन देख्थ्यो तर उ आमा सँग डराउँथ्यो। आमा सँग मात्र किन उ त सबैसँग डराउँथ्यो । कहिले काहिँ भेट हुने आफ्नै बौलाएको प्रतिविम्व सँगै डराइदिन्थ्यो ।नडराओस् पनि किन ? उसको बौलाएको प्रतिविम्व उ आफैलाई भयावह लाग्थ्यो । उ सामना गर्न सक्दैन थियो तर सामना गर्न नसक्दा पनि प्रतिविम्ब उसलाई काँतर भनेर जिस्क्याईदिन्थ्यो अनि उ आफ्नो घोक्रो फुटुन्जेल चिच्याउँथ्यो म काँतर होईन भनेर । आमा दगुर्दै उसको कोठामा आउनुहुन्थ्यो प्रतिविम्व लुक्द्थ्यो । प्रतिविम्व त डराउने उसकी आमा सँग उ किन नडराओस् उ सोच्दथ्यो । त्यसपछि उसलाई आमासँगको डर पनि आधिकारिक छ जस्तो लाग्दथ्यो ।
“तँपाई चुरोट पनि खानुहुन्छ ?” तरकारी काट्दै गरेकी मायालाई एकदिन नजिकै बाट नियाल्दै गर्दा मायाले पत्ता लगाई । मायालाई नजिकै बाट लुकी लुकी नियाल्नु उसको विवशता थियो तर त्यो दिन मायाले झट्ट उ पछाडी बाट उसले नियाल्दै गरेको पत्ता लगाइदिई । त्यसको लगत्तै प्रश्न पनि प्रहार गरी । अचानक गरिएका प्रहार हरु नै त हो घातक हुने !
“किन?”
जसरी उ मायालाई स्वतन्त्र छोड्दैछ मायाले पनि उसलाई छोडोस् न उ चाहन्थ्यो ।एउटा नयाँ सम्बन्ध को परिभाषा उ दिन चाहन्थ्यो तर अभिमानी समबन्ध उसले सोचे जस्तो बन्नै चाहिरहेको थिएन । तर केहि चासो नराख्ने मायाले उसको चुरोटमा चासो राखी !त्यसको खास कारण पनि त थियो ।
“त्यत्तिकै !”
मायाले कुरो टुंग्याईदिइ , उसको मौनताले युद्द जित्यो ।
माया तिन दिन बितुन्जेल सम्म पनि साधारण नै रहेको उसलाई चित्त बुझेन , घटनाक्रम लाई उसले असाधारण बनाउन खोज्यो तर उ साधारण नै रही रही ,प्रत्येक रात उ मायाले मलाई छून्छे की भनेर टाढा सुती टोपल्थ्यो , माया आएर घुप्लुक्क निदाईदिन्थी मानौँ उसलाई त्यो अघिका कुनै कार्यका बारेमा थाहा छैन , उ एक्लो जीवनै कटाउनलाई नै त्यो घरमा आएजस्तो ,छेउमा पल्टिरहेको उसको कुनै अस्तित्व छैन मात्र उसको लम्बाई र चौडाई ले मायाको खाटको खालि ठाउँलाई घटाइमात्र रहेछ ।बिहान उसको अनुहारमा केहि चिन्ताका रेखा हरु देखिन्छ कि भनेर नजिकै बाट नियाली टोपल्थ्यो ,खोई माया उसलाई समिप आएको सम्झिन्थि की उ मुस्कुराइदिन्थि , उ अपमानित भए जस्तो सम्झिन्थ्यो अनि चुपचाप किचन बाट फर्किन्थ्यो । उसले मायालाई यति कोण बाट नियाल्यो की उसले माया माथि शोधपत्र तयार पारिसक्थ्यो माया कुनै विषय भएकी भए! तर यी सबै रिसर्चको एउटै साधारण निष्कर्ष थियो आईमाई को जात बुझी नसक्नुको हुन्छ ।
पहिलो हारबाट उसले सिकेका पाठहरु उसले या त गलत सिकेको थियो या उ अर्को गल्ति को एकदम नजिकै थियो उसले सोच्यो । सुरुची भोगी थिई । उ प्रत्येक रात उसका अंग अंग लाई शिथिल बनाईदिन्थी ।तर अन्त्य मा उसलाई लागेको अन्त्य सुरुचीको शुरुवात पनि हुँदैनथ्यो अनि उ विवश हुन्थ्यो उसलाई ऐना हेर्न मन लाग्दैनथ्यो ।
माया बिलकुल अलग थिई उ उसलाई ब्याकुल बनाउन चाहन्थ्यो माया चाहनाको परिधि भन्दा पनि पर हुन्थि । उसको अनुहारमा सँधै तृप्तता हुन्थ्यो । उसको अनुहारमा सन्तुष्टि को उज्यालो किरण किरण चुहिन्थ्यो । उ छक्क परेर मायालाई नियाल्थ्यो आखिर उसले के नै गरेको छ जसले गर्दा माया यति साह्रो खुशि छे ? मायालाई जब जब उ नजिकै बाट नियाल्थ्यो माया अझ मुस्काईदिन्थि रहस्यमाथि अर्को रहस्य थप्दै अनि उ सोच्थ्यो के माया र सुरुची एकै वर्ग का प्राणी हुन ?स्त्रि को साधारण गुण को कुरा गर्ने हो भने दुई मध्ये एकलाई स्त्री वर्ग मा राख्नुहुन्न भन्ने उसको ठम्याई निक्लियो ।
उसको सल्केको ठुटो बिस्तारै बिस्तारै खरानी अवशेष छोड्दै जलेर सिद्दियो । उसले एकछिन सम्म खरानी नियाल्यो अनी सोच्यो यहि खरानी जोडेर एउटा अर्को चुरोट बनाउन पाए ! जीवन आखिर किन रिभर्सिबल छैन ?
“ माया को अतित र अहिले उसको मुस्कान ले केहि रहस्य लुकाएको छ । स्त्री बर्ग मा सुरुची नै पर्छे र माया पनि स्त्री नै हो यसको मतलव मायामा पनि सुरुचिकै जस्ता गुण छन् जसलाई उ लुकाइरहेकी छे तँ सँग !” अचानक भुईँको खरानी चिच्यायो ।
“तँलाई त्यो कुरा के थाहा र ?”
उसले भुईँमा घोप्टी घोप्टी प्रश्न तेर्स्याईदियो ।
“कहिले काहिँ अर्काको कोण बाट आफ्नो संसार हेर , पत्ता नलागेका कुरा हरु पनि पत्ता लाग्छन् ।“ खरानी आफ्नो कुरो टुंग्याएर चुप लाग्यो ।
अब फेरि फेरि खरानीले उसलाई सम्झाउने छैन । उसले आफ्नो धर्म त्यागेर बोलिसक्यो । बोल्नु उसको गुण हैन तर उसको दोधार खरानीले देख्न नसकेको मात्रै त हो उसले माया माथि निगरानी राख्नै पर्छ ।
“आज पनि तँपाईले चुरोट खानु भयो हैन !”
मायाले आज पनि पत्ता लाईदिई , माया आफ्ना शत्रुहरु चिन्छे जस्तो छ त्यसैले त उसले कुशलता पुर्वक कुराहरु लुकाईदिन्छे । खरानीले पोल लगाएको उसलाई थाहा भइसके जस्तो छ ।
“हैन “ उसले टाढैबाट जवाफ फर्कायो । उसलाई खरानीको अस्तित्व जोगाइदिनु पनि त थियो ।
perfectionist-धन्यवाद ,यो पल्ट साधारण घटना हरुमा मनोविग्यान जोड्न खोजेको मन पराइदिनु भएकोमा धन्यवाद । सोम दाई हुन त म तँपाई सँग अचाक्लि रिसाएको छु ,आजकल खोइ कथा बिराटनगर सँगै कथाहरु पनि विदेशिए कि के हो ,कथा मन पर्यो भन्नुहुन्छ मैले त्यस्तो लेख्न कहिले पाउने हो खोई ?? बाँकी गन्थन फेसबुक नभए मेसेन्जरमा !!!!!!!!!! चिप्ले फुचे सँधै ढिलो गरेर लेख्छ भन्छन् सबैले (बिशेषगरी बिष्टेकाजी ,दिपिका ) ,पर्खाई को लागि पनि धन्यवाद अर्को भाग आउन चाहिँ आइसक्यो है !!! अब सँगै दोलाल घाट गएर अर्को केहि लेख्नुपर्छ !!! बिष्टे यो उ मलाई पनि साह्रै ठिस लाग्यो भन्या दुई दुईटी हुँदा पनि खोई के हेरेर बस्या हो !!!! दिपिका के भनौँ खोई यो उ को ताल त झन झन बिग्रिँदै छ के गर्ने होला हेर न !!!!!!! शुभ ,खुशि प्रतिकृयाको लागि धन्यवाद अर्को भाग यो पोष्ट को ठिक्क माथि छ !!!!!!!!!!!!!! अन्य पढिसक्नु भएकालाई पनि मेरो तर्फ बाट कथा तन्किदै जाने प्रतिवद्दता !!!!!!!!!!
नाम चाँहीं फुच्छे केटे रे, तर लेखाइ चाँहीं अब्बल साहित्यकार को जस्तो! माना ब्रदर मैने तो माना आपको। कती जिस्कन जानेको मानबिय मनोबिज्ञान सँग? लौन साथी यस्लाई अली द्रूत गती मा दौडौउन- लामो कुर्न गार्हो पर्यो- भाग नम्बर लेखे सबै एकै चोटि पढ्ने लाई अली सजिलो हुन्थ्यो कि। धरान
करिब अरु तिन चार दिन त्यसै गरि बिते न मायामा केहि परिवर्तन आयो न उसमा केहि परिवर्तन आयो न दुईविचको सम्बन्धमा केहि परिवर्तन आयो न परिस्थिति मा केहि परिवर्तन आयो । संसार मा एउटा वाक्य मात्रै हो परिवर्तन नहुने संसारका हरेक कुरा हरु परिवर्तनशिल छन् भन्ने । उनीहरुविच बितेको त्यो तिन चार दिनमा भने मात्र त्यो वाक्यमा परिवर्तन आयो त्यो वाक्यले आँफैलाई दुई चार चोटि पढ्यो होला आखिर म किन लागु भइराखेको छैन माया र उ विचको सम्बन्धमा भनेर । त्यसपछि मात्र त्यो बिहान आयो ।
त्यो विहान उ चाँडै उठ्यो आज को बिहान फरक थियो उसले माया माथि चियो चर्चो गर्नु थियो ।माया विहान देखी के गर्छे उसले हिजो राती नै बसेर सबै कुराको टिपोट गरेको थियो । मायाको रहस्य पत्ता लगाउन माया र सुरुची विचका भिन्नता हरु जुन माया दैनिक जीवनमा देखाउने गर्छे त्यसलाई नियाल्नु पर्छ त्यसको गहिराहिमा जानुपर्छ भनेर खरानीले उसलाई सम्झाएकै थियो । उसले त्यो मात्र पालना गर्न चाहेको थियो ताकी पछि कसैलाई उसले जवाफ दिन सकोस् ।उसले चियो गर्नु पर्ने ठाउँहरु उसले हिजो रात तैयार गरेको कागजमा रातो कोरेर राखेको थियो राता दागहरु पन्ना भरी धेरै थिए ।उसले ति दागहरु गन्न भने भ्याएको थिएन । तर ति सबैलाई एक एक गर्दै पन्छाउँदै जानेछु भनेर निश्चय चाहिँ गरेको थियो । शुरुवात उसले किचनबाट गर्नु पर्ने थियो ।किचनमा रामे मायालाई सघाउँथ्यो । उसको घरको पुरानो नोकर ।सुरुचिलाई पनि उसैले सघाएको थियो ।सघाउँथ्यो किन भनौँ ? सुरुची त किचन नै छिर्दिनथी त्यति खेर रामे नै सबै काम गर्ने गर्थ्यो । सुरुचि मात्र रातमा फुल्ने बिशिष्ट फूल थिई जसलाई सुन्दरता देखाउनुपर्छ भन्ने ग्यान थियो । माया कलामा ब्यक्त गरिनुपर्छ भन्ने सोचाई थियो र समबन्धको क्यानभास छताछुल्ल हुने गरी कलाकारले रंग पोख्न नसकेले त्यो कलाकारले क्यान्भास अरु कसैलाई जिम्मा लगाउनुपर्छ भन्ने थाहा थियो ।
त्यसो भए माया किन किचनमा छिर्छे त यहि सोचेर उसले पहिलो रातो किचन मा लगायो जति खेर आमा पुजाकोठामा ,बुवा मर्निंग वाक मा र उ ओछ्यान मा निन्द्रामै हुन्छ त्यति खेर माया किचनमा छिर्छे । किचनमा छिर्नु त गृहिणीको अधिकार को कर्तँव्यको कुरा हो ,त्यसो भए सुरुची किन छिर्दिनथि । मान्छे ले कुनै काम नगर्नु पर्ने थाहा पायो भने पनि उसले किन गर्छ ? जति खेर उसमा रहर पलाउँछ ।किचनमा के छ त रहरलाग्दो उसले रामे बाहेक मायाको लागि अरु रहरलाग्दो बस्तु देखेन ।
सारा दोष रहरहरुकै त हुन आखिर उसले खुइय सुस्केरा काडेको थियो । कसैमा चाहिने भन्दा धेरै पुरागर्नु पर्ने भन्दा धेरै आकाश सानो लाग्ने रहरहरु हुन्छन् ,कोहि रहर नभएको भान पारिदिन्छन् । मोक्ष प्राप्त गरेजस्तो !
उसले किचनको ढोका बाट बिस्तारै चिहायो । माया चिया छान्दै थिई । चियाको रंग टाढाबाट धेरै थियो वा थोरै उसले नियाल्न सकेन तर चिया टाढाबाट उसलाई कालो लाग्यो । उ हरेक चिज आजकल कालो अध्यारो देख्न थालेको थियो । हरेक अध्याँरोले किरणहरु निल्न थाले जस्तो । जसरी एउटा किरणले अन्धकार दवाइदिन्छ त्यसरि नै एउटा अध्यारोको अंशले सुर्य निलिदिने भए । मान्छे किन कालो मन पराउँदैनन् ? उ झस्कियो । मायाले चिया छानीसकेकी थिई उ हतार हतार ओछ्यान मा गएर यथास्थिति मा बस्यो ।
“आज रामे थिएन ?” चिया लिँदै गर्दा उसले प्रश्न राख्यो ।
“बजार गएको छ तरकारी किन्न किन?”
माया मुस्काई । उ पराजित भयो । मायाले पक्कै हिजो राती नै उसको कागज देखी उसले सोच्यो । तर कसरी उसले त स्टोर रुम मा मैनबत्ति लिएर गएर धेरै गोप्यता का साथ कागज तैयार गरेको थियो त ! त्यसो भए उ भित्र अर्को कोहि छ मायाको जासुस् ! जुन प्रतिबिम्व सँग उ दिन रात झगडा गर्छ त्यहि पो हो कि उ सँग झगडा पनि परिरहन्छ त्यसैको बदला लिन चाहेको पो हो कि हैन त्यस्तो त हैन , त्यो प्रतिबिम्व त बौलाहा छ त्यसले भनेकै भए पनि मायाले किन बिश्वास गर्छे त ।उ ढुक्क भयो । यो पहिलो पटक उसको हातमा निराशा लागेको मात्रै हो उसले रहस्य पत्ता लगाएरै छोड्नेछ ।
“पत्रिका हेरुम कि भनेर !”
माया बाहिर निस्किई । उ ढुक्क भयो ।
उसले गोजिबाट बिस्तारै आफ्नो कागजको टुक्रा निकाल्यो यता उता हेर्यो आफ्नो गोजिमा राखेको रातो कलम निकाल्यो । उ आजकल आफ्नो गोजिमा कम्तिमा पनि दुई किसिमको कलम राख्दथ्यो । एउटा कालो किनकी कालो आजकल उसको मनपर्ने रंग बनेको थियो । प्रकाश निल्न सक्ने गहिराहि बोक्न सक्ने , धेरै लुकाउन सक्ने रहस्य बोकेर मुस्काउन सक्ने ।संक्षेपमा भन्ने हो भने मायाका गुणहरु उ कालो रंगमा देख्दथ्यो अर्को रातो जुन उ काला अक्षरहरुलाई गोलो लगाइदिन प्रयोग गरिरहेको थियो । उसले किचन मा कोरिएको गोलोलाई अझ गाढा बनायो । त्यो उसले अहिले सम्म अनुसन्धान नसिद्दिएको जानकारीको लागि बनाएको थियो ।
परबाट आएको आवाजले उ सन्तुलित भयो ।पदचाप तिर कान र आँखा फर्कायो । माया रहिछे । उसले मायाको बारेमा सोच्दा माया नै आई , शायद उसले सुरुचीको बारेमा सोचेको भए सुरुचिनै पो आउँथी कि ! उसलाई आफ्नो सोच प्रति हाँस उठ्यो । उ हाँस्यो मायाले पत्रिका उ तिर तेर्स्याई ।
“यो के हो ?” उसले टाउको उठाई
"पत्रिका खोज्नु भएको हैन ?" उसले आश्चर्यका साथ उसलाई नियाल्दै भनी ,
“हो हो ।“ उसले टाउको हल्लायो अनि पत्रिका लियो । केहि पढे जस्ति गरेपछि फेरि मायालाई नियाल्यो उसको आश्चर्य यथावत छ कि छैन भनेर ! आश्चर्य उसको हनुहारमा रहिरहनु उसको लागि खतरनाक साबित हुन सक्थ्यो ।किन कि मायाले पनि त उ माथि चियो राखिदिन सक्थी । मायाको अनुहार मा आश्चर्य थिएन उ त मुस्कुराइ रहेकी थिई उसलाई पिडा दिने मुस्कान । उसले मुस्कान को बदला के दिनु पर्ने हो छुट्याउन सकेन अनी आफ्नो टाउको पत्रिका भित्र लुकायो ।
असाध्यै मनपरिरा'छ --नरोकियोस है--मलाई यो कथाको अन्त्य सम्म के के हुने रहेछ पढ्न रहर लाग्यो....... धुँवाले मानिसको जीवनलाई नै धमिल्याइदिन सक्छ र चन्द्रमा मा लाग्ने ग्रहण जस्तै मनमा लागेको ग्रहण पनि मेटिएर जान सक्छ --तर ....... दाग चै--?!!
just cant wait to read the next post.. sarhai nai kei hola kei hola jasto laagiracha.. and em sure its going to b big later on.... aile samma comment gareko theena.. tara had been silent reader all time.... all the best! waiting for more..E A G E R L Y!
माया कुशल छे ,चतुर छे र घातक छे उसले हरहमेशा सोच्ने गरेको विषयबस्तु ।जे सुरुचीमा स्पष्ट देखिन्थ्यो त्यो मायामा छायाँ पर्छ ।उ ती सबैलाई लुकाएर पनि साधारण जीवन बाँचिदिन्छे । उ धेरै ठाउँ बांगिएकी एउटा सरल रेखा हो , जसमा प्रत्येक वक्रहरु त्यहि सरल रेखाले निलेको छ ।भिमकाय शरिर छ त्यो सरल रेखाको जसमा बांगिएका परिधिहरु झिना मसिना लाग्छन् । उसले धेरै बेर सोच्यो अब खोज के बाट ???
बाहिरको प्याट प्याट आवाजले उसको ध्यान भंग भयो आवाज बिस्तारै हरायो ।कोहि उसलाई पनि लुकेका नजरहरुले नियाल्दै छ ।प्याटप्याटे चप्पल कसले लाउँछ ? घर आलिशान ,लत्ता कपडा आलिशान प्याटप्याटे चप्पल लगाउने दरिद्री को निस्कियो ?
रामे !!!!! उसको दिमागमा अचानक बत्ति बल्यो। उसलाई धेरै प्रश्नहरुको उत्तर , धेरै समस्याहरुको समाधान एकैचोटि पाएछ जस्तो लाग्यो ।
हो रामे नै हो मलाई लुकीछिपी हेर्ने । उसलाई रामे माथि शंका छ छैन बुझ्न आएको । रामे को कुरा थाहा पाएपछि उसको साधारण प्रतिकृया के हुन्छ त ?उसले रामेलाई गाली गर्नुपर्ने हुन्छ।तर उ रामे लाई किन गाली गरोस् रामे त माध्यम हो जड त माया को रहस्य हो । उसले आज विहानको गल्ति पत्ता लगायो । माया रहस्यमयी छे , मायाको रहस्य उसको लक्ष हो । तर मायाको रहस्य सम्मको यात्रा तय गर्दा माया पर्खाल मात्र बन्न सक्छे बाटो होइन किनकी मायामा रोक्न सक्ने चातुर्यता छ लुक्न सक्ने गोप्यता छ र डुब्न सक्ने गहिराहि छ । बाटो त रामे हो मायाको रहस्य सम्म पुग्नलाई । आज बिहान देखि नै उसले रामेलाई पछ्याउनु पर्ने रहेछ उसको चियो गर्नु पर्ने रहेछ ।
उसले आफ्नो कागज निकाल्यो किचन शब्दमाथिको गोलो अझ गाढा बनायो । त्यसैको मुन्तिर रामे भनेर नाम कालो अक्षरले कोर्यो पन्नालाई जतनले पट्यायो अनि शर्टको गोजीमा राख्यो ।
रामे करिव बाइस तेइस तिरको केटो ,जतिखेर सुरुची भित्रिएकी थिई उ शायद किशोर भनाउन लायक भख्खर भएको थियो ।सुरुचीको हेय दृष्टि पर्ने गरी । उ जस्तै रामे पनि सुरुची सँग डराउँथ्यो र सुरुचीलाई डराउने मान्छेहरु मन पर्दैनथे । उ ढल्कदो थियो रामे उक्लँदो ।
उसले रामेलाई खोज्यो । उ बँगैचामा पानी हाल्दै थियो । दुईचात वटा फूल उसले रोपेका पनि थिए त्यसमा दुई चारवटा मा मायाले गोडमेल गरेकी थिई हिजो भख्खर । हो हिजो भख्खर रामे मायाले गोडमेल गरेका फूलहरुको जतन गरीदिन चाहन्छ । उसले फूल लाई नियालेर हेर्यो दुइचारवटामा कोपिला लाग्दै थिए । मायाले गोडमेल गरेको रामेले पानी हालेको फूलमा कोपिला लाग्दैछन् उसलाई विरक्त लागेर आयो ।
“रामे पानी ले त !” उसले रामेको काममा वाधा पार्ने चाह्यो
“हुन्छ हजुर।“ रामेले उत्तर फर्कायो ।
रामेको काम रोकिएकोमा उ मनमनै खुशि भयो । गिलासको पानी उसले एकै घुट्को मा साफ पार्यो । रामेलाई नियालेर हेर्यो ।पहिलेको भन्दा निखार छ उसमा केहि अतुलनिय कुरा पाए जस्तो उज्यालो छ उसमा । उ मात्र किन अपुर्ण छ यति लामो समयसम्म सुरुची हरदिन उसलाई आफ्नो क्रोधले गिज्याउँथि मायाहरदिन उसलाई आफ्नो मुस्कान ले गिज्याइदिन्छे । के उ सबैको लागि हेयको पात्र बन्न संसारमा छ ?उ किन रामे हुन सकेन ?बरु उ नै पानी लगाइदिन्थ्यो बँगैचामा यदि माया नमुस्कुराउने वाचा गर्छे भने । मायाको मुस्कानले उसलाई पोल्छ ।
“गिलास मलाई दिनु भए हुन्छ हजुर !”
गिलास अझै उसैको हातमा रहेछ । रामेले माया उ सँग सापटी माँगे जस्तो लाग्यो ।
“हैन यो गिलास म नै राखिदिउँला !” उसले आनाकानी गर्यो ।
रामेले अचम्म मानेर हेर्यो । उसले गिलास अझ जोडले समात्यो ।
“म दिन्न तँलाई यसमा हक छ मेरो !” उ अचानक चिच्याउन चाह्यो फेरि सोच्यो यति भएपछि सबैलाई सबै कुरा पत्ता लाग्नेछ । मायालाई पनि , उसले आफ्ना शब्दहरु रोक्यो ।
“त्यसो भए म जाउँ त हजुर ?”
रामेको प्रश्नमा उसले टाउको मात्र हल्लायो ।
उ फेरि बँगैचा देखिने लब्बीमा बाहिर निस्कियो । बँगैचामा उसले रोपेका फूलहरु मा गोडमेल नभए जस्तो लाग्यो । कुनै कुनै भने दुख कष्ट सहेर पनि बाँचेका थिए । तर बोट भरी काँडै मात्र अचम्म खोई त फूल ??
कोपिला हरु त अघि रामे ले पानी हालेका बोटहरुमा मात्र रहेछन् ।
रामे फेरि दृश्यमा देखा पर्यो । उ फेरि अघिकै कोपिला भएकै बोटमा पानी हाल्दै थियो ।
“के हेरीरहनु भएको ?”
माया पछाडी नै रहिछे । उ झस्कियो ।
“फूल कति फूलेछन् भनेर !” उसले साधारण भएर जवाफ फर्काउन खोज्यो । माया पनि उसलाइ नियालिरहेकी छे । उसले कदम कदम मा सावधान हुनुपर्छ उसले मनमनै सोच्यो ।
“कति फूलेछन त ?”
“मैले त काँडा मात्र देखेँ ।“ उसले कोपिलाको जानकारी मायालाई दिएन ।
माया मुस्कुराई अनी कोठाबाट बाहिर निस्किई । उसलाई असह्य भयो । उसले फेरि बँगैचा नियाल्यो । रामेको पानी हाल्ने काम सिद्दिएछ । रामे त्यहाँ थिएन । उ सरासर तल ओर्लियो । बँगैचामा गयो । उसले पत्ता लगाएका कोपिलाहरु लाई हेर्यो ।पानीका दुई चार थोपा यतावतै थिए । कोपिला चुँड्यो अनि मिल्काईदियो ।
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.