SurNaTal
Replies to this thread:
More by SurNaTal
What people are reading
Subscribers
Please log in to subscribe to SurNaTal's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 48]
[VIEWED 37370
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-29-08 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
गाउँ फर्कने दिन - १
२०५९ - ६ - २१। भोजपुर।
ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ............
सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको घडी किनेथें, अलिक कम इरिटेशन होला भनेर। तैपनी आजकाल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने त्यो तेही Alarm Clock नै हो। अफसोस, सबै भन्दा नभै नहुने केही छ भने पनि त्यो तेही Alarm Clock नै हो। त्यो छात्राबासको बसाइले सुत्ने उठ्ने समय सबै गोलमाल गरिदियो। आजकाल छिटो सुते पनि ढिलो सुते पनि घरमाथि घाम नपुगेसम्म ब्युझिनै गाह्रो छ। बल्ल तल्ल भेटेको मास्टरी। एक बिहानै पुग्नु पर्छ। ६ बजे त कक्षा सूरु नै भई सक्छ। फेरी त्यो ट्याम्पु वालाहरु मान्छे नभरिउन जेल हिंड्ने हैनन। ४ बजे नउठे भ्याउने हैन।
ए साच्ची आज त क्लास जान लागेको हैन नि। मन हलुंगो भयो। जुरुक्क उठें। ठोका खोलेर मस्तला लागें। भान्सामा भाउजु चिया नास्ता तिर लागि सक्नु भएछ। छतमा गएं। बिहान निक्कै जाडो हुन थालीसकेछ। हुस्सुले पुरा शहर ढाकेछ। केही पो देखिदैन त। यस्तोमा प्लेन पनि कसरी उड्ला। मन अलिक भारि भो। पोलिथिन ट्यांकिको धारो खोलेँ। कस्तो चिसो पानी। आ, नुहाउदिन। पछी जिउ उस्तै भई हाल्छ। आँफैलाई बाहाना मिलाए, ननुहाउने। मुख फटाफट धोएं र तल दौडिएं।
"आच्छु, कस्तो जाडो, चिया पाक्यो भाउजु।" "सेलाउन लागिसक्यो। कस्तो खुस मुड हो, घर जाने भने पछि त। गाउमा कोही छ कि कसो?", भाउजु मुसुक्क हास्नु भो। "हो नि त। बुवा आमा, दाजु भाउजु, दिदी-बहिनी, सबै त हुनुहुन्छ", चिया समाए, कुरो बिचैमा छोडेर भर्यांग तिर लागें।
भुइतलामा मेरो सानो कोठा छ। सानो टेबलमा कम्प्युटर मनिटर। भित्ता पट्टी सानो खाट। कुर्शिको काम खाटैले गर्छ। कुर्शी राख्नलाई कोठामा ठाउँ पनि त छैन। टेबलको छेउमा मेरो सबै भन्दा मन पर्ने बस्तु छ। सानो क्यासेट प्लेयर। बेलुका २-४ वटा मन पर्ने गीत नसुनी निद्रा लाग्दैन। हुन त त्यो कम्प्युटर बाटै सुने पनि हुने हो। तर क्यासेटसंग जुना साईनो जोडीएको छ, बाल्यकाल देखी, त्यो अरु केहीले पुरा गर्दैन। भित्तातिर बिद्यालय र कलेजमा जितेका खेलकुदका कपहरु लहरै छन। मेडलहरु कांटी ठोकेर टेबल माथि भित्तामा झुन्ड्याएको छु। सिरानेको पारीपट्टी भित्तामा मेघा पोखरेलको ठुलो वाल पेपर टासेको छु, किन किन तिनी मलाई मन पर्छिन। मेरी सोल्टिनी जस्ताइ। दाँया तिर हिमालयन रेन्ज झुन्डिएको छ। एक महिनालाई म मेरो यो सानो संसारलाई छाडेर गाउँ जादैछु, सम्पूर्ण आफ्नो संसर तर्फ।
समयले एक फन्को अरु मार्यो, अत्यन्तै दर्दनाक काहानीहरु/ईतिहासहरु बनाएर, मेरो राष्ट्रको र एउटा नयाँ बडादशैंले मेरा बेफुर्सदिहरुलाई कस्सेर धक्का मार्यो। म मेरा दैनिकिहरुलाई पूर्ण रुपले परिवर्तन गरेर, सम्पूर्ण नाम र उपनामका लेपनहरु फुकालेर एउटा सानोभाइ मात्र बांकी भएको छु, अबका ३-४ हप्ताहरु, जस्लाई म मेरो पहाडमा बिताउने छु, आमा-बुवा, दाजु भाउजु र बहिनी संग; आँगन, दलान र बलेसी संग। यही दशै एउटा आउंछ र जीवनमा अलिकता अपनत्व/आत्मियता छरेर जान्छ। नत्र त जीवन एउटा स्वचालित यन्त्र न हो। यही एउटा उत्सब जो बांकी छ, तेस्लाई पनि देशको बिषम परिस्थितीले कुठाराघात गरिरहेछ। घर जान कत्तिको सुरक्षित छ भन्ने छलफलहरुलाई सिरानी मुनी घुसारेर म निस्की रहेछु - मेरा आकांक्षाहरुलाइ उद्वेलित गर्न - मेरो रातोमाटोले पोतेको चुलो र मझेरी संग, राडी ओछ्यायको ओछ्यान संग, र टुकी बालेका रातहरु संग।
आज लगाउने भनेर हिजै छुट्याएको लुगा टेबल बाट उठाएं। पट्याएका धर्साहरु श्पस्ठ देखिक्दैछन। सर्टमा पनि, पाइन्टमा पनि। उहिले उहिले गाउभरिमा एउटामात्र इस्त्री हुँदा कती जागर लाग्थ्यो। सिरानघरबाट इस्त्री ल्यायो, कोइला फुक्यो, ततायो, लगायो, पुर्याउन गयो। आजकाल कोठामै बिजुलिवाला इस्त्री छ। तर जागर छैन। आsss, कस्लाई देखाउनु छर। पुन: आँफैलाई बाहाना मिलाएं र त्यो खुज्मुजिएको पाइन्ट र सर्ट उसै घुसारें। आफ्नो कोठामा कहिल्यै ऐना भएन। शायद जरुरी ठानिन। कपाल हिजो नै मुडुलै हुने गरी कटाएको थिएं। हातले यसो मिलाएं। टाउकोको देब्रे तिर सिउदो पर्ने गरी।
"प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ" बा अ ञ २८१४ चिच्यायो। दाजु कहिले उठेर तयार भईवरी मोटारसाइकलमा पुगी सक्नु भएछ। फटाफट गोल्डस्टारको तुना कसें, हिजै मिलाएर राखेको कलेज ब्याग पछाडि भिरें र "भाउजु गएं है" भन्दै दौडिएं। "तेरो प्लेन ८ बजे हैन?", दाजुले पक्का गर्नुभो। "हो", भन्दै पछाडि चडें।
शहर चक्रपथ बाहिर पनि निक्कै बिकास भई सक्यो। दाँया बाँया भर्खर बनेका वा बनीरहेका घरहरु लहरै थपिदैछन। सानोभर्यांग ननीस्कुन्जेल उकडफाकड छ बाटो। चक्रपथमा दाजु बाँया लाग्नु भो, बनस्थली तिर। अब यो चक्रपथ नछोडी गए भईगो, मन मनै नक्सा बनाएं। दाँया बाँया त्यो लहरे पिपल हो कि के का ठुला ठुला रुखहरुले छ्याप्प छोपेका छन, रिङ रोडलाई। बनस्थली चोक। ठेलागाडा र त्यो स-साना काठका छाप्रे पसलहरु खुल्न थालीसकेका छन। बिहानी कक्षाका विद्यार्थीहरु निला, हरिया, कलेजी, थरिथरीका युनिफर्ममा हतार हतार यता उता गरिरहेछन। साच्ची दसैं बिदा त सूरु भएकै छैन नि। मैले पो त मुस्किलले २ दिन अघाडी छुट्टी पाएथें। धेरैजस्तो तेही बनस्थली स्कुलका होलान। राम्रो स्कुल भन्थे, आफुले पढ्न पाएको होइन केरे। के भो त, गाउंमै पढेपनी प्रतिस्पर्धा गरिरहेकै छु। मन वाद बिवाद गरिरहेछ। बालाजु चोक आइपुगेछ। मेरो दिमागको नक्साले काम गरेन। दाजुलाई उपत्यकाका गल्ली गल्ली याद छन। यो छोटो बाटो हुनुपर्छ। बिष्णुमतीको पुल तरेर उता लागेपछी म कता जादैछु थाहा भएन। दाँयाँतिर पसुपती डेन्टल हस्पिटल हो के के लेखेको थियो, दाँया बाँया लहरै घरहरु, एस्तो बाक्लो बस्ती रहेछ, म कहिल्यै नआइपुगेको होकी, आएर पनि मेसो नपाको होकी। त्यो दाँयाको खै के शाहीत्तिक समाज हैन। य हो त, नयाँ बजार पो रहेछ। मोदनाथ शिक्षा मन्त्री थे क्यारे। कती ७ बर्शै भो कि कसो, त्यो युवा सेवा कोशको पुरस्कार थाप्न आथें यहाँ, पहिलो पटक। दाजुले नै छोडिदिनु भाथ्यो।
दाजुले गियर चेन्ज गर्नु भयो, ४ बाट ३ अनी २। त्यो उकालोमा मोटारसाइकल पछाडिनै जाला जस्तो गरिराछ। १ मा नराखी भएन। सरस्वती क्याम्पस कट्यो, अस्कल आयो। धेरै कर्णधारहरुको कलेज। तर बिडम्बना आजकल प्रायस: टायरको थुवाँले रुमल्लिरहन्छ यो कलेज। बिहानै भएर पनि होला, आज केही तल माथि रहेनछ। राजदरवारको त्यो पश्चिम पर्खाल छेउमा पुगेर दाजु दाँयाँ लाग्नु भो। दाँया-बायाँ अलेली पैदाल यात्रीहरु देखिन्छन। कानेटोपिहरुमा। आज निक्कै नै जाडो हो। बल्ल पो ज्याकेटको चेन लगाउने होस आयो। घर जाने उमंगमा बेहोसी बढीरहेछ। आच्ची, ऊ तिनी केटीको सर्टमा चराले बिस्ट्याइ दियो। बिचरा। अस्कल गैराकी जस्ति छन, खैरो खैरो पाइन्ट देख्छु। त्यो सिक्षा मन्त्रालयको पर्खाल छेउको बाटो हिड्यो भने जहिले बिस्ट्याइ खाइन्छ। के जाती चरा हुन कुनी यिनिहरु, टाउको तल झुन्ड्यायर ति पात बेगरका रुखहरुमा सर्बत्र झुन्डिरहेछन।
त्यो ठमेल जाने चोकबाट दाजु बायाँ लाग्नु भो। म आँफैमा हराइरहेछु। साच्चि त मैले केही पनि किनिनछु घर लानलाई। कस्तो उल्लु म। बाटोमा केही पाईन्छ कि। फेरी ढिला पनि हुन लाग्यो। सोच्दै थें दाजु जैनेपाल हल बाट दाँयाँ लाग्नु भो। यो बाटो अलिक तल पुग्यो भने कृष्ण पाउरोटी पुग्छ हैन? ए हो रहेछ। एकछिन दाजुलाई रोक्न लगाएं। यो पाउरोटी पनि गाउँमा त कस्तो चिजको बस्तु पो हुन्छ त। मैले पहिलो पटका यही आएर खाएथें। सुरु सुरुमा त अचाक्ली मिठो लाग्ने। मिठ्ठाइहरु पनि प्रसस्तै रहेछन, कृष्ण पाउरोटीको पसलमा, बेसै भो। अनी दाजु त्यो अमेरिकन सेन्टर हुँदै कालो पुल हो कि रातो पुल तिर ओरालो झर्नु भो। कुन चाँही कालो पुल कुन चाँहीं रातो, मलाई कहिल्यै याद भएन। पुल आउनु अगाडिनै दाजु दाँयातिर लाग्नु भो। किन रहेछ, यो फेरी कता हो? ए मैतिदेभी मन्दिर पो त। सिर झुकाएं। चोक आयो। ए गूद्पाक किन्ने भनेर पो त यता तिर आउनु भा रहेछ। र पुरानो बानेश्वर चोक बाट देब्रे, बत्तिस पुतली हुँदै गौसाला चोक, अनी त्यहाँबाट दाँयाँ लागेर तिलगंगा हुँदै पुगियो हावाइ मैदान। त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल।
...............................
Last edited: 29-Feb-08 04:34 PM
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-03-08 7:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छैन प्रेरणा म अहिले तेहि झर्या दात खोजेर बसिरा त हो नि
अब चैँ भागम,
नत्र् त तिम्रो पनि दात झारिदिनु होला सुन्तले ज्यु ले, आफ्नो त येसै झरेको उसै झरेको केहि पिर् थे न
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 03-04-08 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एसपालि, पुरै एबस्ट्राय्ट चिन्तन रहेछ। मनका उथल पुथल, सके जति, संगालेको जति, सबै पोखिएको । लेख्दै गर्नु दाई । अरु भाग को पर्खाइमा । अनि, सन्तोष भण्डारि दाई र तपाई classmate हुनुहुन्थ्यो pulchowk ma??
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-04-08 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुइटै भाग एकै सासमा पढेर सकाए। काठमाडौं घुमेर भोजपुर पनि पुगिने भैयो अब त। सधैं झै राम्रो लेखाइ। लेख्दै अनी टास्दै गरम ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-04-08 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले जी, बल्ल पढीसकाएँ दुवै भाग। शुरू देखि नै पढिएन भने धेरै भाग थुप्रिएपछि पढ्न गाह्रो हुने रहेछ। राम्रो छ तपाइको लेखाइ, वर्णन उत्तिकै सललल बगेको, अति मीठासपूर्ण। अरू पनि पढ्न पाउने आशामा।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-04-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो यस्तो मलाई चै चित्त बुझेन, काठमान्डौ बाट पिलेनमा उढेर माथि आकाशमा रामेछाप, सिन्धुली, ओखल्ढुङ्गा, सोलु , खोटाङ हुँदै भोजपुर पुगिन्छ भन ठानेको थिए, यहाँ त बच्चा पाउने कुरो पो हुन थालेछ, लौ सोल्टी त्यो बच्चा पाउने कुरो छोडौ अब पिलेनमा उढौ र पिलेन बाट देखिने हिमाल, पहाडका, खोला, नालाका ( रोशी, कोशी) रमनिया द्रिश्यहरुको कुरो गरम। लौ लेखी हालौ है चाढै ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-04-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"उनी जो आउछिन, अहिलेकी abstract उनी जब वास्तबिक जीवनको अमिट क्यानभासमा पोतिन्छिन, उनी एउटा चित्र मात्र त हैनन नि। भावनाभित्र अनगिन्ती उद्वेगहरु संगालेर, अनेकन सपनाहरु संगालेर र अलावा जस्तो सुकै परिस्थितीमा पनि रथ तानिरहने एउटा द्रिढ संकल्प शाहीत त्यो बिशालतम फड्को मार्नेछिन, उनि, मेरो सामु आइपुग्न। अझ यसो भनौं त्यो चौतारीसम्म पुग्न जहाँ म पनि पुग्ने छु र आपस्तमा शहयात्रा सुरु हुन्छ।"
वाफ रे!! कस्तो गहन सोचाइ !!! अर्को भाग नि छिटो लेखनुस् न Please!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-04-08 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन यि जुड्वा दिदी बहिनिले मेरो कुरा काट्नु कातेछन। मलाई दोस दिए पनि देउ, तर आमालाई मेरो ठेगाना चाँही नदिनु, फेरी मेरा छदा खादाका दांत खसाल्नु छैन मलाई। दिपइकालाई निम्ताको लागि धन्यवाद, शुक्रबार तिर आउछौ हामी।
सोमे भाई, आजकाल को लेखाइ सबै सुर न ताल को भई राछ मेरो। तेही भर टाउको पनि "सुर न तालको डाएरी" राखेको। सन्तोष मेरो क्लास मेट हो। अब त मेरो पुरै जरा खोतलियो। केही छल कपट गर्न न-पाइने भो। हा हा।
नेप्चे, लु स्वागत छ, भोजपुर जान भनेर त हिंडे, तर हराइ राछु, कुन्नी। धन्यवाद मिठा शब्दहरुको लागि।
चित्रे जि, thanks a lot. समय निकालेर पढिदिएको मा। र प्रसंसाको लागि पनि धन्यवाद र आभार।
हर्क सोल्टी, क्षमा गर्नु होला। कुराहरु सबै लिग छाडेर भागी राछन। संकै छ म प्लेन चाडने हुँ कि बिचैमा बिहेबारी गरेर काठमाडौं नै फर्कने हुं।
चेली, मेरो डाएरिमा स्वागत। प्रसम्साको लागि मुरी मुरी धन्यवाद।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-10-08 10:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
गाउँ फर्कने दिन २०५९ - ६ - २१। भोजपुर। ............................... ति भारतीय बच्चाहरु; छोरी दिदी, छोरो भाई। दिदी कारीब ६-७ बर्षकी बालिका। कहिले आमाको काखमा बस्छिन; कहिले बाबा आमाको बिचमा। भाई ३-४ बर्षको त्यो बालक। कहिले पर कुर्चिमा गएर उक्लन्छ, कहिले आमाको झोला खोतल्छ, कहिले बाबाको चस्मा निकालेर फल्दिन खोज्छ। एकछिन पछि त्यो केटो बाउको टोपी लिएर दौडन थाल्यो। म उस्कै पछी आँखा दौड्याइ रहेथें। केटो कोही मान्छेसंग ठोक्कियो र अलमल्ल पर्यो। मेरा आँखाहरु केटाको शरीरबाट बिस्तारै मस्तिर उक्लिए। कस्ती राम्री केटी। २०-२२ कि होलिन। म कती पुगें हुंला? ए, अं, खासै बुढो त भैसकेको छैन कि कोही २०-२२ को मान्छेलाई हेर्न नमिलोस। आँखा यता उता फैल्याएं। म निस्फिक्री छु। उनी हातमा बोर्डिङ पास बोकेर अगाडि बढी रहेकी थिन। साथमा अर्की अधबैसे महिला पनि छिन, शायद तिनी जेठि छोरी। वा उन्की काकी वा सानीमा वा कोही छिमेकी। जो सुकै हुन। म तुरुन्तै उन्को हात माग्न तिनी अधबैसे सामु उभिन लागेको भएपो त उनी को हुन को केही माने। मेरो उदेस्य त उन्को चेहरामा अल्मल्लिएर एक आध घण्टा बिताउन पाए समय छिट्टो बित्थ्यो भन्ने सम्मको न हो। अत: मलाई कुनै समस्या छैन, उनी को हुन वा उनी संगकी ति महिला। उनि उत्तर तर्फको भित्तामा जोडीएको कुर्चिमा गएर बसिन। म उठें र उनलाई ४५ डिग्री घडी घुम्ने दिसाको उल्टो तर्फ घुम्दा ४५ डिग्रीमै देख्ने गरी १०-१२ मिटर जती परको कुर्चिमा गएर बसें। उन्लाई एकटकले हेरिरहेछु मानौ मेरो लागि त्यो कुरुवा हलमा उनलाई नियाल्ने ड्युटी मिलेको छ। मेरो उडान तुरुन्त होला जस्तो संकेत छैन। कोही चिनजानको मान्छे पनि त्यो हलमा छैनन। म स्वतन्त्र छु। आफ्ना चाहनाका कृयाकलापको लागि। यता गर्छु, उता गर्छु। पसलामा गएर डबलमन्ट किन्छु र राम्रो संग पड्काउन मिलोस भनेर ३ वटा एकै चोटि चपाउन थाल्छु। बांकी रहेका २-४ वटा छेउमै कुर्सिमा बसेकाहरु तर्फ तेर्स्याउंछु। कोही थुत्छन, कोही 'म त लिन्न त' भन्छन। मलाई कुनै गुनासो छैन। नचिनेकाले दिएको कुरा खानु राम्रो पनि त हैन। छरिएका कान्तिपुरका पानाहरु पल्टाउंछु, सबै जसो पन्नाहरु बिज्ञापनले मात्रै ओगटेका छन। मान्छे बन्दा धेरै बस्तु छन कि कसो नेपालमा। पुन: तिनै बच्चाबच्चिहरुलाई हेर्छु र कल्पनाहरु खेलाउछु। समय बिताउने यावत: प्रयासहरुले पनि बल्ल घडीलाई १० बजे सम्म मात्र घुमाउन सकेका छन। र एत्तिकै मा उनी छिरेकी छिन्, यो कुरुवा हलमा। र म मेरा अरु समयहरु उनिसंग खर्चिरहेछु। उनले एउटा हात चिउडो निर लगेर चोर औंला र बुढी औंलालाई मुखको आधा भाग छेक्ने गरी राखेकी छन। अरु औंलाहरु मुठ्ठी परेका देख्छु। अर्को हात पेटको तल्लो भागमा तेर्सिएको छ, चिउडोमा लगेको हातको कुइनोलाई स्ट्याण्ड बन्ने गरी। म पनि तेसै गरी बसें र उन्लाई हेर्ने आफ्नो समयचर्या कायमै राखें। बेला बेलामा उनी पनि म तर्फ छोटा छोटा नजरहरु फालिरहेकी छिन, मानौ त्यो हलको अन्य द्रिस्यहरु नियाल्ने क्रममा म देखा परेको हुं। उनी प्रयास पुर्वतिर बाट बस्तुहरु र मान्छेहरु नियाल्दै आँखाहरु दौड्याउँछिन र म सम्मुख भएर पश्चिमतिर पुग्छिन। त्यो क्रम पुन: एकछिनमा दोहोरिन्छ। म बुझ्दिन, उनी मेरो उनी प्रतिको बिशेष चासो प्रती सजग छिन र म तर्फ हेर्ने बहाना गरिरहेछिन, वा साच्चिकै समय बिताउने प्रयास स्वरुप उपलब्ध बातावरण तर्फ फिक्का नजर फालिरहेछिन। उनी कहिले हात तल झार्छिन, म तेसै गर्थें। उनी कोही अरु मान्छे वा कृयाकलाप तर्फ अंखा दौड्याउथिन, म तेतै दौड्याइदिन्थें। वा उनी जे गर्थिन, म तेही गर्थें। र अलावा उनी के गर्दैछिन भनेर उन्लाई नियालिरहनु पनि मेरो आवश्यकता थियो। आधा घण्टा जतिको त्यो दवाब पछी उनी पनि आजित भईछन कि कसो, मेरो पछी पो लाग्न थालीन। म खल्तिमा हात हालेर दाहिने खुट्टा हलाउँछु, उनी तेसै गर्छिन। म दांत कोट्याउंछु, उनी तेसै गर्छिन। लाग्यो म नाक कोट्याउँ र केटाकेटिमा जस्तो बाहुलाको फेरोले पुछौं। अनी उनी के गर्दी रहिछन्? यस्तैमा उनी उठिन, र तिनी अधबैंसे संगै मेरो दाँयांतिर अगिकै कोणमा गएर बसिन, तर ९० डिग्री घडी घुम्ने दिसातिर खुमेर। अव उनको द्रिस्य अलिक ब्रिहत भयो। यस्तैमा मेरो ध्यान अन्यत्र गएछ। अगिको भारतीय परिवार त्यहाँ छैन। ओरिपरी नजर घुमाएं, उनिहरुको खोजिमा। शायद त्यहाँबाट अगिनै अस्ताइसकेछन। खै कस्तो खल्लोपन एकैछिनलाई सलबलायो, मन भरी, तनभरी। एउटी पुड्कि-पुड्की र पोटिला गाला भएकी तरुनी अगी देखिनै त्यो Departure गेट संगै बसेर म संगै चुइगम चपाउने प्रतियोगिता गरिरहेथिन, उनी पनि बिलाइसकेछिन। यता उती हेरें, अगिनै परिचय भएका २-४ भोजपुरेहरु तेतै हल्लिरहेछन। पैयापानी तिरकी १०-१२ बर्षकी सानी फुच्ची पनि हामी संगै यो सदैब ढिला गर्ने उडान कुरिरहेछिन, पेटलाई च्याप्टो बनाएर। उनको अनुहार मलिन भईसकेको छ, कुर्दा, कुर्दा र कुर्दाको यो नमिठो थकानले। अफसोस मेरी गत ४५ मिनेट देखिकी खेलकी साथी पनि त्यहांबाट हिंडिसकिछिन। उफ, कस्तो नमज्जा। उनी अस्ताउनु अगाडि म बाटो लाग्न पाएको भए यो पट्यारी फेरी झुल्किने थिएन। अरु त के नै थियो र हाम्रो त्यो आँखा आँखाको खेलमा। एउटा सामान्य घटना, यात्राहरुमा घटिरहने। तैपनी अर्को एउटा निमेसभरको अभाव दिलभरी रुमाल्लियो। उनको अभाव। बिचित्रको छ यो मन। कोही कसै प्रती पनि अकर्सित हुने। क्षण भरमै बहकिने। कस्तो अनियन्त्रित! कस्तो अनुत्तरदायी! पुन: अरु कुनै बहाना खोज्दै थिएं समय कटाउने। भोक लागेको हो कि जस्तो पनि भई राछ। बेकरीहरु त देख्छु, तर असाध्य महंगा हुन्छन त्यहाँ। पाउरोटी हालेथें, तर के संग खाने। एउटा फुच्चे कोक भए पनि तान्नु पर्यो भनेर एसो त्यो पश्चिम भित्तातिरका पसल पट्टी फर्कदै थिए, RNAC को एउटा अधबैंसे मान्छेले उडानका लागि बोलायो। भोक, प्यास, पट्यार, थकान, एक्लोपन, खालिपन, र अभाब सबै मेटिए। बिजुलिको झिल्का जस्तै। मन प्रफुल्ल भयो, खुशी भयो र हलुंगो भयो। लामो पट्यारलाग्दो कुराइ पछीको मीठो फल। महिलाहरुका लागि महिला नै र पुरुषहरुका लागि उस्तै सुरक्षाकर्मिहरु हामीलाई लाइनमा राखेर सुरक्षा जांच गरिरहेछन। म चाँहीं हराउन थालीसकेको छु। त्यो ट्याम्के डाँडो, त्यो सेल्मे डाँडो, त्यो पिखुवा खोला, त्यो सानो गाउँ र गाउंको पुछारमा रहेको मेरो सानो घर। गुज्राती भैंसीले यसपाली त पक्कै पाडो पाइन होली। बिगौती खान त पाइएन, खिर खाने हो अब। घोर्ले खसी पनि १५ धार्निको जख्खु भयो होला। सिन्धुरे गोरु पोहोर सालनै बुढो देखिएको थियो, एस्पाला कतै खरितेलाई बेचिदिएकी। दामा बाट किनेर ल्याएथें, कती प्यारो थियो। धेरै साथ दिएथ्यो, टाहार बारी र चप्लेटी खेतहरुमा। सिकारीले एस्पाल कतिवटा परेवाहरु लग्यो होला। २० जोर त अझै होलान, त्यो राते भाले खुब मन पर्थ्यो मलाई, अझै छ कि छैन होला। सम्झनाका बादलहरु मडारिरहेका थिए, बसले कतिबेला प्लेन भए सम्म पुर्याइ सकेछ। चालकहरु त्यो ११९A को टुइन ओट्टर लाई ओरिपरी घुमेर check गरीरहेथे। बिमानस्थल र बिमानहरु समेटेर मैले एउटा फोटो खिचें र प्लेनका खुड्किलाहरु तर्फ उक्लिएं। एती स्फुर्त छु कि मानौं म मेरो घर छेवैको पंधेरो माथिको सानो उकालो उक्लिरहेछु। तेही उकालो जहाँ सानोमा म दुबै हातमा ५-५ लिटरका जर्किनहरु लिएर उकालीन्थें। सांझ पर्दा कहिले काहीं मनभरी स्पष्ठ डर लिएर, सुनिएका भुतप्रेत र तर्साउनेहरुको, म त्यो सानो उकालो सास न बास भएर बेतोड उक्लन्थें र डाँडामा पुगेपछी निमेसभरलाई बिसाएर फेरी दौडन्थें - तेर्सो, पाली घर तर्फ। अस्तु।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-11-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो गन्थन पनि रमाइलो लाग्यो। तर गाउ नपुग्दै "अस्तु" पो आयो त।
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 03-11-08 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yatra ma pahad parbat himal khola jharana nadi heyran paiyela bhaney lageyko theyo ---kathakar ley bacha, kasti ramri kti, haru hereyra baseypachi hami chahi k garneyhola
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 03-12-08 9:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उनी जो आउछिन, अहिलेकी abstract उनी जब वास्तबिक जीवनको अमिट क्यानभासमा पोतिन्छिन, उनी एउटा चित्र मात्र त हैनन नि। भावनाभित्र अनगिन्ती उद्वेगहरु संगालेर, अनेकन सपनाहरु संगालेर र अलावा जस्तो सुकै परिस्थितीमा पनि रथ तानिरहने एउटा द्रिढ संकल्प शाहीत त्यो बिशालतम फड्को मार्नेछिन, उनि, मेरो सामु आइपुग्न। अझ यसो भनौं त्यो चौतारीसम्म पुग्न जहाँ म पनि पुग्ने छु र आपस्तमा शहयात्रा सुरु हुन्छ।" यति राम्रो लाग्योखोई कति भन्ने दाइ ,यी लाईनहरुमा धेरै बेर अल्झीरहेँ ,तर दाइ म त अझै होला भनेको त !
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 03-13-08 10:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन दाई हजुर का हरेक भावना मा मलाई नै पोखिदिएको जस्तो लाग्छ । मेरै भावना, मेरै अवलोकन, मेरै अन्तरद्वन्द , मेरै उठाव अनि मलाई लाई नै पोतिदिनु भएको लाग्छ , यि चौडा साझा का पेज हरु मा । हजुर लेखाई सिधै मेरो मन मा पुग्छ । सधै हजुर लेखिरहनु अनि म पढिरहुं जस्तो लाग्छ । धन्यबाद दाई ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-16-08 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Repeated!
Last edited: 16-Jun-08 05:10 PM
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-16-08 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मीठा शब्दहरुको लागि नेप्चे, प्रेरणा, फुच्चे भाई र सोमे भाईलाई मुरी मुरी धन्यवाद।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-16-08 5:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुर न ताल को डाएरी २-१-२००४ ...............
अर्को एउटा महिना सुरु भयो - मेरा बिरानीहरुलाई एक महिना कम गरेर; मेरा लागि छुट्याआइएका दिनहरुलाई एक महिना कम गरेर।
किन जहिले पानी हतार - यो छिट्टो होस्; त्यो चिट्टो होस्। यो दिन आओस त्यो दिन आओस! आखिर जे सुकै दिन आओस जीवन त निख्रिदै नै जाने न हो। किन मान्छे बर्तमानमा जीवन मन पराउदैन? कि भुत प्यारो, कि भबिस्याको पर्खाइ! किन म आज संग रमाउदिन? किन अनबरत भोलिको पर्खाइ? के जीवन भोलिहरु पल्टाउदै जादा फेरी आज फेला पार्न सक्छ? के जीवन भबिस्यहरु छिचोल्दै जादा बर्तमान भेट्टाउन सक्छ? असम्भव!
तै पानी किन म आजहरुलाई छिट्टो छिट्टो लखेट्न चाहन्छु? यो राम्रो लक्षण हैन - कि प्रत्यक आजहरु नरमाइला लागुन। र त्यसमा तिमी छौ - जो मलाई जहिले पनि भोलिको प्रतिक्षा गर्न उत्प्रेरित गर्छौ। तिमी को हौ कि प्रत्यक पल म तिम्रा आशाहरुमा बिताइदिउं? म प्रत्यक पल तिमी सम्मुख हुने भोलिका आशाहरुमा बिताइदिउं? मेरो रोश छ तिमीसंग/ आँफैसंग कि किन वर्तमानलाई निन्याउरो पाउँछु - सदैव।
हो यिनै निन्याउरापनहरुमा एउटा महिना बित्यो र तिमी मेरो अलिकता नगिच बनिदिएउ। पक्कै पनि अरु महिनाहरु बित्लान, बर्षहरु बित्लान र दुरिहरु समाप्त होलान। कदाचित यस्तो नहोस् - त्यो पल पानी म भोलिका पिडाहरुमा असमन्जस बिताइदिउँ।
........
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 07-09-08 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुर न ताल को डाएरी
१८ नोबेम्बर, २००४।
म कहिल्यै पनि लेखक हैन। तर आजकाल झनै बढी अलेखक बनिरहेछु। म कहिल्यै पनि जेहेन्दार विद्यार्थी बन्न सकिन। थिइन। तर अचेल झनै अजेहेन्दार बनिरहेछु। म संग मेरो संसार छैन। जो संग/जहाँ तिता-मिठा दु:ख-सुखका भलाकुसरिहरु हुन सकोस। मसंग मेरो संसार छैन। जहाँ यताउता बिचरण गरेर मनमोहकता बटुल्न सकियोस। र आखिर केही नभएरै पनि; तन सुन्य, मन सुन्य, संसार सुन्य, काम काज सुन्य, राम रमाइलो सुन्य भएरै पनि दिन बितिरहने रहेछ। मलाई एउटा अनुसन्धान गर्न मन लागिरहेछ - आखिर दिनमा २४ घण्टा नै किन हुन्छ; वा के साच्चिकै प्रत्यक दिन २४ घण्टा कै हारा हारिमा हुन्छन? वा समय के हो, घण्टा भनेको कती हो, मिनेट र सेकेन्ड भनेको कती? के समय प्रिथ्भी को रफ्तार संग टासिएको छ कि मनको रफ्तारसंग गासिएको? सबै दिनहरु उत्तिकै लामा हुन्छन भने किन मलाई लागिरहन्छ कुनै दिनहरु बिकराल तन्किएका त कोही सुलुत्त चिप्लिएका? मलाई लेखा जोखा गर्न इच्छा छ कि आखिर के गरेर म मेरा अमुल्य टुक्राहरु चोइट्याइरहेछु, जीवनयात्राका, आजीवन। के यो निर्जिव मेसिनको १७ इन्च लामो पर्दा नै सम्पूर्ण जीवन हो? के गूगल, याहु, र नेपाल न्युज नै सम्पूर्ण संसार हुन? धन्य ब्याडमिन्टन प्रतिको मेरो मोहलाई - जस्ले म जिवितै छु र भौतिक संसारमा - कम्प्युटर नभएको सांच्चिको संसारमा पनि मेरो अस्थित्व छ भन्ने दर्साइदिन्छ। प्रत्यक सांझ। कंक्रिटका कोर्टहरुमा। नत्र त मेरो अस्थित्व केवल भर्चुवल मात्रै न हो। उठ्यो स्विच थिच्यो। दिनभर उही १७ इन्च भित्रका रंगी बेरंगी द्रिस्यहरु मा अल्मल्लियो। राती आँखा लोलाउन थालेपछी स्विच थिच्यो। पल्टियो। बस।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-09-08 4:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिती- आज
डियर डायरी,
हुन त अलार्ममा उठ्न मलाई मन लाग्दैन तै पनि हरेक हप्ता पाँचै दिन अलार्ममा उठ्न म बाध्य हुन्छु। कुनै चर्को र तिखो झिररुपि स्वर मेरो कानबाट पसेर मगजमा कतै सल्बलाउँछ र मेरो निद्रा हराउँछ। सधैँ झैँ म यन्त्रवत् उठेँ आज पनि र रेस्टरुम गएँ!यहि एक बेला हो जब संसारका सबै कुराहरु मनमा खेल्छन्। पेट चाहिँ सफा भएछ बल्ल आज आएर लामो सप्ताहन्तको बिजोग खानाले खतमै बनाइसकेको थियो। ट्वाइलेट पेपर सकिएको थियो हिजो बेलुका ल्याउन बिर्सिएछ!फसाद पर्यो!
तातो पानीले नुहाउने बानि लागेपछि गर्मि न सर्मि सिधै जिउमा तातो पानी हाल्यो र नुहायो। कहिले काहि बिहानदेखि बेलुका सम्म आफू मेशिन जस्तो लाग्छ। नुहाउँदा पनि मेशिन। उहि शरीर उहि माड्ने तरिका उहि हात नपर्ने ढाडको भाग। खालि त्यहि भागमा मात्र चिलाउँछ दिक्क लाग्ने।
सेभ गर्न पनि अल्छि लाग्छ बेकारको टेन्शन, हप्तामा एक पटक गर्न पाए हुन्थ्यो। अफिसमा चिटिक्क पर्न पर्यो नि फेरि। नयाँ ब्लेड त छ तर फेर्न अल्छि लाग्यो, घोटि घोटि बोधो भैसकेको ब्लेडले दाह्री खौरिएँ।
ब्रेकफास्ट सम्झियो कि घाँटिमा कतै कुनै भल्भ लागेको जस्तो हुन्छ;बन्द! एक ग्लास पानी पिएँ, घाँटि देखि तल आन्द्रा सम्म चिसो बनाउँदै गयो। फ्रिज खोलेँ, अन्डा, पाउरोटी,बटर,दुध यावत चिजहरु थिए, सधैँ झैँ केहि खान मन लागेन। चिसो दुध अलिकता भाँडोबाट नै मुखमा हालेँ!
उहि अफिस, उहि अभिवादन, उहि कुर्सी र उहि कम्प्यूटरको निरस स्क्रिन!बसेँ र समाचारहरु पढेँ। कहिलेकाहि समाचार रमाइलो लाग्छ र धेरै जसो बेकारमा पढिन्छ तर पढिन्छ। आउना साथ काम झ्याप्प थाल्न कहिले सकिएन। साझा खोलेँ,फररर आँखाले चौतारी खोज्यो। चौतारी पनि कहिलेकाहिँ बेकार लाग्छ, उहि जदौ, उहि नमस्कार र पँहेला आइकनहरु। कथा लेख्न थाल्या, अस्तिन एक दुई हरफ लेख्दै राख्दै गरेको खेस्रा लेख्न खोजेँ, तालु टल्काउँदै बोस आयो। केहि बेर काम गरे जस्तो गरेँ, केहि पोस्टहरु गरेँ साझामा। साझामा पोस्ट पनि यन्त्रवत हुन थाल्या जस्तो लाग्छ। पेट पो पोल्न थाल्यो। ब्रेकफास्ट खाइन्न एकछिन पछि पेट पोल्दै भोकको आभाष हुन्छ।
भात खाएसि मजाले ढल्केर सुत्न पाए नि हुने नि कहिले पाइन्न। यो अपिस जाने दिन नै लन्च खाएसि किन सुत्न मन लाग्ने होला? सप्ताहन्तमा नि मन त लाग्दो हो तर कुन स्थितीमा कहाँ के खाइन्छ थाहा हुँदैन। दिक्क लाग्ने, सप्ताहन्तले र आराम दियोस न, झन थकाउने!
सुन्तलेले पुरानो डायरीको पाना फर्काएछ, मजाको लाग्यो! पढ्दै जाँदा आफ्नै डायरी सम्झेर दिक्क लाग्यो। के हुने होला र डायरीमा। के के न होला भन्या हैन? यि लेखेँ त आजको कुरा!यसो केहि भए नि लेख्न हन्थ्यो, केहि छैन उहि पुरानो चिरपरीचीत मन्डेन लाईफ!हैन यो खल्लो लाईफलाई स्पाइस अप कसरि गर्ने हो?साला फेरि भोक लाग्न थालि सक्यो। भुँडि त घटाइयो जसले जे भने नि बल्ल बल्ल। बेलुकातिर यसो घुम्न जान पर्ला। भुँडि घटेर राम्रो भएको सम्झियो कि बेलुका चिटिक्क परेर घुम्न जान मन लाग्छ। भोक लाग्यो झन! केइ खान पर्छ अफिस सकिएपछि। बेलुका साझा हेरिएला कि नहेरिएला थाहा छैन। आफ्नो कम्प्यूटर पनि सत्ययुगको छ,हप्तामा ६ दिन बिरामी हुन्छ एक दिन ठिक हुन्छ! अर्को किन्न मात्र पर्छ त्यसलाई सिधै डम्पस्टरमा लगेर पहिला एक पटक भुईँमा बजारेर फाल्ने हो!
ह्या दिन बाँकि नै छ म नि सुन्तलेको लहलहैमा लागेर दिउँसै डायरी लेखिरा। ऊ बाहिर कोहि हिँडेको जस्तो लाग्यो, बोस फेरि यता मर्न लाग्यो जस्तो छ।
|
|
|
chyangre
Please log in to subscribe to chyangre's postings.
Posted on 07-09-08 4:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wow, great reading. wanna talk and say 'big job' if i had have your number!
Krishna
chyangre, Bhojpur
|
|
|
chyangre
Please log in to subscribe to chyangre's postings.
Posted on 07-09-08 4:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wow, great reading. wanna talk and say 'big job' if i had have your number!
Krishna
chyangre, Bhojpur
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 07-25-08 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुर न ताल को डाएरी
बबरमहल, २०५१ - ४- २५
शहरको कोलाहल सुन्य लाग्छ, सगरमाथाको उचाइ नगन्य लाग्छ, यत्रतत्र बस्तिहरु उजाड उजाड लाग्छ, जिन्दगी तेसै तेसै वाक्क लाग्छ।
बेलीको वासना नमिठो लाग्छ, कोइलीको कुहु कुहु बेसुर लाग्छ, प्रेयसीको प्यार निरस लाग्छ, जिन्दगी तेसै तेसै पट्यार लाग्छ।
बिपना मासुम सपना झैं लाग्छ, यथार्थ कोमल कल्पना झैं लाग्छ, विश्वाश किन किन बिकराल लाग्छ, जिन्दगी तेसै तेसै बिवस लाग्छ।
सुन्दर महल पाटी झै लाग्छ, मानिष आँफैमा हराए झैं लाग्छ, संसार बेसुर बिचित्र लाग्छ। जिन्दगी तेसै तेसै थोत्रिए झैं लाग्छ।
Last edited: 25-Jul-08 03:18 PM
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Tourist Visa - Seeking Suggestions and Guidance |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
From Trump “I will revoke TPS, and deport them back to their country.” |
wanna be ruled by stupid or an Idiot ? |
To Sajha admin |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
Travel Document for TPS (approved) |
MAGA denaturalization proposal!! |
advanced parole |
All the Qatar ailines from Nepal canceled to USA |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|