[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अनुराधा"

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 151905 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 09-17-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।

माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।

तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें।
नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं।
भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो।
"राहुले! ओहे राहुले"
पक्का कुन चाहिँ स्कूले लौका पर्‍यो भन्थाने र फर्केर हेरें।
बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे।
ओह आलु !कहाँबाट्?
"आलु न भन न मुला, यस्तो ठाउंमा"
हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।

एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो।
२० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो।
कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी।
अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें।
"छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी"
नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी।
"ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"

"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"

अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु।
मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्।
छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ।
"अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो।
मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी।
जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें।
मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली ।
ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको?
अनुराधा भाउजु किन भनेको?
हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको?
ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा।
हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन।
घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा।
आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
क्रमश:
***********************************************************************
भाग २

ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ?
छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई।
सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै।
चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें।
खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ।
'चिया तयार भो ड्याडी'
"अब सुनाइस्योस् कथा अनुराधाको"
भाषा र शैली नक्कल गर्छे अचेल मेरो।
लौ सुन कथा अनुराधाको-
अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि।
अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी।
मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको।
निकै जेहेन्दार र प्रतिभाशाली छात्रा।
एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं।
आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो।
५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो।
"यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?"
""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।"
(http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441)
म फेरि अगाडि बढें।
त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका।
एउटै क्लासका।
तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।

७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन।
अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन।
नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा।
पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर।
भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें।
के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि।
छोरी हास्छे, एकै छिन।
यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले।
"यो सबै तिम्रो मम्मिको कमाल् हो"
अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए।
रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्।
क्रमश:
***********************************************************************
भाग ३

यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।

नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज
फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।

हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।

स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।

सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो।
तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।

शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्‍यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे।
चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु?
निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के?
भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न।
अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो।
संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं।
तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन।
केही बिषेश पर्‍यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्।
क्रमश:

Last edited: 17-Sep-07 12:42 PM

 
Posted on 01-18-08 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग १८

 

सेकेण्ड इअर थर्ड इअर हुदै फाइनल इअर सम्मको कठिन तर यकिन लक्षमा  पुगियो। बेला मौकामा घर तिर हुइकिन्थे पनि। त्यसो त कुनै पनि चाड पर्ब छोडिएन होला। २४ घण्टाको यात्रा भएकोले घरिघरि घर हिडिन्थ्यो। एक, घरपरिवार जन संग चाडपर्ब मनाउनु पाउने अर्को मुटुमा अंकुराएको प्रेम दर्शन गर्न पाइने।

"छि ड्याडी पनि " छोरीले ब्यङ मिश्रित भावमा भनी।

"हो छोरी बैंश आएकोथ्यो त्यतिबेला। बैंश हर कोहीमा आउछ जिन्दगीमा एक चोटी।  तर कसरी आउछ कहिले आउछ थाहा हुदैन। भूकम्पको कम्पन जस्तै। अथाह असूचित हुन्छ। बैंशको रौनक सदाको लागि रहदैन पनि। बैंशलाई जसले छुटायो वा बैंशले जस्लाई छुटायो, दुबै पछुतायो। चाँद तारा तोड्ने ताकत हुन्छ, संसार जित्ने ल्याकत हुन्छ यसमा।"

"समय भन्दा चाँडो जिन्दगीका पाँग्रा गुडेकोले होला, अल्लारे बैंश चाहिँ आएन।"


यता अनुराधाको पत्रहरु आउने क्रम र गति उस्तै रह्यो। मनको भाव पोखेर मन हलुको बनाउने कोशिश हो उनको। सोचाईमा बुझाई मा हर एक नयाँ पत्रमा परिपक्वता चुल्लिदै गएको देखिन्थ्यो। यसमाने मा म  खुशी नै थिएं कि टुटेर झर्न लागेको सुन्दर फूल बागको शोभा हुन सक्ने, सुबास फैलाउन सक्ने देखियो। मैले दिनु पर्ने नैतिक धापको रापले जम्न लागेको जिन्दगी चलमलाउन  थालेकोमा सन्तोषको सास फेरेको थिएं।

"बिदा मा घर आउदा मेरो लक्ष मात्र तिम्रो मम्मी हुन्थ्यो। एक झलक देख्न पाए, एक बोली बोल्न पाए, स्वर्गिय आनन्दको अनुभूति लिन्थें।"

पढाइ सकियो। आफ्नो मेहनतले फल दिए जस्तो, आजन्म शैक्षिक काराबास बाट मुक्ति मिले जस्तो, मन र मस्तिष्क दुबै लामो आराम मिले जस्तो भयो।
अब राहुले चानचुन रहेन, टोल भरिमा तेस्रो इन्जिनियर भैसकेकूथ्यो।

जागिर को खोजीमा लागियो। पढ्नु भन्दा नोकरी खोज्नु अझ कठिन हुदोरैछ। योग्यता भन्दा सिफारिश चल्दो रैछ। मार्कशिट अंक भन्दा नाताबादको अंक बढि मानिदो रैछ।
 
काम पाइन ३-४ महिना सम्म। त्यसपछि बल्ल एक जना साथीको सिफारिशमा काम मिल्यो, दाम थोरै भए नि माम जोर्न सजिलो भयो। ६ महिना जति काम गरे पछि फेरि त्यो काम नि सकियो।
फेरि सुरु भयो अभावको सिलसिला।

स्थानिय निकायको चुनाव भयो। टोल छिमेकमा आफ्नो प्रभाव भएकोले चुनावबाट फाइदा नै भयो। नव निर्बाचित मेयर साहेबले सहयोगको लागि आग्रह गर्नु भयो। मैले जागिरको बिन्ती गरें। दुबैको गन्तब्य एकै भए नि मन्तब्य बेग्लाबेग्लै रह्यो।
जागिर खाइयो। हाकिम बनाइए। इमानको कदर भयो जस्तो लाग्यो। काममा रमाउन सिकें। कामबाट कमाउन सिकिन। तै पनि आत्मसन्तुष्टी भने धीत मरुन्जेल लिएं।

जागिरे भए पछि, बिहेको कुरो चल्यो, बेस्सरी। कुरो र कुलो भने जस्तै जता ततैको कुरो भित्र भित्रबाटै सल्के छ। धेरै अप्सनहरु प्रस्ताबित भए रे, परिवारजनको कोठे बैठकमा। त्यो लिस्टमा अनुराधा पनि थिइन् रे।

क्रमश:


 
Posted on 01-18-08 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक, घरपरिवार जन संग चाडपर्ब मनाउनु पाउने अर्को मुटुमा अंकुराएको प्रेम दर्शन गर्न पाइने।हैन, त्यो भाग त मैले पढेकै छैन। कसरी छुट्यो भन्या नि? कहिले अंकुरायो प्रेम राहुल भाइ जी।


 
Posted on 01-18-08 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो छोरी बैंश आएकोथ्यो त्यतिबेला। बैंश हर कोहीमा आउछ जिन्दगीमा एक चोटी। 

राहुलदाइलाई कुन चैँ बैँश लागेको थ्यो कुन्नि त्यति बेला ! हाउँरो चौतारीको पुरफेसर जिम्मालबा'ले चौतारी किलासाँ पढा'को ७ मध्य अब कुन चैँ बैँश  भनेर खुल्दुली लाग्या के।

अब अर्को भागको प्रतिक्षामा।


 
Posted on 01-18-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको लेखाइ प्रती त नतमस्तक छु
लाइन नसक्कियोस जस्तो लाग्छ पढ्दा पढ्दै
तर कथालाई अझ बढी रोमान्चक बनाउनु पर्ला कि त
 
Posted on 01-19-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा,

 
बल्ल पढ्न पायियो
किन यती छिटो उडाउनुभएको कथालाई ? फर्स्ट इअर बाट जागिर ?
अब बिहेको कुरा चाँही अल्ली लेख्नुस् है (धेरैलाई रमाइलो लाग्ने कुरा त्यही हो )
अझै रमाइलो हुँदै जाओस।



 
Posted on 01-21-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""एक, घरपरिवार जन संग चाडपर्ब मनाउनु पाउने अर्को मुटुमा अंकुराएको प्रेम दर्शन गर्न पाइने।""

मलाई त कता कता यो वाक्यलाई सप्रसंग व्याख्या गर्नुहोस भनौँ जस्तो लाग्यो!

हाहाहाहा ठुल्दाईको यहि स्टाइल गजबको लाग्छ - "दुबैको गन्तब्य एकै भए नि मन्तब्य बेग्लाबेग्लै रह्यो।"

तर बट लेकिन किन्तु परन्तु छोटो लाग्यो प्रभु! यो भागमा केहि ट्विस्ट खोज्दै थिएँ, ट्विस्ट आयो पनि- "त्यो लिस्टमा अनुराधा पनि थिइन् रे।" तर आउना साथ सकिएछ।

अब त हतार लागिहाल्यो नि, त्यो लिस्टमा उनि भएको कुराले कस्तो असर गर्यो ठुल्दाईलाई?


 
Posted on 01-21-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो लिस्टमा अनुराधा पनि थिइन् रे।

Really interesting!!!!
But one thing I could not understand why Rahuldai jumped directly from 1st year to Graduation? Im curious to know how things went in between. And one more thing, you are writing really short short, we all expect a bit longer version. Padhda padhai kati chhito sakinchha, chhodnai mann lagdaina so we hope you will update ASAP and a hopefully a longer piece.

दाइको लेखाइको शैली, लेखाइमा त्यो सभ्य र शालिनता, अनि सललल बगेको स्टाइलको त कति कुरा गर्नु
 
Posted on 01-22-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 22-Jan-08 01:30 PM

 
Posted on 01-22-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL जी,
प्रेम कहिलेइ  नअंकुराउने जनावर पनि शायदै छैन होला। म मा नि अंकुरायो समय मै।

भउते जी,
बैंश आएको जस्ले पत्तो पाउदैन त्यसले प्रेममा अत्तो थाप्ने मात्र गर्ने गर्छ। आयो होला तपाईमा नि बैंश, छामेर हेर्नुस्, मौका आउछ, पर्खिंदैन।

रिट्ठे जी,
रोमांचक बनाउन के गर्नु पर्ला ? राय सुझावको प्रतिक्षामा।

पर्बते जी,
छिटो गुडाएको नि होइन, छिटो उडाएको नि होइन। समय  संगै कथालाई हिडाउने प्रयासमा छु। फस्ट इअरबाट एकै चोटि फाइनल इअर पुगेको होइन, प्रसंगहरु उल्लेख्य नभेर हो।

बिर्खे जी,
अब त्यो लिस्टमा अनुराधा कहाँ कसरी आयो, के कति हंगामा भयो भन्ने वाख्या अर्को भाग मा हुनु पर्ने हो। हेरम् खोतलखातल गर्दै छु, स्म्रितिको हार्ड डिस्कमा।

झिल्के ब्रो,
टिप्पणी र हौसालाको लागि सदैब आभारी छु।


 
Posted on 01-22-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो- धेरै कुर्नुपर्ने(पढनलाइ) -धेरै छोटो - किनहोला ?  
 
Posted on 01-22-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pjna007 जी,
समयाभाव नै मुख्य कारक तत्व हो। प्राबिधिक कारण मात्र हो। सके सम्म छिटो यो कथालाई गन्तब्य तिर पुर्‍याउने कोशिशमा छु। धन्यबाद!

 
Posted on 01-23-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो लिस्टमा अनुराधा पनि थिइन् रे।

कथा अझै मार्मिक हुँदैछ। अनुराधा आफैं चाहीं यो list को बारे बिज्ञ छिन कि छैनन कुन्नी?


 
Posted on 01-23-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ आएछ कि भनेको हैन रे'छ। हैन, कति ढिलो गरेको भन्या? यै ताल हो भने त बा' को कथा सुन्दा सुन्दै छोरीको उमेर पनि ढल्किनी भो गाँठे।
 
Posted on 01-24-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग १९

घर परिवार बीच मेरो र कान्छो (भाइ) को बिहेको कुरो चल्न थालि सकेको थियो। मैले खासै रुची राखेको थिएन। काममा बिहान देखि ब्यस्त, काम मै मस्त थिएं। एक दिन कुन चाहिँ चाडपर्बको नख:त्या(चाडपर्बको लगत्तै चेलिबेटीको सम्मानमा आयोजन हुने भोज)को उपलक्षमा दिदीहरु अनि भिनाजुहरु  समेत जमघट भएको बेला बिहेको औपचारिक बहस् भयो।

"भाईको लागि एउटा राम्रो प्रस्ताव आएको छ, यस्तो खान्दानको घरि घरि भेटिन्न। तिम्रो लागित अनेक प्रताव आएको छन्, लौ फोटोहरु हेर्नु राम्रो लागेकोमा कुरा चलाउनु पर्ला।" आमाको प्रस्तावमा म अवाक भएं।


कुरा यहाँ सम्म पुगिसकेको होला भन्ने अन्दाज थिएन। सामान्य होला भन्थानेको त भाईको त बन्दोबस्त नै भै सकेको रैछ।

"मैले मलाई अहिले बिहे गर्न हतार छैन। हतारमा कतार गएर पछुताउनु छैन।"
 
"फोटोहरु त हेर्नु"- सानदिदीले कर गरिन्।

 "अहं फोटो पनि हेर्दिन। न जाने गाउं को बाटो नै सोध्दिन।"

"त्यसो भए यसको पक्का केटी हुनु पर्दछ"- ठुलदिदीले झटारो हान्नु भयो। मैले केही बोलिन, बोल्यो कि पोल्यो हुने भएकोले चुप लाग्नु नै श्रयस्कर लाग्यो।

"कहिं अनुराधा त होइन, त्यही भए नि  हुन्छ। तर बिहे चाहि यही मंसिरमा हुनु पर्दछ, तिम्रो कारणले भाईको कुरो बिगार्न मिल्दैन।" सानदिदीको कडा कुरा काँडा बनी बिझ्यो।

कहाँबाट अनुराधा को कुरा आयो, कसरी आयो थाहा भएन। तर जुन कुरा म सोच्न पनि सक्दिन, त्यो कुराले घोच्न थाल्यो।

"अहं होइन, कसले भन्यो अनुराधा को कुरा?"  मेरो भनाईमा रिस बोल्यो।

"त्यसो भए को छ त, किन फोटो हेर्न नमान्ने त?"

प्रश्न माथि प्रति प्रश्न। मानौं अख्तियारमा भ्रष्ट्र हाकिमको बयान लिने काम भै राखेको छ त्यहाँ।

यतिन्जेल मैले तिम्रो मम्मी को कुरो गोप्य नै राखेको थिएं। 

"किन न भनेसेको नि मम्मिको कुरो?"

"भनेर के गर्नु छोरी, यति चांडो बिहे गर्नु थिएन मलाई । आफु उभिने धरातल बलियो नभै कसरी बिहे गर्नु मैले?"

"जीवन रेखा न कोरी कसरी बन्धनमा बांधिनु मैले। भबिष्यका यावत कुरोको चुरो न सोची बिहे कसैले नि गर्नु हुन्न भन्ने मान्यता छ मेरो।"

"बिहे" मात्र दुइ ब्यक्ति बीचको सांसारिक बन्धन होइन, यौन र बंश बिस्तारको अनुबन्धन होइन।
बिहे रुप ,यौबन र धन बीचको गठबन्धन पनि  होइन। दुइ आत्म बीचको बिशुद्ध मिलन हो। सुखदुखमा सधैं संगै हिड्ने अनन्त सहयात्रा हो।
जन्मजन्मान्तरको कसम होइन, बाचुन्जेल एक अर्काको भावमा डुब्न सक्ने, भाव बुझ्न सक्ने अनि त्यही अनुसार चल्न सक्ने जीवन साथी मैले चाहेको। त्यो मैले तिम्रो मम्मी मा मात्र देखें।
त्यो दिन म रिसाउदै  हिडे।

तत्पस्चात पनि आमाले बिहेको कुरा बेला बेला निकाल्नु हुन्थ्यो। समयमै बिहे गर्नु पर्छ, भाईको कुरा मिलिसक्यो। तिमी पो पढेलेखेको राम्रो दुलही भेटिन्छ, कान्छाको त्यति सजिलो हुन्न। आदि इत्यादि कुरा गरि रहनु हुन्थ्यो।

मैले भनें, "लौ केटी पनि छ रे, आजै बिहे गर्न तयार छे रे। बिहे भन्ने कुरा केटाकेटीको खेल हो र, सबथोकको बन्दोबस्त गर्नु पर्दछ। घर छैन, भर छैन।
पाँच दश लाख पैसा चाहियो। कहाँबाट ल्याउने? बरु पहिला कसरी एउटा गतिलो घर बनाउने भनेर सोच्नु राम्रो हुन्छ।"

त्यो दिन पछि केही दिन त्यसै रह्यो। मैले मेरो घरमा भएका यावत घट्नाको अपडेट तिम्रो मम्मीलाई गर्थें, हरेक अपडेट संगै अपसेट हुन्थी।  च्यातिएका, फाटिएका धेरै कुरो सिलाउनु थियो। जिन्दगीका धेरै कुरा मिलाउनु थियो।

तै पनि परिवारमा बसे पछि सहनै पर्दो रैछ। कहिले काहिं त बिद्रोह गरुं गरु पनि लाग्थ्यो।

अनेक बाहनामा बिहे लाई पन्छाउदै गएं। अस्तब्यस्त जिन्दगीका लाई क्रमश मिलाउने क्रममा लागें।

फेरि अर्को पर्ब आयो। नख:त्या हुने नै भयो। त्यो पर्ब अब कोट पर्ब नै साबित भयो।
मेरो ब्यस्तताबाट फाइदा उठाउदै एक चरणको गोप्यवार्ता भै त्यसको निचोड सहितको बैठक भो। बिहेको कुरो फाइनल गर्न।

"लौ,अब अति भो। कि त आफ्नो केटी छ भने भन्नु पर्‍यो, होइन भने यी एक से एक राम्री , कुलघरानकी छोरीहरु छन्, छान्नु पर्‍यो?"
सानदिदी कडकिनु भयो। म भित्र रिसको पारो चढे पनि अड्किएं।

"तिम्रो कारणले भाइको भबिष्य अन्धकारमा पार्नु मिल्दैन। कुरोको छिनोफानो अहिले नै हुनु पर्छ।"

"भाइको बिहे गर्देउ, बात खत्तम, मलाई अहिले गर्नु छैन। हाम्रो जातीमा ब्राम्हणको जस्तो दाजुको बिहे नभै भाईको गर्नै नहुने भन्ने छैन क्यारे।"

"के को किच किच। मलाई अहिले बिहे गर्नु छैन। बात खत्तम, उपाय अति उत्तम।" सुन्दरी छनौट प्रतियोगितामा बिबाह मण्डप बनाउनु थिएन।

म नि पड्केको देखेर सबैको स्वर डाउन् भयो।
"त्यसो भनेर कहाँ हुन्छ र, दाईको नभै भाईको मात्र गरे भने समाजले नाना थरिको कुरा गर्छन्। फेरि खर्चको नि कुरा आयो।"

खर्च शब्द सुन्ने बित्तिकै मेरो मष्तिस्कमा सर्च भयो, पुरा काण्डको अर्थ के रैछ त भनेर।
मैले नि तातेकै बेला घन हिर्काएं, धनको कुरामा।

"ल, एक छिनलाई माने लिउं, केटी  पनि तयार छिन् रे भोलि नै बिहे गर्न। कसरी गर्ने? खर्च कसरी जुगार्ने? पैत्रिक सम्पति च्याम्पति बराबर छैन। एक चाड मनाउन त माडमा कटौती गर्नु पर्ने अबस्था छ। पाँच-छ लाखको सवाल छ।"

"पैसा त तिमीले ब्यबस्था गर्छौ नि। त्यत्रो इन्जिनियर हाकिम भाको के काम?"

"सानदिदीको यो वचनले मुटु छिया छिया भयो छोरी!!!!!!!। म गिरें आफ्नै नजरमा। मेरो इमानको मुल्य मेरै घरमा यस्तो छ भने बाहिर कस्तो अनि कत्तिको सस्तो होला? "

सकी नसकी सम्हालें, छिटो बिहे गर्ने दवावको भाव बुझें।
त्यसपछि जुरुक्क उठें र हिडें।
क्रमश:


 
Posted on 01-24-08 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्.............., भने'सि छिट्टै झ्याईँ पारिने भो, हैन त?


 
Posted on 01-24-08 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अती उत्तम, यो भाग भने अली चित्त बुझ्दो रइछ (अली लामो अरु भन्दा )
हेर ठुल्दाइको भाबी सँगको प्रेम रिलाक्स नै नगरि बिहेमा परीणत हुन ला 'रइछ उती बेला --धन्न प्रभो --धन्न
धन्यवाद ठुल्दाइ  !

 
Posted on 01-25-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छि ड्याडी पनि " छोरीले ब्यङ मिश्रित भावमा भनी।'--शब्द चयन नमिलेको जस्तो लाग्यो ( मनमनै: अब मार्ने हुनुभओ राहुलदाइले)

'त्यो लिस्टमा अनुराधा पनि थिइन् रे। '  :)  भनेसि भाभी खोज्दा दादालाई तनाव नै भएन छ । कतै कतै आफूले मनपराउने छुट्टै र  बाबा आमाले  बुहारी बनाउन चाहेँकी छुट्टै हुने गर्छ ---:P

 राहुलदाइ,

 मेरो बानी अलिक फरक छ-- मनले देखेको कुरो फ्याट्ट  भन्दिन्छु, सायद   प्रसंसा बढि प्रिय हुन्छ सबैलाई। तर यो भागमा 'म' पात्र  बढि आडम्बरी भएको  पाए मैले ( राहुलदाइलाई भनेको हैन है)। लिष्टमा 'अनुराधा' हुदा हुदै दिदीले भाइलाई बिहे गर भन्दा किन त्यसरी आक्रोशित हुनुपरेको ?? !!

  सहि कुरो आउला नि त अर्को भागमा  -- प्रतिक्षामा :)

--सिस

 
Last edited: 25-Jan-08 08:55 AM

 
Posted on 01-25-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो भैरा'छ राहुलदाइ 'अनुराधा'। 
बेलाबेलामा ट्वाक्क टुक्क मिल्ने शब्दको छनोटले पढ्न मज्जा आम्छ!

 
Posted on 01-25-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिहे" मात्र दुइ ब्यक्ति बीचको सांसारिक बन्धन होइन, यौन र बंश बिस्तारको अनुबन्धन होइन।
बिहे रुप ,यौबन र धन बीचको गठबन्धन पनि  होइन। दुइ आत्मा बीचको बिशुद्ध मिलन हो। सुखदुखमा सधैं संगै हिड्ने अनन्त सहयात्रा हो।"

 दामि! म त यो हरफ हेरिरा छु।कहिलेकाहिँ साँच्चै यहि हो जस्तो लाग्ने, कहिलेकाहिँ आदर्श जस्तो लाग्ने र कहिलेकाहिँ के हो के हो जस्तो लाग्ने! कसैले भनेका थिए 'म्यारिज इज एन इनस्टिच्युशन"! अचम्मको चिज है?

"पैसा त तिमीले ब्यबस्था गर्छौ नि। त्यत्रो इन्जिनियर हाकिम भाको के काम?"

"सानदिदीको यो वचनले मुटु छिया छिया भयो छोरी!!!!!!!। म गिरें आफ्नै नजरमा। मेरो इमानको मुल्य मेरै घरमा यस्तो छ भने बाहिर कस्तो अनि कत्तिको सस्तो होला? "

यहाँनिर इमान र मूल्यको  कुरा अलि कस्तो कस्तो लाग्यो, लेखक आहत भएको देखिन आयो कथाको बहावमा तर इमान र नजरमा गिरेको हरफ लगत्तै आउँदाखेरि शायद मलाई मात्र लागेको हुनसक्छ।

अरु लेखाई ठुल्दाईको आफ्नै शैलीको गजब छ! आगामी अध्यायमा केहि ट्विस्ट, आत्मगन्थन, इमोशन, ह्युमर वा केहि उतारचढाव आउँछ भन्ने आशामा छु!

Last edited: 25-Jan-08 10:17 AM

 
Posted on 01-25-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahuldai, सधैं झै उस्तै राम्रो , अनी यो भाग अली लामो भएको ले सुन्मा सुगन्ध जस्तो भएछ  ।


तर अहिले सम्म मलाइ खड्किएको अर्को पाटो--  हुनत कथा को नाम नै अनुराधा भएको ले पनि हुन सक्छ अनुराधा सनंजोडिएर अौने हरेक एक्टिभिटिज हरु जस्तै; चिटि लेखे को, हुलाक गएको, चिठि खसालेको इत्यादि धेरैनै महत्व का साथ बर्णन गरिएको -- तर  कथा मा भाउजु टु बि को उपस्थिति भएको पनि धेरै भैसक्यो नि-- तर उहा को इम्पोर्टेन्स किन सबओर्डिनेट जस्तो देखाइएको? 
बेला बेला राहुल्भाइदाइ ले छोरि सङ भनेका weighty dialogue हरु  [ ----एक अर्काको भावमा डुब्न सक्ने, भाव बुझ्न सक्ने अनि त्यही अनुसार चल्न सक्ने जीवन साथी मैले चाहेको। त्यो मैले तिम्रो मम्मी मा मात्र देखें----] ले मात्र कथा को यो पाटो लाइ ब्यालेन्स गराउन खोज्छ, तर त्यतिन्जेल मा उता अनुराधा ले रिडर्स हरु को सहानुभुति बटुलिसकेर आफ्नो पल्ला भारि पारिसक्छे। त्यसै ले अब बेला भएन र कथा का रिडर्स हरु को ध्यान भाउजु तिर मोड्ने?   नत्र फेरि अनुराधा!.. अनुराधा! भन्दा भन्दै "भाउजु!!!"   मा आइपुगेर कथा अन्त्य हुदा माथि miss_me didi ले भने जस्तो म पात्र आडम्बरि मात्र होइन "क्रुर सिंह" देखिएला।

 


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters