चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हैन म जाने हो भोलि। आज सम्म त अड्डाको कामै छ त्यसैले! तिम्लाई नि भेट्न मन ला' थो बास्तवमा। तो रातो कपालको कहानि देखुन लिएर, युरोपमा रेल स्टेशनमा गरेको ओहोरो दोहोरो सबै कथा सुन्नु थियो, तिनपाने लगाउँदै क्यार्नु!
जीम्माल बा, मेरो तर्फ बाट पनी सानो मनतब्य दीनु अनी सबैलाइ LIVE हाइ भन्दिनु, अनि कतीबेला हो भेलामा जाने? कहानी त जीम्माल बाको सुन्नु पर्ने हो Mexican मैयाहरु सङगको उठबसको, तर जीम्माल बा चिन्ता नलिनु कुनै दिन् त भेट होलानि then we will have real RED WINE...ki kaso?
सायद पुन्टे दाइ सारंगि रेट्दै "आमै ले सोध्लिन नि खै छोरा भन्लिन्" मा हराइसके होलान,
भौते काजि ले बाख्राको खोर भत्काइ सके होलान र तरुनि भैसकेकि सानि सामु गुनासो पोखि सके होलान - "अब त सानि तरुनि भै, छुन पनि डरलाग्यो, पर्नु पिर् पर्यो, ज्यानलाइ पर्नु पिर् पर्यो"
अन्तरे जि र रिठेले "आमा भन्दा छोरि तरुनि" को भाका उकासि सके होलान
ठुली तिन्पाने भर्दै हस्तान्तरण गर्दै स्वोरमा स्वोर मिलाइ रहेकि होलिन।
मड्डि भैया ले पान् ल्यैसके होलान र "खैके पान बनारसवाला" घन्काइ रहेका होलान।
चित्रे जि सायाद "जिस्कि बिबि मोटि उस्का भि क्या काम हे" मा कम्मर मर्काइरहेक होलान्।
र र ठुल्दाइ आफ्नो इलाहाबादि इस्टाइलमा सबैलाइ तारेमाम गर्दै भल्लाकुसरिमा तानिरहेका होलान।
धेरै धेरै रमाइलो गरम सम्पुर्ण भेलामा उपस्थित दाजु भाई, दिदि बहिनि हरु। नया खर्कको भेला अबिस्मरणिय बनोस्।
भाउजुहरु लाइ मेरो दर्सन।
देश्, काल र परिस्थितिले अहिले उपस्थित हुन नसकिकोमा नरमाइलो लागि रहेछ।
तथापि सुर् न ताल् को पनि कुनै सुर् र ताल् मिल्यो भने नया खर्का यात्रामा कुनै दिन निस्केला भन्ने अभिलाशा छ। आसा छ तेति बेला पनि पुन्टे दाई को सारंगि चुडिएको नहोस्, ठुल्दाई को बर्सौंको अनुभववाला मो:मो: सेलाएको नहोस्, रिठ्या इस्टाएलको नमस्ते सुकेको नहोस्।
कोही गर्मि तथा कोही ठन्डी ठाउंबाट नया खर्कको सुरुगं छिर्दा कोही कट्टु र जांगेमा, कोही सिरक ओडेर चौतारी सम्मेलन आउदा यता उताका भेडा गोठाला ताती लगाएर हेरेका थिए। कतै भेडा गोठाली भेटिन्छे कि भनि भउते घांटी बंगाइ बंगाइ यता उता गर्दा बिर्खे जिम्माल म त ह्यइ छु, तेरो पालो भनेर पछाडी बाट एक लात्ती हानेका थिए। यता चित्रे मुखिया सपनमा दंग, ढुगांमा ठेस लागेर धन्नै खोला पारी पुगेको। चारै तिर कालो कपाल देख्दा ठुलीले पुन्टे दाइसंग भिसा चाहिन्छ कि भनेर सोधेकी थिइन। पुन्टे दाइले भिसाको के चिन्ता, चाहिए यही देखाउ भनेर भिसाको क्रेडीट कार्ड देखाएका थिए। भिसा देखेसी भउतेका चार नेत्र, झन्डै पुन्टे दाइको हातबाट भउतेले भिसा खोसेको थियो। रिठ्ठेलाइ बसले नया खर्कको खासा बजार लगेको हुदा पुन्टे दाइको घर कता भनेर सोद्दा एउटाले 'चिगंको पुन्ते किचागं' भन्दा रिठ्ठे जिल्लाराम परेका थिए। अरु तातो खबर पाउन बेला बेलामा साझा चौतारीमा कम्प्युटरको मुसो सोझाउदै गर्नुहोला, थप खबरको पाउन दौंतरी गाम जानुहोला।
सबै भन्दा पहिले मलाई जन्मदिनको शुभकामना दिनुहुने सबै मित्रहरुलाई मेरो ह्रदय देखिनै धन्यबाद। तपाईँहरुको शुभकामना मेरो लागि धेरै महत्वपूर्ण छ। ब्यस्तताले गर्दा आफूले शुभकामना दिन नभ्याउने तर शुभकामना हरु पढ्नेलाई नि धन्यबाद।
चौतारिका दिग्गजहरु भेलामा र मेलामा गयेपछि त हाम्रो चौतारो कस्तो सुन्सान हो। एक्छिन् त देख्दा पनि देखिन चौतारो, कसैले मौकामा चौका हानेर भत्काइदेछ कि भनेको। बल्ल बल्ल भेटे।
लु सनिवारे जदौ चडाए कोहि छ भने। आफुलाई उत्ति गफ् पनि आउदैन। कोहि छ भने केहि रमाइलो कुरा लेर आम केरे।
ए सुन्तेले, दिग्गजहरु मेलां लागेको हुदा चौतारीको भारी बोक्ने काम ४ दिनको लागी मैले ठेक्के लेको छु। ति ४ दिनां जति पटक आए नि भेट हुन्छ म संग। एउ ठाउमा तिमी हेराउन बसेका रैचौ, कती कुरो नपारेको मेरो। पराउटिस अर्दै बसे, एउ दिन त मिल्ला नि कसो ?
नमे जि रहेछन्, लु नमस्ते टक्र्याय। हेराउन बसेको रे, हे हे, तेस्ले बोर गरि राछ, तेत्तिकै के दिमाग् आएर यसो guess work गरेको, भिडमा परियो। नमेको छुटेछ नि, कुनै बेला Try मार्नु पर्ला।
ए नेप्चे नि ह्यइ छुटेछ। लु अब हामी पनि यु ट्युब दोहोरी खेलम। नियम के भने, एउटाले गित पोस्ट गर्ने अर्कोले त्यो गितमा भएको लास्ट सेन्टेसमा हुने कुनै शब्दबाट सुरु हुने गित टास्ने।
ल है मैले सुरे गरें। जो जो जता जता लागे नि हुन्छ है सबै एकल टिम।
लौ सुन्तेले फस्टै हारे जस्तो छ। आफ्नै गित बनार गाइदेउ न यार। ल ल नियम चन्ज। त्यो गितमा भएको कुनै पनि शब्द टिपेर गित सुरु गर्नु पर्ने। अब त होला कि ? अनि सुन्तले त्यो गित टासेर सहयोग गरेको मा धन्यबाद।
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Ajay Kumar Dev sentenced to 378 yrs
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.