आदार्णिय आमा बुवा,
म परदेसी छोरा को तर्फ बाट्
द्न्डबत प्रंणाम ।
म यहाँ आरामै छु र तपाईंहरु पनि आरामै हुनुहुन्छ होला भनी कामना गर्दछु ।
धेरै समय पछी हजुरहरुलाई पत्र लेख्दै छु । घर अगाडि दुई तीन पटकसम्म मकैको सुली पनि हालिसक्नु भो होला ।पेर को ठुलो गरामा तीन चार पट्क मोल लैजानु भो होला, दुई तीन पट्क सम्म एक्ला खेतमा गोठ पनि ल गि सक्नु भो होला, तल खर्बारीको घांस पनि धैर पट्क काट्नु भो होला, त्यो सानो भँशी पनि दुई चार बेत बयाईस्को होला । साउन को झरिमा,घर मुनिको बारीमा कंहिले गित गांउदै त कंहिले दुख पिर सम्झेर रुदै कोदाको रोपैइ गर्नु भो होला । यसपालिको दशैमा त छोरो जसै आउँछ होला भनि बाटो कुरी रहनु भयो होला । अझै सम्म पनि नफर्किदा, हजुर हरुको मन पनि मरी सको होला । गाँउ घरमा त फलानो को छोरो त अझै याएन भनेर कुरा गर्न थाले होलान ।कतिले त शायद उ किन फर्कन्थो उतै गोरिनिलाई बिहे गरेर बसिसको भने होलान ।
मेरो जिबन का उतार चडाव हजुर हरुलाई पत्रमा लेखेर कुनै अर्थ नलाग्ने हुँदा;अहिले सम्म पनि घर आउन नसक्नु म आफ्नै कमजोरी ठानेको छु ।यसको लागि मलाई माफ गर्नु होला । यसपाली, टिकट काटेर पनि काम बाट समस्या परेकोले आउन असमर्थ भए ।
अन्त्यमा, दिदी, विनाजु, भान्जा भान्जी मरो सम्झना सुनाइँदिनुहोला । बहिनी शान्तिमा अनि मामा घर मा सबैलाई मेरो सम्झना छ भनि दिनुहोला ।दाजु भाउजु मा मेरो सम्झना, अनि छोरा हरुमा मेरो असिम पयार छ ।
माहिला बा,माहिली आमा मा मेरो सम्झना, मेरो साथिहरु, मोती, कृष्ण,केदर्, अनि सबैलाई मेरो हेल्लो सुनैदिनु होला, अनि सब्बैलाई मेरो नमस्कार छ ।
हस्त, हजुरको पर देसी छोरा ।
rame ..